Sunday 5 February 2017

आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ २४ गते सोमबार,तदानुसार इश्वी सन् २०१७ फेब्रुबरी ६ -

आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ २४ गते सोमबार,तदानुसार इश्वी सन् २०१७ फेब्रुबरी ६

आज श्री शाके १९३८, वि.सं. २०७३ साल माघ २३ गते आईतबार तदानुसार इश्वी सन् २०१७ फेब्रुबरी ५ तारिख, द्रोण नवमी, माघ शुक्ल पक्ष नवमी तिथी १७:२७ बजे सम्म चन्द्रमा बृष राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइट नेपाल डट कमबाट)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको तपाई लगानि भोलि लाई बिशेष फाइदा जनक रहनेछ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । समय मध्यम रहेको छ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम काज क्षेत्रमा बिशेष रुचि जाग्नेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट उत्पन्न हुन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च बढ्ने योग रहेको छ । बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय आम्दानि क्षेत्रमा बिशेष राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य यात्रा रहन सक्छ । खानपानको कारण सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । बोल्दा होश पूर्याउनु होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । साधारण खर्च हुन सक्छ । पारीवारिक झोर झमेला आईपर्न सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धार्मिक क्षेत्रको सामान्य यात्रा रहनाले मनमा हर्षीत हुनेछ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई तथा ईष्ट मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । पारीवारीक मनोरञ्जनमा समय ब्यतित रहने छ । सामान्य धनमालमा क्षति पुग्न सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोली तथा खानपानमा बिशेष ध्यान दिनुहोला । स्वास्थ सम्बन्धि समस्या ले सताउला । साधारण चोट पटकको योग रहेको छ । मनमा कुबिचारले बास गर्नाले गरीरहेको कार्यमा केहि झन्झज आईपर्न सक्छ । आर्थीक संकटको सामना गर्नु पर्ने हुनाले लगानिमा ध्यान दिनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समय मध्यम रहेको छ । प्रेमी प्रेमीका बिचको सम्बन्धमा केहि सुधार आउने छ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्राको सम्भाबना रहेको छ ।
Image result for pathibhara mata
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आर्थीक संकटको सामना गर्नुपर्ला । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । पतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । स्वास्थ सम्बन्धि समस्य ले सताउनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । आर्थीक क्षेत्र मध्यम रहनेछ । मित्र जन को साथ सहयोग तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । शारिरीक आलस्यताले सताउला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको अनुशरणले गर्दा कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । दिन मध्यम रहनेछ ।


No comments:

Post a Comment