काठमाडौँ, २३ माघ । फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियन महासङ्घले विरोध गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी २० वर्ष पुराना यातायातका साधनमाथि रोक लगाउने सरकारी निर्णय मजदुरको हकमा नभएको जनाएको हो ।
कार्यक्रममा नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकर्मा, नेपाल शिवसेना पार्टीका अध्यक्ष माधवप्रसाद भण्डारी, नेपाल यातायात महिला चालक समूहकी अध्यक्ष मीना चन्द ठकुरी लगायतले सरकारले गरेको निर्णयले मजदुरको गाँस खोस्ने, पुराना गाडी विस्थापित गरेर नयाँ गाडी खरिद गर्ने नाममा कमिशन कुम्ल्याउनतिर लागेको आरोप लगाउनुभयो । महासङ्घले उठाएका मागमा हिन्दू सेना नेपाल, स्वरोजगार यातायात सङ्घ, हिन्दू जागरण युवा सङ्घलगायत संस्थाले ऐक्यबद्धता जनाएका छन् । रासस
Sunday, 5 February 2017
पुराना यातायातका साधनमा प्रतिबन्ध नलगाउन माग
Labels:
Nepal News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment