Wednesday 1 February 2017
टोपी खस्यो दुइटीको माझैमा
काठमाडौं, १९ माघ । टाई र सुट लगाएर टोपी लगाउने प्रधानमन्त्री पुष्पकमल दाहालको स्थिति टोपी खस्यो दुईटीको माझैमा हुनपुगेको छ ।
एकातिर सत्ता साझेदार कांग्रेस चुनाव घोषणा गर्न दबाब दिइरहेको छ, सभापति भन्दा पनि उनका मुखौटा सहयोगीहरु चुनाव घोषणा नगरे राजीनामा देउ भन्न थालिसकेका छन्, अर्कोतिर विपक्षी एमाले पनि चुनाव घोषणा गर्न दबाब दिइरहेको छ र चुनाव गराउनै चाहदैनन् भन्ने आरोप लगाइरहेको छ ।
अर्कोतिर सत्ता समर्थक मधेसी मोर्चाका दलहरु संविधान संशोधन नगरी चुनाव घोषणा गरे समर्थन फिर्ता लिइन्छ, निर्णायक आन्दोलनमा गइन्छ भनेर घुक्र्याइरहेका छन् ।
प्रधानमन्त्री दाहालका सामु टोपी खस्यो दुईटीको माझैमा स्थिति भएन त ? चुनाव हुनैपर्छ, गर्नैपर्छ भनेर बजेट निकासा दिनेदेखि सशस्त्र, प्रमुख निर्वाचन आयुक्तलाई आफू तैयार भएको जनाउ दिए पनि नजित्ने र बिरोध हुनेमात्र होइन, हुनै नसक्ने चुनाव किन घोषणा गर्ने भन्ने द्विविधामा छन् प्रधानमन्त्री ।
६ महिनाको कार्यकाल न सहमति, न चुनाव, न संविधान कार्यान्वयन असफलतामा बित्यो । तैपनि प्रधानमन्त्री कुम हल्लाएर संघीयता, संविधान, धर्मनिरपेक्षता, गणतन्त्र जोगाउने मै हुँ, महिलालाई राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, न्यायाधीश बनाउने मै हुँ भनेर धक्कु लगाइरहेका छन् । कठै प्रधानमन्त्री, भूकम्पपीडितका लागि बास बनाइदिएँ भन्न सकेनन्
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment