Thursday, 2 February 2017

सरकारले के गर्ला ...? 'मधेस टुक्राउने अभियानका नाइके सिकेका रणनीति यस्ता' -

newsabhiyan
सुनसरी । तराईका जिल्लाहरुमा लामो समयदेखि विखण्डको अभियान चलाईरहेका सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अभियोगमा पक्राउ गरेको छ ।

जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट पक्राउ राउतलाई पक्राउ गरिएको हो ।

उनीले चलाउँदै आएको सबै गतिविधीहरुको अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाउने योजनामा लगेको छ ।

प्र्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उनले सञ्चालन गर्दै आएको एक एक गतिविधीको अनुसन्धान गरिने बताए ।

राउतलाई राज्यविरुद्धको अभियोगमा पक्राउ जानकारी दिदै महानिरीक्षक अर्यालले प्रहरीले उनका एक एक गतिविधिको अनुसन्धान गरी कानुनी कारवाही अघि बढाउने स्पष्ट पारे ।

राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै आएका राउतलाई प्रहरीले बिहीबार करिब ३ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले सिराहाले पक्राउका लागि जिप्रका धनुषालाई पत्र पठाएपछि धनुषा प्रहरीले राउतलाई पक्राउ गरेको हो । राउत पक्राउ गर्न जनकपुरको पुरानो बसपार्क नजिकै रहेको राउतको डेरामा प्रहरी टोली पुगेको थियो ।

गत माघ ५ गते सिके राउतले लहानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै तराईलाई नेपालबाट छुट्याउनु पर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

पशुपति आदर्श उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा भएको सो कार्यक्रममा उनले नेपालको राष्ट्रिय अखण्डताविरुद्ध भड्किलो अभिव्यक्ति दिएका थिए ।

उनी तराईलाई अलग पार्न सशस्त्र सेना तयार पार्ने अभियानमा काम गर्दै आएका थिए । दाहाल सरकारले उनका विखण्डनकारी गतिविधिलाई देखेको नदेखै गरेको थियो ।

माघ ५ को सार्वजनिक अभिव्यक्तिपछि राउतलाई छुट दिएको भन्दै विपक्षी नेताले संसदमा समेत सरकारको आलोचना गरेका थिए ।

राउतले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा समेत आफ्नो संगठन विस्तार गरेर मधेस अलग राष्ट्रको विषयमा प्रचारात्मक अभियान चलाएका थिए ।

जस अन्र्तगत दक्षिणवर्ती गाविसहरुमा स्वराज हमारा जन्मसिद्ध अधिकार हे, अब की बार स्वतन्त्र मधेस राज जस्ता विखण्डनकारी दिईएको थियो । उनले निकटभविष्यमै त्यस क्षेत्रका युवाहरुको लागि तालिमको समेत सञ्चालन गर्ने तयारी गरिरहेका थिए ।

मधेस टुक्राउने अभियानका नाइके सिकेका रणनीति पर्दाफास भए पछि पुन पक्राउ परेका हुन् । अब पुष्पकमल दाहाल प्रचण्ड सरकारले के गर्छ ? हेर्न बाकीँ छ ।

यो पनि पढ्नुहोस् । डा.सीके राउतलाई जनकपुरधामबाट पक्राउ


No comments:

Post a Comment