Saturday, 4 February 2017

चाणक्य भन्छन्- जवान महिलाले कहिल्यै भुल्नुहुँदैन यी ६ कुरा


कहिलेकाँही हाम्रो जीवनमा यस्तो हुन्छ कि हामी जीवनमा आफ्नो लागि एकदमै खुसी हुन्छौं । खुसीको बेला हामीले धेरै कुरा भुलिरहेका हुन्छौं, जसले जीवनमा दिर्घकालीन असर पुर्‍याउँछ । चाणक्य नीतिमा यस्ता धेरै जीवनपयोगी सन्दर्भहरु उल्लेख गरिएका छन् । यहाँ भने जवान महिलाले जवानीमा कहिल्यै भुल्न नहुने कुराहरुबारे उल्लेख गरिनेछ ।

१. शिक्षा सबैभन्दा असल मित्र हो । एक शिक्षित व्यक्तिले हरेक स्थानमा सम्मान पाउँछ । शिक्षाले सुन्दरता र यौवनलाई नै परास्त गरिदिन्छ ।

२. आफ्नो रहस्यबारे अरु कसैलाई पनि भन्नु हुँदैन । यस्तो बानीले तपाईलाई बरबार बनाउँछ ।

३. हामीले विगतको बारेमा कहिल्यै पश्चात्ताप गर्नुहुँदैन । त्यसो त भविष्यको बारेमा पनि अनावश्यक चिन्ता लिएर केही हुँदैन । विवेकशील मानिसले हरसमय वर्तमानमा राम्रो गर्नुपर्छ, वर्तमानलाई आफ्नो पकडमा राख्नुपर्छ ।

४. कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफैंलाई तीन वटा प्रश्न गर्नुहोस्- म यो के काम गरिरहेछु वा गर्नेछु, यसको परिणाम के हुन सक्छ र म यसमा सफल हुन्छु कि हुँदिनँ ?

५. एकपटक कुनै काम सुरु गरेपछि मनबाट असफलताको डर निकाल्दिनुहोस् । डरलाई त्याग्नुहोस् किनकी इमान्दारिताका साथ काम गर्ने मानिस सधै‌ खुसी हुन्छ र सफल पनि ।

६. खराब मित्रलाई कहिल्यै विश्वास नगर्नुहोस् । असल साथीलाई आवश्यकताभन्दा बढी विश्वास नगर्नुहोस् किनकी कुनै दिन उनीहरु रिसाएको दिन सबै रहस्य खोलिदिनेछन् । साझा पोस्टको सहयोगमा

No comments:

Post a Comment