Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts

Monday, 6 February 2017

मेसीको फ्रि-किकले तोड्यो २२ वर्ष पुरानो कीर्तिमान


एजेन्सी, २५ माघ - बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी निकै चर्चामा रहेका खेलाडी हुन्। अहिले उनको चर्चा झनै चुलिएको छ। बार्सिलोनाको २२ वर्ष पुरानो कीर्तिमान तोड्न उनी सफल बनेका छन्।
मेस्सीले ला लिगा अन्तर्गत शनिबार राति भएको एथ्लेटिको बिल्बाओसँगको खेलमा फ्रि–किक मार्फत गोल गरे। यो वर्ष सिधै फ्रि–किकबाट गरेको यो मेस्सीको चौथो गोल थियो। समग्रमा मेस्सीले बार्सिलोनाका लागि अहिलेसम्म सिधै फ्रि–किकबाट २७ गोल गरेका छन्।
योसँगै उनी सिधै फ्रि–किकबाट सबै भन्दा धेरै गोल गर्ने बार्सिलोनाका पहिलो खेलाडी बनेका हुन्। उनले रोनाल्ड कोएम्यानले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनामा रहँदा बनाएको कीर्तिमान तोडेका हुन्। कोएम्यानले २६ फ्रि–किक गोल गर्दै कीर्तिमान बनाएका थिए।

आयोजकलाई हराउँदै झापा गोल्डकपको उपाधि मनाङलाई


आयोजक झापा-११लाई हराउँदै झापा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। यो सिजनमा तीन वटा महत्वपूर्ण उपाधि जितेको मनाङले उपाधिमा ह्याट्रिक गर्ने क्रममा ओवालेले खेलको ६३औं मिनेटमा निर्णायक गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको झापाले दोस्रो हाफमा केही खस्किएको प्रदर्शन गर्यो। आफ्नो सानो गल्तीले गोल खाएको झापाले उपाधि घरमै राख्यो यो अवसर पनि खेर फाल्यो। उपाधिसँगै मनाङले ७ लाख रूपैयाँ पाएको छ भने उपविजेतामा चित्त बुझाएको झापाले ३ लाख ५० हजार पुरस्कार पाएको छ।

Sunday, 5 February 2017

अन्तरविद्यालय आइटिएफ तेक्वान्दोमा चानक्य च्याम्पियन

काठमाडौं, २३ माघ । चानक्य स्कुल दोस्रो उपत्यकाब्यापी अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न खेलमा चानक्यले ६ स्वर्ण,तीन रजत र तीन कास्यका सात टिम च्याम्पियनको उपाधी उचाल्न सफल भयो ।

बालकोटस्थित माउण्ड भ्यू स्कुलमा भएको प्रतियोगितामा काठमाडौंको तिलिङटार स्कुल दोस्रो भयो । तिलिङटारले चार स्वर्ण ,समान दुई रजत र कास्य जितेको थियो । भक्तपुरको एमिनिटी स्कुल तेस्रो हुन सफल भयो । एमिनिटीले तीन स्वर्ण,तीन रजत र चार कास्य जितेको थियो ।

अन्तिम दिन पुरुषको फाइटतर्फ २०–२५ केजीमा भक्तपुर विमल खुलाल,३१–३५ केजीमा ड्रीम ल्याण्डका साजिद अन्सारी,३६–४० केजीमा चागांथलीका प्रनेस शर्मा र ४५–५० केजीमा मिलन धामीले स्वर्ण जिते ।

महिलाको फाइटतर्फ ३०–३५ केजीमा भक्तपुरकी सबिना तामाङ,३६–४० केजीमा भक्तपुरकै अविना राई,४०–४५ भक्तपुरकी रन्जना कार्की र ४६–५० केजीमा सुजिता राइले स्वर्ण जित्न सफल भइन् । प्रतियोगितामा पुरुषतर्फ ड्रिम ल्याण्ड स्कुलका दिनेश रानापाल उत्कृष्ट खेलाडी चुनिए । महिलामा काभ्रेकी दिल माया घिसिङ उत्कृष्ट चुनिइन् ।

भक्तपुर जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा संचालन भएको दुई दिन भएको प्रतियोगितामा फाइट र प्याट्रर्नमा प्रतिस्पर्धा भएको थियो । प्याट्रर्नमा सेतो देखि कालो पेटिमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अध्यक्ष अन्जन धमला,माउण्ड भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन र भक्तपुर जिल्ला आइटिएफ तेक्वान्दोका अध्यक्ष आशिष कार्की लगायतले पुरस्कृत गरे ।

प्रतियोगिताका काठमाडौं,भक्तपुर,ललितपुर र काभ्रेका कुल ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी

म्याड्रिड, माघ २३ । कमाइँको मामिलामा रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्वका सबै खेलाडीलाई उछिनेका छन्।
फोबर्सले भर्खरै सार्वजनिक गरेको रिपोर्टमा रोनाल्डोले आफ्नो चिरपरिचित प्रतिस्पर्धी बार्सिलोनाका लिओनल मेसीलाई मात्र होइन, अन्य खेलका खेलाडीलाई पनि उछिनेका हुन्। बक्सर फ्लोड मेवेदरले खेलबाट अवकाश लिएको र गल्फर टाइगर उड चोटका कारण खराब प्रदर्शनबाट गुज्रिरहेको अवस्थामा रोनाल्डोले सबैलाई पछि पारेका हुन्।
रोनाल्डोले रियल म्याड्रिडबाट ८ करोड ८० लाख अमेरिकी डलर पारिश्रमिक लिने गर्छन्। प्रायोजनबाट उनको थप कमाइँ पनि छ। रोनाल्डोको तुलनामा बार्सिलोनाले मेसीलाई ८ करोड १४ लाख पारिश्रमिक दिने गरेको छ।
सन् १९९० यता पैसा कमाउने मामिलामा रोनाल्डोले माइकल जोर्डनलाई पनि उछिनेका छन्। ३१ वर्षीय स्ट्राइकरको केही महिनाअघि मात्र म्याड्रिडले २०२१ सम्म अनुबन्ध सम्झौता लम्ब्याएको थियो। नयाँ अनुबन्धपछि उनले कमाइँको मामिलामा सबैलाई उछिनेका हुन्।
रोनाल्डोपछि मेसी दोस्रो नम्बरमा छन्। मेसीका सहपाठी ब्राजिलका नेइमार २३ औ स्थानमा छन्। एजेन्सी

क्रिकेटमा विश्व आदर्श विजयी

इटहरी / उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले गरेको क्रिकेट प्रतियोगितामा विश्व आदर्श कलेज इटहरी विजयी भएको छ ।शुक्रबार इटहरीमा भएको फाइनल खेलमा कस्तुरी उच्चमाविलाई ७ विकेटले पराजित गर्दै विश्व आदर्श विजयी भएको हो ।प्रतियोगितामा पहिले ब्याटिङमा उत्रिएको कस्तुरीले सबै विकेट गुमाएर ५८ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको विश्व आदर्शले १० ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्यो ।

प्रतियोगिताको म्यान अफ द म्याच विश्व आदर्शका विवेक भट्टराई घोषित भए भने म्यान अफ द सिरिजको उपाधि समेत भट्टराईले नै पाए । सुषमा कलेजका बब्लु झा ९ उत्कृष्ठ बलर घोषित भए । उनले एउटा प्रतियोगितामा ह्याट्रिकसहित ९ विकेट लिएका थिए । यस्तै विश्व आदर्शका दीपक शर्मा उत्कृष्ठ ब्याट्सम्यान घोषित भएका थिए । उनले प्रतियोगिताअवधिभर शतकसहित १३० रन जोडेका थिए ।

प्रतियोगितापछि खेलाडीलाई मेडल तथा ट्रफि वितरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै प्रशिक्षक सीपी पौडेलले यस्ता खेलले खेलाडीलाई प्रोत्साहित गर्ने र राम्रो खेलाडी उत्पादनमा सहयोग गर्ने बताए । कार्यक्रममा हिसान सुनसरी सचीव पेशल पोख्रेलले समेत खेलले खेलाडीको चौतर्फि विकासमा सहयोग गर्ने हुँदा अध्ययनसँगै खेलकुद आवश्यक रहेको बताए ।
सप्ताहका क्रममा फुटबल, क्रिकेट, बास्केटबल, बुद्धिचाललगायतका प्रतियोगिता गरीएको सञ्चार विभाग प्रमुख सागर भट्टराईले जानकारी दिए ।

हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले सुनसरीलाई शैक्षिक हब बनाउने उद्देश्यले हिसान क्रियाशील रहेको बताउँदै खेलकुद सप्ताहले विद्यार्थीको क्षमता पहिचान र विकास गर्ने बताउँदै आगामी वर्षसमेत यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताए ।

Saturday, 4 February 2017

बार्सिलोनाले जित्यो, १०० गोल गर्ने पहिलो टिम


माघ २३ – स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा छोट्याएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई ३–० ले हराएर दोस्रो स्थानको बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी कम गरेको हो ।
बार्सिलोनाको जितमा पाको अलकासेर, लियोनल मेस्सी र एलेक्स विडालले गोल गरे । १८ औं मिनेटमा अलकासेरले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता लियो । ६७ औं मिनेटमा विडालले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । बार्सिलोनाले यो सिजनमा सबै प्रतियोगितामा गरेर एक सय गोल गरेको छ । बार्सिलोना सबै प्रतियोगितामा गरेर यो सिजन एक सय गोल गर्ने पहिलो टिम बनेको छ । जितपछि बार्सिलोनाको २१ खेलबाट ४५ अंक भएको छ । दुई खेल कम खेलेको रियल मड्रिडको ४६ अंक छ । राति भएका अरु खेलमा एथ्लेटिको मड्रिडले लेगानेसलाई २–०, एइबरले भ्यालेन्सियालाई ४–० तथा स्पानियोलले मालागालाई १–० ले हरायो ।

मनाङ झापा गोल्ड कपको उपाधि नजिक , आर्मी पराजित

झापा – पछिल्लो एक महिनामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार दस खेलाडीमा सिमित त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मनाङ दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । टोलीले आयोजक झापा ११ सँग सोमबार फाइनल खेल्नेछ ।
पुस २३ गते टुबोर्ग हेटौडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आर्मीसँग पराजित मनाङले यसपटक भने बदला लिएको छ । बिमल रानाले पहिलो हाफमा गरेको गोलनै मनाङलाई चार सातामा चौथो नकआउट प्रतियोगिताको फाइनलमा पुग्न सफल रह्यो । माघको पहिलो साता सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप जितेको मनाङले गत शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
डोमलाल रङशालामा खेलको ४२ औ मिनेटमा सुजल श्रेष्ठको प्रहार बारमा लागेर फर्केको रिबाउन्डमा बिमलले गरेको खेल नै खेलको निर्णायक बन्यो । जन्म दिन समेत परेका कप्तान सुजन खेलको म्यान अफ दी म्याच बने र उनले ७ हजार रुपैयाँ प्राप्त गरे । अन्तिम ३० मिनेट आर्मी दस खेलाडीमा सिमित भएको थियो । ६० औं मिनेटमा आर्मीका सुमन अर्याल दोहोरा पहेलो कार्ड पाएपछि मैदान बाहिरिएका थिए ।
झापामा मनाङ आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटिलाइ ४–० ले हराउदै सेमिफाइनल प्रबेश गरेको हो । भने त्रिभुवन आर्मी क्लब रुपन्देहि ११ लाइ २–० ले हराउदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
साभार हाम्रो खेलकूद

पेले भन्छन्– क्रिष्टियानो रोनाल्डोभन्दा नेमार धेरै राम्रा खेलाडी हुन्...


काठमाडौंः ब्राजिलियन फुटबलका लिजेन्ड पेलेले नेमार रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोभन्दा धेरै राम्रा खेलाडी भएको बताएका छन्।
पेलेले चार पटक बेलोन डिअर फुटबलको अवार्ड जितेका रोनाल्डोभन्दा ब्राजिलियन खेलाडी नेमार ‘धेरै उत्कृष्ट’ रहेको बताएका हुन्। रोनाल्डोले सन् २०१६ मा चौथो पटक बेलोन डिअर अवार्ड र वर्षको सर्वोत्कृष्ट फिफा पुरुष वर्ष खेलाडी घोषित भएका थिए।
रोनाल्डोले हात पारेका महत्वपूर्ण अवार्ड र उपलब्धिका बाबजुत पनि नेमार उनीभन्दा मैदानमा धेरै राम्रा खेलाडी भएको दाबी पेलेले गरे। ‘नेमारको एउटा समस्या भनेको हेडिङमा छ,’पेलेले भने,‘रोनाल्डो नेमारभन्दा राम्रा खेलाडी होइनन्।’
पेलेले भनेका छन्–‘प्राविधिकरुपमा नेमार रोनाल्डोभन्दा धेरै राम्रा खेलाडी हुन्। तर, जब रोनाल्डोले खेलमा टाउको प्रयोग गर्छन्। उनी राम्रा देखिन्छन्। नेमारले हेडबाट गोल गरेको तपाईँले देख्नु भएको छैन।’ ब्राजिलका लागि ९१ वटा खेल खेलेका पेलेले देशका लागि ७७ गोल गरेका छन्।

Friday, 3 February 2017

अस्ट्रेलियालाई कोहलीको डर

सिड्नी- अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान माइक हसीले भारतीय कप्तान विराट कोहलीको रिसाहा बानीका कारण ४ टेस्टको शृंखलामा हुनसक्ने सम्भावित विवाद पन्छाउन स्पष्ट रणनीति बनाउनु पर्ने बताएका छन्। कोहलीको कप्तानीमा भारत पछिल्लो १८ टेस्टमा अपराजित छ। यस क्रममा भारतले श्रीलंका र वेस्ट इन्डिजको घरेलु मैदानमा शृंखला जितेको थियो भने आफ्नै देशमा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र इङल्यान्डलाई हराएको थियो।
भारतलाई टेस्ट वरियताको शीर्ष स्थानमा पुर्याउन २८ वर्षे कप्तान कोहलीले महत्वपूर्ण भुमिका खेलेका छन्। उच्च लयमा रहेका कोहलीले २०१६ मा तीन वटा दोहोरो शतक पूरा गरेका थिए।
‘उनलाई उत्तेजित बनाउने प्रयास गर्नु हुन्न,’ अस्ट्रेलियन क्रिकेट बोर्डको आधिकारिक वेवसाइटमा हसीलाई उदृत गर्दै लेखिएको छ, ‘गिज्यायो (विपक्षी खेलाडीका मनोबल गिराउन गरिने कार्य) भने उनी चाढै रिसाउछन्। उनी साच्चिकै आक्रामक प्रतिद्वन्द्वी हुन्। खेल दौरान उनलाई गिज्याउनु पर्ने कुनै आवस्यकता छैन। यसले उनलाई थप आक्रामक बनाउँछ।’
कोहलीले सन् २०१२ मा सिड्नी क्रिकेट मैदानमा भएको टेस्टमा दर्शकलाई अस्लिल हाउभाउ देखाएपछि उनी कार्वाहीमा परेका थिए। त्यो व्यवहारका कारण कोहलीलाई खेलको आधा रकम जरिवाना गराइएको थियो। अस्ट्रेलिया र भारतविरुद्धको टेस्ट शंृखला पुनेमा फेब्रुअरी २३ बाट हुनेछ।
‘खेलमा धेरै वादविवाद गरेर आफ्नो ध्यान अन्यत्र मोडनु हुँदैन। खेलमा सबभन्दा महत्वपूर्ण कुरा भनेको ध्यान केन्द्रित गर्नु हो,' ४१ वर्षे हसीले भने, ‘जुन टोलीले आफ्नो क्षमता मैदानमा प्रमाणित गर्न सक्छ, त्यसैले जित्ने हो। विवाद गरेर जितिदैन।’
पछिल्लो पटक २०१२ मा भारत भ्रमण गरेको अस्ट्रेलियाले शृंखला ४–० ले गुमाएको थियो। हसीले अस्ट्रेलियाले शंृखलामा जित्न कोहलीलाई चाढो भन्दा चाढो आउट गर्नुपर्ने बताए।
‘अस्ट्रेलियाको जितमा नम्बर एक बाधक कोहली हुन्। हामीले उनलाई चाढोभन्दा चाढो पवेलियनको बाटो देखाउन सक्नु पर्छ,’ हसीले भने, 'उनले टिकेर खेले भने धेरै रन जोड्छन्। अहिले उनी उच्च लयमा छन्। उनलाई घरेलु मैदानको साथ हुन्छ। उनले राम्रो खेले भारतलाई रोक्न गाह्रो हुन्छ।’

Wednesday, 1 February 2017

माउन्ट कैलाश र रेडिअन्तलाई सफलता


काठमाडौं, १९ माघ । माउन्ट कैलाश र रेडिअन्तले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार सफलता हात पारेका छन् ।

माउन्ट कैलाशले द एक्सेल्सियर स्कुललाई ४१–३० ले पराजित ग-यो । माउन्ट कैलाशका भूवन बुढाले १० अंक जोडे । रेडिअन्तले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ३६–२५ ले हरायो । विजेताका अकृष्ट शाहीले १२ स्कोर गरे ।

ब्वाइजकै अर्को लिगमा द स्काइलार्क स्कुलले एपेक्स लाइफलाई ३२–२० ले निराश पा¥यो । स्काइलार्कका सुनील मगरले ६ अंक जोडे ।

गल्र्सको समूह चरणको खेलमा किस्कले आयोजक निम्स ‘बी’ लाई १४–६, निम्स ‘ए’ ले बाबालाई २७–१८ तथा रिलायन्स पब्लिक स्कुलले एपेक्स लाइफलाई ८–४ ले पछि पारे ।

किस्ककी पिया चौधरीले ६, निम्स ‘ए’ की मुना बस्नेतले ८ र रिलायन्स पब्लिककी एनी डंगोलले ६ स्कोर गरिन् ।

Monday, 30 January 2017

अन्तराल कप अन्तर बैंक फाइभ ए साइड फुटबलः सिद्धार्थ र कुमारी बैंक विजयी


नेपालजन्ज, १७ माघ । अन्तराल कप अन्तर बैंक फाइभ ए साइड फुटबल प्रतियोगिताको आज तेस्रो दिनको खेलमा सिद्धार्थ बैंक र कुमारी बैंक विजयी भएका छन् ।

सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकलाई ३–१ गोल अन्तरले पराजित गर्यो । सिद्धार्थ बैंकका लागि सन्तोष लम्सालले दुई तथा प्रकाश अधिकारीले एक गोल गरेका थिए । नेपाल राष्ट्र बैंकका लागि एक मात्र गोल युगेश नकर्मीले गरेका थिए ।

अर्को खेलमा कुमारी बैंक एनआइसी एसिया बैंकसँगको खेलमा टाइब्रेकरमा विजय भयो । पहिलो हाफकोे ८औँ मिनेटमा कुमारीका वालकृष्ण चौधरीले तथा १२ औँ मिनेटमा शिवराज आचार्यले गोल गरेका थिए । एनआइसी एसियाका लागि दिपेन्द्र रावतले पहिलो हाफको ६औँ मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको १८औँ मिनेटमा खुमबहादुर घर्तीले अर्को गोल गरेका थिए । निर्धारित समयमा वरावरी भएपछि थप गरिएको १० मिनेटमा पनि दुवै टिमले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा कुमारी बैंक विजयी भयो ।

बुधवार नविल बैंक र एनआइसी एसिया बैंकबीच तथा नेपाल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकका बीच हुने अन्तरालका सञ्चार संयोजक लक्ष्मी चौधरीले जानकारी दिनुभयो । रासस

Wednesday, 25 January 2017

योङ्ग स्टार र निङ्गलाशैनी दशरथचन्द स्मृती क्रिकेटको सेमिफाईनलमा -

विनोद सिंह बिष्ट, बैतडी, माघ १२ । योङ्ग स्टार क्रिकेट क्लव, मेलौली र निङ्गलाशैनी क्रिकेट क्लव (एनसिसी) देहीमाण्डौँ बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यु–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् ।



बुधबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा त्रिलोचन क्रिकेट क्लव गोठलापानीलाई ३५ रनले पाखा लगाउदै योङ्ग स्टारले एक खेल अगाबै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको योङ्ग स्टार ३३ दशमलव ३ ओभरमा १८९ रनमा समेटियो । १९० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिलोचन २७ दशमलव २ ओभरमा बनाउदा १५४ रनमा अलआउट भएको हो ।



यसैविच त्रिलोचन क्रिकेट क्लव प्रतियोगिताबाट बाहिरिएसंगै यसअघि नै लिग चरणका दुई वटा खेल जितिसकेको निङ्गलाशैनी क्रिकेट क्लव (एनसिसी) देहिमाण्डौं पनि सेमिफाईनल प्रवेश गरेको छ ।



यस्तै बुढाबाजे क्रिकेट मैदान, रातामाटामा बुधवार नै सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको जगन्नाथ क्रिकेट क्लवले २७ दशमलव १ ओभरमा १६० रनमा अलआउट भयो । १६१ रन पन्छाएको त्रिपुराले जिवन महरले २८ रनको मद्दतले ७८ रन मात्रै बनाएपछी ८२ रनले हार बेहोरेको छ ।



प्रतियोगिता अन्र्तगत बिहीवार लिग चरणका अन्तिम दुई खेल हुने भएका छन । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने खेलमा निङ्गलाशैनी क्रिकेट क्लव ( एनसिसी )ले योङ्ग स्टार क्रिकेट क्लव मेलौलीको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा जगन्नाथ क्रिकेट क्लबले कालाशैनी क्रिकेट क्लवसंग प्रतिस्प्रर्धा गर्ने भएको छ ।



बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितियलाई नगद २५ हजार ट्रफी र प्रमाणपत्र दिईने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । यस्तै म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने छ ।


Tuesday, 24 January 2017

‘खेलकुदमन्त्री विरुद्ध मैले कुनै उजुरी गरेको छैन, झूटो खबर मिडियामा आयो’ : प्रेम बहादुर पुलामी -

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला ईन्चार्ज प्रेम बहादुर पुलामीलाई आफैबारेको एउटा खबरले आजभोली हैरान पारेको छ । आफूले कतै नबोलेको र उजुरी समेत नगरेको विषय एकाएक मिडियामा आएपछि उनी अचम्ममा परेका छन् । एक अनलाईनमा आफूबारे गलत समाचार आएपछि उनी तनावमा छन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भ्रष्टाचार भएको र युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले कमिशन खाएकोले उनलाई बर्खास्तीको माग गर्दै माओवादी हेडक्वाटरमा उजुरी परेको भन्दै एक अनलाईनमा समाचार आएको थियो । ‘मैले पनि समाचार हेरेँ, त्यो समाचार देखेर आफैलाई अचम्म लाग्यो,’ उनले दियोपोस्टसँग भने,‘डेढ महिनादेखि म काठमाडौं गएको छैन । मैले आफ्नै पार्टीको मन्त्री विरुद्ध बोलेको पनि छैन ।’ उनी यो विषयको उत्तर दिएर हैरान भैसकेका छन् । ‘यो विषयमा जसले लेखेको हो उसैलाई सोध्नुस्,’ दिक्दार मान्दै उनले भने,‘थाहै नभाको कुरा मिडियामा आउँदो रहेछ । मलाई केही नसोधी समाचार हाल्दिँदो रहेछन् ।’ पार्टीको कुनै पनि बैठकमा यस्तो कुरा नै नभएको उनले बताए । ‘सार्वजनिक मञ्चमा त के पार्टीको कुनै पनि बैठकमा यो विषयमा कुरा नै भएको छैन,’ उनले भने,‘यो विषयमा हाम्रो पनि खण्डन आउँदैछ । यो विषयमा जिल्ला पार्टीको बैठक बसेर आधिकारीक रुपमा खण्डन गरिन्छ । बोल्दै नबोलेको थाहा नभएको विषय त खण्डन गर्नै पर्छ । आजसम्म नबोलेको कुरा मिडियामा आयो ।’ - 

Sunday, 22 January 2017

कोस्टाको पुनरागमनमा चेल्सीको जित

लन्डन (एजेन्सी)– रेलिगेसन क्षेत्रमा रहेको हल सिटीलाई सोमबार २–० ले हराउँदै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा अंक अन्तरलाई अझै बढाएको छ । दुई हाफमा एक एक गोल गर्दै चेल्सीले हलमाथि जित हासिल गरेको थियो ।

chahill-1

चोटका कारण अघिल्लो साता लेस्टरसँगको खेल गुमाएका डिएगो कोस्टाले पुनरागमन गरेको खेलमा पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको सातौं मिनेटमा मोसेसको क्रसमा उनले गोल गरेका थिए । चेल्सीको अग्रता जोगाइराख्न गोलकिपर थिबाउट कार्टोइसको भूमिका महत्वपूर्ण रह्यो । उनले ह्यारी माग्युरी, डेभिड मेलेर र उमार नियासीको प्रहारलाई रोकेका थिए ।



तर, ग्यारी काहिलले खेल सकिन ९ मिनेटअघि हेडमार्फत गोल गरेपछि चेल्सीको जित सहज बनेको थियो । सेस फाब्रिगासको फ्रिकिकमा नजिकबाट काहिलले गोल गरेका थिए । जितपछि दोस्रो स्थानको आर्सनललाई चेल्सीले ८ अंकले पछि पारेको छ । १६ अंक जोडेको हल सिटी अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

चेल्सीको जित अघि आइतबार आर्सेनलले इन्जुरी समयको आठौं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नलीमाथि २–१ ले जित निकालेको थियो । इन्जुरी समयमा दुई गोल भएको खेल आर्सनलले दस खेलाडीमा सिमित हुँदै अन्त्य गरेको थियो । लाउरेन्ट कोसिन्लेलाई पेनाल्टी बक्समा बेन मिले फाउल हानेपछि इन्जुरीको आठौं मिनेटमा आर्सनलले पेनाल्टी पाएको थियो । एलेक्स सान्चेजले पेनाल्टीमा गोल गर्दै आर्सनललाई जित दिलाए ।

त्यसअघि इन्जुरी समयको तेस्रो मिनेटमा आन्द्रे गेरीले पेनाल्टीमा बर्नलीका लागि बराबरी गोल गरेका थिए । मेसुट ओजिलको कर्नरमा सोर्डान मुस्तफीले हेड गोल गर्दै आर्सनललाई ५९ औं मिनेटमा अग्रता दिलाएका थिए । ६५ औं मिनेट ग्रेनिट झाकाले रातो कार्ड पाएपछि आर्सनल दस खेलाडीमा सिमित भएको थियो । २२ खेलमा आर्सनलको ४७ अंक पुगेको छ भने शीर्षस्थानको चेल्सीको ५५ अंक छ ।
आइतबार नै अर्को खेलमा चार खेलको लगातारको हारको श्रृखंलालाई टुंगाउने क्रममा साउथ ह्याम्टनले साविक विजेता लेस्टर सिटीलाई ३–० ले हरायो । जेम्स वर्ड प्रोसेले २६ औं मिनेटमा पहिलो गोल गरे भने अर्को गोल ३९ औं मिनेटमा जाय रोड्रिग्युजले गरे । टोलीका लागि डुसान टाडिकले खेल सकिन ४ मिनेटअघि तेस्रो गोल गरेका थिए ।


मनाङका प्रशिक्षक छिरिङ लोप्साङ: समयमै गोल निस्केका कारण खेल सहज

पोखरा (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको दोस्रो खेलमा धरानलाई ४-१ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। मनाङका लागि कप्तान अनिल गुरुङ्ले २ तथा सुजल श्रेष्ठले २ गोल गरेका थिए।

chiring-lopsang

खेल पश्चात बोल्दै  मनाङका प्रशिक्षक छिरिङ लोप्साङले समयमै गोल निस्केका कारण खेल सहज भएको र खेलाडी त्यसपछि हल्का रुपमा खेलेको बताए । बंगलादेशको टोलीको प्रदर्शन हेर्न बाँकी रहेकोले मनाङबाहेक आर्मी प्रतियोगिताको दाबेदार रहेको लोप्साङ बताए । त्यसैगरी धरानका प्रशिक्षक विकास केसीले खेलाडी घाइते हुनु र पहिलो हाफमै दुई गोल खाएका कारण हार्नु परेको बताए ।

आहा रारा गोल्डकपमा सोमबारको तेस्रो क्वार्टरफाइनल:आर्मीविरुद्ध झापा ११

Saturday, 21 January 2017

रोनाल्डोमात्रै होइन, कहिलेकाहिँ मपनि नराम्रै खेल्थें’ -

लगातार ४० खेलमा अपराजित रहँदै ला लिगामा नयाँ कीर्तिमानी बनाउने टोली हो रियल मड्रिड। तर, ४० खेलमा बनाएको अपराजित यात्रामा पूर्णविराम भने सेभिल्लाले आफ्नो घरेलु मैदानमा भएको खेलमा लगाइदियो। त्यत्तिमात्रै होइन पछिल्ला दुई खेलमा रियल लगातार पराजित भयो।

सेभिल्लासँग पराजित भएको दुई दिनपछि भएको कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सेल्टाभिगोले रियल मडिडलाई सान्टियागो बर्नबाउमै २–१ ले पराजित गर्‍यो। त्यसपछि क्रिष्टियानो रोनाल्डोको पछिल्लो प्रदर्शनलाई लिएर आलोचना सुरु भएको छ। तर, त्यसको बचाउ रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गरेका छन्।

शनिबार रियल मड्रिडले ला लिगा फुटबलमा मालागाको सामना गर्दैछ। त्यसअघि भएको प्रि-म्याच कन्फेरेन्समा प्रशिक्षक जिदानले रोनाल्डोको प्रदर्शनबाट आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताएका छन्। उनले भनेका छन्,‘कहिलेकाहिँ मैले पनि नराम्रो खेल्थें। रोनाल्डोले मात्रै होइन।’

जब रोनाल्डोले राम्रो खेल्दैनन् तब आलोचना सधै सुरु हुन्छ,’जिदानले भने,‘उसको उपस्थितिले टिमलाई निकै फरक पार्छ। तर, कहिलेकाहिँ ऊ राम्रो खेल्दैन। फरक भूमिकामा रहेर खेल्न सक्ने खेलाडी हो।’ उनले डानी कार्भाजलको अनुपस्थितिमा डानिलोलाई मैदान उतार्ने बताए। उनले डानिल्लो निकै मेहेनती र उत्कृष्ट खेलाडी भएको समेत बताएका छन्।

Annapurna Post


Friday, 20 January 2017

१५ हजार बराबरकाे जर्सी सहयाेग

पथरी / माेरङकाे पथरीशनिश्चरेमा ८ गते देखि हुन गईरहेकाे नगर कप फुटबल प्रतियाेगीतामन पथरीशनिश्चरेमा अवस्थीत सिरीजंघा सुन चाँदी परलका प्राे. भुवनसिंह लिम्बुले १५ हजार बराबरकाे जर्सी प्रदान गर्नु भएकाे छ । त्यस्तै खेल प्रेमी दिपक गुरुङले खेलमा प्रयाेग गरिने खेलाडी चेन्जर बाेड प्रदान गर्नु भएकाे छ । नगरमा भएका युवाहरुलाई खेलकाे माध्यमबाट अनुसासीत र मर्यादीत बनायदै उनिहरुकाे प्रतिभालाई प्रष्फुटन गराउने उदेश्यले हुन गई रहेकाे फुटबल प्रतियाेगीतामा नगरका ११ वाड सामेल हुने अायाेजक समितीले जानकारी दिएकाे छ ।

खेलकाे बिजेताले ३०,००० र उपबिजेताले १५,००० नगद, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन । दास्राे पुरस्कारकाे प्रायाेजन चन्द्र प्र. खनालले स्व. बाबू अम्बिका प्र. खनालकाे सम्झनामा प्रायाेजन गर्नु भएकाे छ ।

Thursday, 19 January 2017

इ‌ङ्ल्याण्डको वुमन अन्डर १६ फुटबल टीममा छानिइन् अस्मिता आले -

लण्डन । पूर्व गोरखा सैनिकको छोरी अस्मिता आले इङ्ल्याण्डको १६ वर्षमुनीको महिला राष्ट्रिय टोलीमा छनोट भएकी छिन् ।
उनले अर्को महिना इङ्ल्याण्डमा आयोजना हुने युइएफए डेभलपमेन्ट टुनामेन्टमा इङ्ल्याण्डको प्रतिनिधित्व गर्दै खेल्नेछिन् ।
पिता अमृत आलेका अनुसार फेब्रुअरीको १० देखि १७ सम्म सो प्रतियोगिताका लागि अस्मितालाई उपलब्ध गराइदिन फुटबल एसोसिएसन (एफए) ले अनुरोध गरेको छ ।
सो टुनामेन्टमा स्पेन इटली र फिनल्याण्डको टोलीसित इङ्ल्याण्डको टोलीको प्रतिस्पर्धा हुने बताइएको छ ।
अरुबेला अास्टोन भिल्ला क्लवबाट ५ नम्बरको जर्सी लाएर खेल्ने अस्मिताको रोजाइको पोजिसन सेन्टर ब्याक हो । तर आवश्यकताअनुसार उनी अरु पोजिसनमा पनि खेल्ने गर्छिन् ।
अस्मिताका पिता अमृत आले क्वीन्स गोरखा सिग्नलका पूर्व गोरखा सैनिक हुन । उनी अहिले परिवारसहित युकेको ननिङटनमा बस्दै आएका छन् ।
यसअघि अस्मिता इंग्ल्याण्डको स्कुल र कलेजको फुटबल संचालन गर्ने निकाय इंगलिस स्कुल्स फुटबल एसोसिएसन (इएसएफए) मातहतको १५ वर्षमुनीको स्कुलस्तरिय अन्तर्राष्ट्रिय छात्रा फुटबल टोलीमा छानिएकी थिइन् ।
उनका पिता स्क्वास खेलमा नेपालका पूर्व नेशनल खेलाडी हुन् भने दाजु असिम ननिङटन युथ क्लवमा फुटबल खेल्ने गर्छन् ।

SOurce: WENEPALI

युवराज र धोनीले बनाए नयाँ रेकर्ड

युवराज सिंह र महेन्द्रसिंह धोनीले इङ्ल्यान्डविरूद्ध एकदिवसीयमा चौथो विकेटको कीर्तिमानी साझेदारी गरेका छन्। यी दुवै ब्याट्सम्यान कटकमा भइरहेको इङ्ल्यान्डविरूद्धको दोस्रो एकदिवसीयमा अविजित २ सय २१ रनमा खेलिरहेका छन्।

उनीहरूले दक्षिण अफ्रिकाका हासिम अमला र एबि डी भिलियर्सले ५ वर्षअघि बनाएको कीर्तिमानलाई भंग गरेका हुन्।

अफ्रिकी जोडीले सन् २०१२ मा इङ्ल्यान्डविरूद्ध अविजित १ सय ७२ रनको साझेदारी गरेका थिए। भारतीय ब्याट्सम्यानको रुपमा युवराज र धोनीले १५ वर्षअघि राहुल द्रविड र सचिन तेन्दुलकरले इङ्ल्यान्डविरूद्ध चौथो विकेटका लागि बनाएको १ सय ६९ रनको साझेदारीलाई पनि उछिनेका हुन्। द्रविड र सचिनले २००२ मा चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी गरेका थिए।


Wednesday, 18 January 2017

किरण टिसी फुटबल क्लबबाट ‘डेब्यू’ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्समा ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबबाट बुधबार डेब्यू गर्दैछन् । अर्को महिना सुरु हुने त्यहाँको प्रिमियर लिगका लागि क्लबहरु तयारीमा जुटिसकेका छन् । केही दिनअघि टोलीको अभ्यासमा जुटेका किरणका अनुसार टिसीले आज गत बर्षको लिग विजेता टोली माजिया स्पोर्टस एन्ड रिक्रियसन क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
टिसी फुटबल क्लबका प्रशिक्षकका साथ गोलकिपर किरण ।
टिसी फुटबल क्लबका प्रशिक्षकका साथ गोलकिपर किरण ।
टिसी फुटबल क्लबका प्रशिक्षकका साथ गोलकिपर किरण ।
माल्दिभ्स क्लबसँग एक बर्षको सम्झौतापछि किरण जनवरी ९ मा माल्दिभ्स गएका थिए । किरणको यो दोस्रा विदेशी क्लब हो । उनले सन् २०१० मा चटगाँउ अबाहानीबाट बंगलादेश प्रिमियर लिग खेलेका थिए । घरेलु फुटबलमा मछिन्द्रबाट व्यवसायिक खेल जीवन सुरु गरेका किरणले लामो समय रुस्लान थ्री स्टार क्लबमा विताएका थिए । पछिल्लो एक बर्षयता उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध थिए ।
टिसी फुटबल क्लबका व्यवस्थापन टोलीसँग गोलकिपर किरण ।
टिसी फुटबल क्लबका व्यवस्थापन टोलीसँग गोलकिपर किरण ।
टिसी फुटबल क्लबका व्यवस्थापन टोलीसँग गोलकिपर किरण ।
किरण सम्मिलित नेपाली टोलीले दुई महिना अघि मलेसियामा एएफसी सोलिडारिटी कप जितेको थियो । नेपालको अहिले सम्म ठूलो सफलतामा किरण पहिलो रोजाइमा थिए । सोलिडारिटी कपमा चारै खेल पोस्ट सम्हालेको उनले सेमिफाइनलमा लाउसविरुद्ध पेनाल्टी सुटआउटमा २ वटा पेनाल्टी रोकेका थिए । सोलिडारिटी कप जितेकै कारण २०१९ को एएफसी एसिया कपको छनोट खेल्ने अवसर पाएको छ ।