Sunday 5 February 2017

अन्तरविद्यालय आइटिएफ तेक्वान्दोमा चानक्य च्याम्पियन

काठमाडौं, २३ माघ । चानक्य स्कुल दोस्रो उपत्यकाब्यापी अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न खेलमा चानक्यले ६ स्वर्ण,तीन रजत र तीन कास्यका सात टिम च्याम्पियनको उपाधी उचाल्न सफल भयो ।

बालकोटस्थित माउण्ड भ्यू स्कुलमा भएको प्रतियोगितामा काठमाडौंको तिलिङटार स्कुल दोस्रो भयो । तिलिङटारले चार स्वर्ण ,समान दुई रजत र कास्य जितेको थियो । भक्तपुरको एमिनिटी स्कुल तेस्रो हुन सफल भयो । एमिनिटीले तीन स्वर्ण,तीन रजत र चार कास्य जितेको थियो ।

अन्तिम दिन पुरुषको फाइटतर्फ २०–२५ केजीमा भक्तपुर विमल खुलाल,३१–३५ केजीमा ड्रीम ल्याण्डका साजिद अन्सारी,३६–४० केजीमा चागांथलीका प्रनेस शर्मा र ४५–५० केजीमा मिलन धामीले स्वर्ण जिते ।

महिलाको फाइटतर्फ ३०–३५ केजीमा भक्तपुरकी सबिना तामाङ,३६–४० केजीमा भक्तपुरकै अविना राई,४०–४५ भक्तपुरकी रन्जना कार्की र ४६–५० केजीमा सुजिता राइले स्वर्ण जित्न सफल भइन् । प्रतियोगितामा पुरुषतर्फ ड्रिम ल्याण्ड स्कुलका दिनेश रानापाल उत्कृष्ट खेलाडी चुनिए । महिलामा काभ्रेकी दिल माया घिसिङ उत्कृष्ट चुनिइन् ।

भक्तपुर जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा संचालन भएको दुई दिन भएको प्रतियोगितामा फाइट र प्याट्रर्नमा प्रतिस्पर्धा भएको थियो । प्याट्रर्नमा सेतो देखि कालो पेटिमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अध्यक्ष अन्जन धमला,माउण्ड भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन र भक्तपुर जिल्ला आइटिएफ तेक्वान्दोका अध्यक्ष आशिष कार्की लगायतले पुरस्कृत गरे ।

प्रतियोगिताका काठमाडौं,भक्तपुर,ललितपुर र काभ्रेका कुल ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

No comments:

Post a Comment