बर्दिया, माघ २२ – नायिका रेखा थापाले आफूलाई समाजको सच्चा हिरोइन बन्ने ईच्छा रहेको बताएकी छिन् । बर्दियाको बबई नगरपालिका भुरीगाउँमा चलीरहेको प्रथम ववई नगर महोत्सवमा आफ्नो प्रस्तुति दिन आएकी अभिनेत्री रेखा थापाले देशमा भइरहेको विकृतिलाई चिर्न एक सच्चा नेतृत्व प्रदान गर्ने व्यक्तिको खाँचो भएको भन्दै त्यसका लागि सक्षम व्यक्तिले खुट्टा कमाउन नहुने उद्घोष गरिन् ।
अहिलेसम्मकै सबैभन्दा धेरै दर्शक महोत्सवको कार्यक्रममा उर्तान सफल आयोजकले कार्यक्रम व्यवस्थापनका लागि ठूलै मेहनत खर्चिनु पर्यो । लामो समयदेखि नृत्यको पर्खाइमा बसेका दर्शकलाई राजनीतिक भाषण दिएकी अभिनेत्री थापाले अन्तमा हजारौँ दर्शकलाई नचाउन सफल भइन् ।
भजनवाट आफ्नो प्रस्तुति सुरुवात गरेकी रेखाले सिम्पल सिम्पल बोलको गीतमा छोटो नृत्यसमेत प्रस्तुत गरिन् । महोत्सव अवलोकनमा आएका केही दर्शक नाचिरहँदा केही दर्शकहरु भने आयोजक प्रति असन्तुष्ट थिए । लोकदोहोरी गायक पशुपति शर्मा र रेखा थापा ल्याउने भनेर आफूहरुलाई झुक्काईएको दर्शकहरुको आरोप छ ।
महोत्सवमा खचाखच दर्शकको भिड रहेको कार्यक्रममा रेखा थापासँगै स्थानीय सिँहवाहिनी नृत्य कला मन्दिर र सुर संगम कला केन्द्र कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।
माघ १४ गतेदेखि संचालन भएको प्रथम बबई नगर उद्योग, ब्यापार, कृषि, पर्यटन र सुचना प्रविधि महोत्सवको नवौँ दिन शनिबार स्थानीय क्लवसँगै नायिका रेखा थापाको साथमा विविध सांस्कृतिक कार्यक्रम भयो । महोत्सवको नवौँ दिन शनिबार विदा परेकाले पनि अहिलेसम्मकै सबैभन्दा बढी झण्डै २० हजार दर्शकको उपस्थिति रहेको पाइएको छ ।
प्रहरी र स्वयंसेवकलाई भिड सम्हाल्न हम्मे हम्मे परेको थियो । महोत्सवमा झण्डै १२ जनाभन्दा बढी बालक हराएपछी प्रहरी र स्वयंसेवकले महोत्सवको मञ्चमा ल्याएर सूचना दिइएको थियो । महोत्सव माघ २४ गते सम्म संचालन हुने मुल आयोजक समितिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।उज्यालो अनलाइनको सहयोगमा
Saturday, 4 February 2017
मलाई समाजको सच्चा हिरोइन बन्न मन छ : रेखा थापा
Labels:
Desh,
Manoranjan
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment