यसैमा एक कम्पनी विशेष फिचर ल्याउने मामलामा निकै अघि बढेको छ। क्योसेरा कम्पनीले राफ्रे नामको एक एन्ड्रोइड स्मार्टफोन ल्याएको छ।
यो फोनको खास विशेषता भनेको यसलाई धुन मिल्नु हो। हो, जापानी कम्पनी क्योसेराले बनाएको यो फोन मैलो भएमा साबुन लगाएर मजाले धुन मिल्ने कम्पनीको दाबी छ।
यसलाई तातो पानीमा पनि धुन मिल्ने कम्पनीको भनाइ छ। कम्पनीको अनुसार ३००० एमएएचको ब्याट्री भएको यो स्मार्टफोन फोन डस्ट, वाटर, शक प्रुफ हो।
No comments:
Post a Comment