Thursday, 2 February 2017

चन्द्रगिरी काण्ड : सरकारी वनमा तस्करहरुको राज !

काठमाडौं, २० माघ । पहिला पहिला बुढापकाले गाउँमा जोक्कर बाघ पस्यो भने सबै सोत्तर पार्छ भन्थे । त्यस्तै, चन्द्रगीरिको डाँडाँमा बाधा पसेको छ ।

‘बाघले सारालाई सोत्तर पारेझैँ बैंकिङ क्षेत्रमा मै हु भन्ने केही कुख्यात तस्करहरुले चन्द्रागिरीमा पसेँ,अहिले सारा डाँडोनै सखाप भो ।’

थानकोटको उकालो चढेर चन्द्रागीरि केबलकार नजिकै घर रहेका एकजना स्थानीय बुढापाकाले भने । चन्द्रागिरीको लागि ३६ हेक्टर जग्गा यतिबेला ४० बर्षका लागी ऐन र नियमावली मिचेर भाडाँमा दिइएपछि यतिबेला त्यहाँको स्थानीयहरुलाई निद्रा लागेको छैन् ।

नेपाली उखान ‘हरियो वन, नेपालको धन’ उखान सम्झँदै स्थानीय रमेशराज सैँजुले भने,‘यहि एउटा वन थियो, त्यही पनि तस्करहरुको हातमा गयो,उखान नि अव उखानमै रहे भयो ।’ उनका अनुसार, चन्द्रगिरी केवलकारले सो सामुदायिक वनमा राज गरी निर्माण थालेसँगै सो आसपासका गाउँमा पानीका स्रोत सुक्नुका साथै धुलो, धुवाँले खेतीवाली नि सुक्दै गएको छ ।
newsabhiyan
स्थानीयले विना प्रतिस्पर्धा सो सामुदायी वनमा चन्द्रीगिर हिल्स लिमिटेडलाई दिनु गलत भएको बताएका छन् । प्रतिस्पर्धा विना दिदाँ उक्ता डाडो कौडीका मुल्यमा विकेको स्थानीयको भनाई छ । तत्कालिन प्रम माधवकुमार नेपालले ०६७ सालमा स्थानीयलाई झुक्काएर ३६ हेक्टर सो वन काबुलियतीमा दिने निर्णय गरेका थिए ।

उक्त प्रस्ताव तत्कालिन वनमन्त्री एवं हालका आपूर्ती मन्त्री दिपक बोहोराले लगेका थिए । त्यो त भैरहबामा दर्जनौं गुण्डा पालेर मन्त्री पद विना बच्नै नसक्ने बाहोरालाई समेत सो वन कौडीको हिसावमा तस्कारहरुलाई निशुल्क जस्तै हस्तान्तरण गर्ने प्रस्ताव उतिबेलै लैजादाँ उनलाई ठुलै रकम खाएको स्रोतहरु बताउँछन् ।

पछिल्लो समय चन्दागिरी हिल्सले जैविक तथा पर्यावरणीय असर गर्ने तवरले अनाधिकृत रुपमा समुदाहिक वन दोहन गदैं भैतिक संरचना निर्माण गरेको छ । ३६ हेक्टर वन आहिले पुरै नागिंएको छ ।

पछिल्लो समय चन्द्रागिरीमा होटल खोल्ने लहरनै चलेको छ । होटल बनाउने नाममा थप डाडाँनै सखाप पारिदैं गएको स्थानीय बताउँछन् ।

- See more at: http://newsabhiyan.com.np/news-details.php?nid=61697#sthash.kAAE0CD2.dpuf

No comments:

Post a Comment