Sunday 5 February 2017
१० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने
काठमाडौं | अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने भएको छ । आइतबारदेखि १० भन्दा कम कित्ता शेयर पनि किनबेच गर्न सकिने व्यवस्था लागु हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
एक्सचेञ्जका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच गर्न सकिनेछ । यसअघि १० र १० ले गुणा जाने सङ्ख्यामा मात्र शेयर कारोबार गर्न पाइन्थ्यो ।
नेप्सेले गरेको नयाँ व्यवस्थापछि यो समस्या समाधान हुने र लगानीकर्ता थप लाभान्वित हुने नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए।
प्रकासित मिति : २०७३ माघ २३ गते
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment