कतार एयरवेजले विश्वकै सबैभन्दा ामो दोहादेखि अक्ल्यान्ड
न्युजिल्यान्ड) सम्मको उडान सुरु गरेको छ। इतबार फ्लाइट क्युआर९२० निर्धारित मयभन्दा ८ मिनेट अगाडि दोहादेखि क्ल्यान्डका लागि उडेको छ।
दोहा— कतार एयरवेजले विश्वकै सबैभन्दा लामो दोहादेखि अक्ल्यान्ड (न्युजिल्यान्ड) सम्मको उडान सुरु गरेको छ। आइतबार फ्लाइट क्युआर९२० निर्धारित समयभन्दा ८ मिनेट अगाडि दोहादेखि अक्ल्यान्डका लागि उडेको छ।
बोइङ ७७७ ले १४ हजार ५ सय ३५ किलोमिटरको दूरी पार गर्दै अक्ल्यान्ड पुग्न १६ घन्टा २० मिनेट लगाउने कतार एयरवेजका प्रवक्ताले बताएका छन्। फर्किंदा भने यात्रुले १७ घन्टा ३० मिनेट आकासमा बिताउनु पर्नेछ।
फ्लाइटराडर२४ को रेकर्डअनुसार नागरिक यात्रु सेवाका लागि यो विश्वकै सबैभन्दा लामो उडान हो। गत वर्ष इमिरेट्सले १४ हजार २ सय किलोमिटर दूरी रहेको दुबईदेखि अक्ल्यान्डसम्मको उडान सुरु गर्दै विश्वको सबैभन्दा लामो उडानको कीर्तिमान राखेको थियो। आइतबार कतार एयरवेजले त्यसलाई तोडेको हो। एजेन्सी/ नागरिक न्यूज
Sunday, 5 February 2017
कतार एयरवेजले सुरु गर्यो विश्वकै सबैभन्दा लामो उडान
Labels:
World News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment