काठमाडौं: भारतीय टेलिभिजन कलर्सबाट प्रसारित डान्स रियालिटी सो 'झलक दिखला जा' की विजेता तेरिया फौजामगरले आफूलाई अनलाइन भोट गरेर जिताउने सबै नेपालीलाई धन्यवाद दिएकी छन्।
'मलाई डीआईडीमा जस्तै 'झलक दिखला जा' मा पनि भोट दिएर जिताउनुभयो।सबैलाई धन्यवाद दिन चाहन्छु', शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्, 'म जहाँ रहे पनि नेपाली तेरिया भनेर चिनिन चाहन्छु । नेपाललाई चिनाउन चाहन्छु।'
भारतमै प्रतिष्ठित मानिएको यस रियालिटी सो विजेता तेरियालाई सम्मान गर्न रक्षामन्त्री बालकृष्ण खाँड पनि कार्यक्रममा उपस्थित थिए । 'तेरियालाई शान्तिदूत र राष्ट्रिय प्रतिभाका रूपमा घोषणा गर्न मन्त्रिपरिषद्मा कुरा राख्नेछु', मन्त्री खाँडले भने।
तेरिया मगर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा मन्त्री खाँडले तेरियाको योगदानले नेपाल र नेपालीको शिर उचो बनाएको र भाबी पुस्ताका लागि अनुकरणीय रहेको बताए।
पाकिस्तानी क्रिकेटरको चलचित्रमा सञ्जय पाकिस्तानका पूर्वक्रिकेटर रमिज राजाले चलचित्र निर्माण गर्ने भएका छन्। क्रिकेटमार्फत आतंकवाद समाप्त पार्ने कथा समेटिने यस चलचित्रमा बलिउड अभिनेता सञ्जय दत्तले अभिनय गर्ने बताइएको छ।अन्नपूर्ण पोस्टको सहयोगमा
Sunday, 5 February 2017
तेरिया शान्तिदूत !
Labels:
Feature,
Nepal News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment