Saturday, 4 February 2017

सीके राउतलाई रिहा गराउन जुलुस, प्रहरीद्धारा लाठी चार्ज गरी २१ समर्थक पक्राउ


सन्तोष यादब

सिरहा, २१ मघ । विहिवार जनकपुरबाट पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई रिहा गर्नुपर्ने माग राख्दै सिरहाको लहानमा आज निकालिएको जुलुस प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

डा. राउतलाई म्याद थप्न जिल्ला अदालत सिरहा लगिएको बेला उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् । ईलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन गर्ने क्रममा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले प्रदर्शनकारीहरुमाथि लाठी चार्ज गरेका छन् । लाठी चार्ज गरी प्रहरीले राउत समर्थक जिल्लास्तरीय तथा सक्रिय युवाहरुलाई पक्राउ गरेको छ भने अन्य कार्यकर्तालाई लखेटेर भगाएको छ ।

पक्राउ पर्नेमा अमरनाथ साह, संजय यादव, रोषण यादव, राकेश साह, शिवकुमार महतो लगायत छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । पक्राउ परेकाहरुलाई आज साझसम्म छाड्ने वा मुद्दा लगाउने विषयमा प्रहरीले केहि बोल्न मानेका छैन् ।

डा. राउतको समर्थनमा जुलुस प्रदर्शन गर्न नदिन लहानमा सुरक्षाकर्मीको संख्या बढाएको छ ।

लहानमा माघ ५ गते राउतले बलिदानी दिवसको अवसरमा गरेको सम्बोधनमा ‘नेपालबाट मधेस अलग पारेर मधेस देश’ बनाउनुपर्ने धारणा राखेका थिए । सोही कारण राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दामा हिजो जनकपुरधामस्थित उनको आफ्नै डेराबाट राउतलाई पक्राउ गरेको थियो ।

No comments:

Post a Comment