Saturday, 4 February 2017
साउदी अरबबाट झिकाइँदै हत्या अभियुक्त
काठमाडौं, २३ माघ । लक्ष्मी तिमल्सेनाका आँखा नओभाएका १८ वर्ष भइसके । त्यतिबेला उनी ठ्याक्कै १८ वर्षकै थिईन । उनलाई यकिन मिती याद छ, विस २०५५ कार्तिक १५ गते । बस्तुभाउ चराउन खेत हिडेका कास्की सिद्ध गाविस ७ निवासी उनका बाबु शिवराज थापाको बारीमै धारिलो हतियार प्रयोग गरी हत्या भयो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
हत्यापछिको जाहेरी र लामो प्रहरी अनुसन्धानपछि कास्की जिल्ला अदालतले २०५७ बैशाख १९ उक्त हत्या सोही गाउका नारायण अधिकारीले गरेको ठहर गऱ्यो र सर्वोस्व सहित जन्मकैदको फैसला सुनायो । बाबुको हत्याले मनमा बिझेको खिल अदालतको आदेशपछि थोरै कम भयो तर बाबुको अभाव त उनको जिन्दगीमा सधै खटकिने नै भयो ।
झापा चारआलीस्थित सिहंनाथ गणमा कार्यरत अधिकारीले बिदामा लिएर घर आई थापाको हत्या गरेको अनुसन्धानले पुष्टी गरेको थियो । अदालती मिसिलका अनुसार हत्याकै अभिप्रायले अधिकारीले २०५५ कार्तिक १३ गते देखि पाँच दिन बिदा लिएको देखिन्छ । अदालतमा मुद्धा चलेसँगै थापालाई सेनाले कास्कीको बर्दबहादुर गण फुलबारी ब्यारेमा झिकाएर कस्टडीमा राखेको थियो । तर अदालती फैसला लगत्तै सेनाको कस्टडीबाटै बेपत्ता भएका भनिएका अधिकारी त्यसपछि कहिल्यै फेला परेनन् । यो खबरले न्यायप्रतिको थापा परिवारको आशा पनि मधुरो भयो । लक्ष्मी र उनको परिवारले फेरी केही अनिष्ठ हुने हो कि भन्ने त्रासले पनि सताईरह्यो ।
लक्ष्मी र उनको परिवारका अन्य सदस्य प्रत्येक बर्ष बाबुको तिथीका बेला फरार हत्यारा निस्फिक्री घुमेको र सजाय नपाएको देखेर भुतभुताईरहन्थे । कैयन वर्षहरु बिते तर न हत्यारा नारायण पक्राउ परे न त लक्ष्मीको मनले शान्ती नै पायो । बाबुको हत्यापछि न्यायका निम्ती धाउँदाका कैयन दुःखका उकाली र ओरालीहरु सुनाउँदा लक्ष्मीको गला रसायो । उनले भनिन, ‘सानै उमेरका भाईहरु हुर्कदै गएपछि बुझ्ने हुदै गए । तिनीहरुलाई बाबु नहुनुको चोट जति थियो त्यो भन्दा ठुलो चोट थियो, अभियुक्तले सजाय नपाउँनु ।’ लक्ष्मीको मन जसरी पोलीरहेको थियो त्यस्तै गरी परिवारका अन्य सदस्य र कान्छो भाई मिलनको मन पनि ।
प्रत्येक बर्ष लक्ष्मी, भाई मिलन र परिवारका अन्य सदस्लाई लाग्थ्यो, बाबुको हत्या अभियोगी पक्राउ परे मनले शान्ती पाउथ्यो । एकदिन उनलाई कसैले सुनाईदियो, अभियुक्त नारायण सपरिवार भारतको केरला पुगेका छन रे । सुचनाको स्रोत भरपर्दो नै भएपनि लक्ष्मीले कुनै अभियुक्तलाई नेपाल झिकाउने कुनै उपाय देखिनन् । अन्यौलका दिनहरु गुजारीरहेका बेला दुई बर्ष अघि लक्ष्मीले अनौठो सुचना पाईन । उनले पाएको सुचना जति अनौठो थियो उति नै धेरै रहस्यले भरिएको । उनले पाएको सुचना थियो उही बाबुका हत्याका फरार अभियोगी नारायणको बारे ।
Labels:
Prabash
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment