प्रतियोगिताको म्यान अफ द म्याच विश्व आदर्शका विवेक भट्टराई घोषित भए भने म्यान अफ द सिरिजको उपाधि समेत भट्टराईले नै पाए । सुषमा कलेजका बब्लु झा ९ उत्कृष्ठ बलर घोषित भए । उनले एउटा प्रतियोगितामा ह्याट्रिकसहित ९ विकेट लिएका थिए । यस्तै विश्व आदर्शका दीपक शर्मा उत्कृष्ठ ब्याट्सम्यान घोषित भएका थिए । उनले प्रतियोगिताअवधिभर शतकसहित १३० रन जोडेका थिए ।
प्रतियोगितापछि खेलाडीलाई मेडल तथा ट्रफि वितरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै प्रशिक्षक सीपी पौडेलले यस्ता खेलले खेलाडीलाई प्रोत्साहित गर्ने र राम्रो खेलाडी उत्पादनमा सहयोग गर्ने बताए । कार्यक्रममा हिसान सुनसरी सचीव पेशल पोख्रेलले समेत खेलले खेलाडीको चौतर्फि विकासमा सहयोग गर्ने हुँदा अध्ययनसँगै खेलकुद आवश्यक रहेको बताए ।
सप्ताहका क्रममा फुटबल, क्रिकेट, बास्केटबल, बुद्धिचाललगायतका प्रतियोगिता गरीएको सञ्चार विभाग प्रमुख सागर भट्टराईले जानकारी दिए ।
हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले सुनसरीलाई शैक्षिक हब बनाउने उद्देश्यले हिसान क्रियाशील रहेको बताउँदै खेलकुद सप्ताहले विद्यार्थीको क्षमता पहिचान र विकास गर्ने बताउँदै आगामी वर्षसमेत यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताए ।
No comments:
Post a Comment