Thursday, 2 February 2017

राजधानीको ओम हस्पिटलमा पहिलो पटक ACL को उपचार

ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिलमा पहिलो पटक खेलाडीहरुको घुँडामा देखिने समस्या ACL (Anterior Cruciate Ligament) को सफलतापूर्वक उपचार गरिएको छ।

अर्थोपेडिक सर्जनद्धय निरज श्रेष्ठ र शैलाज रञ्जितको जोडीले  रौतहटकी २० वर्षीया युनीशा राईको घुँडामा (Arthoscopic ACL Reconstruction) मार्फत् सफलतापूवर्क उपचार गरेको हो।

राई क्षत्रीय स्तरको फुटबल खेलाडी हुन्। राजधानीका अन्य अस्पतालमा यस्तो उपचारका लागि करीब २ लाख रुपैया सम्म खर्च लाग्ने भएतापनि ओम हस्पिटलमा ७० हजार रुँपैयामा नै उपचार गरिएको चिकित्सकहरुले बताएका छन्।

न्यून शुल्कमै गुणस्तरीय सेवा पाएको भन्दै राई परिवारले ओम हस्पिटल परिवारप्रति आभार व्यक्त गरेको छ। फुटबल, बास्केटल, मार्शल आर्टस् लगायतका खेल खेल्ने खेलाडीहरु यस्तो समस्याबाट बढी ग्रस्त हुने गरेका छन्। ओम हस्पिटलले सबै तह र तप्काका लागि आवश्यक अन्य सेवाहरु क्रमश विस्तार गर्दै लैजाने बताएको छ।

DCnepalबाट

No comments:

Post a Comment