पेशाले एक कुशल ब्युटिसियन रहेकी पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सुस्मिता काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । नृत्य र अभिनयमा पोख्त सुस्मिता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो । आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी छीन भने सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन । उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

सुस्मिता गुरुङ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सुस्मिता यदि म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने र निरन्तर यो क्षेत्रमा लागि पर्ने बताउछिन । सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सुस्मिता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन ।
भर्खरै मात्र मोडल तथा गायिका तृष्णा बुढाथोकीको गीतमा मोडलिङ गरेर चर्चा कमाएको हट मोडल सुस्मिता आउदा दिनहरुमा अझ राम्रो गर्दै सिने नगरीमा स्थापित हुन चाहन्छिन । सुस्मिता गुरुङ भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।
पुर्बेलीबाट साभार गरिएको
No comments:
Post a Comment