Thursday, 2 February 2017

'नाकाबन्दी पछि यसरी देखाए मोदी सरकारले नेपाल मोह'

newsabhiyan
काठमाडौं, २० माघ। छिमेकी मित्रराष्ट्र भारतले आफ्ना छिमेकी राष्ट्रहरुको विकासमा पनि चासो देखाएको छ। भारतले नेपाल लगायत अन्य देशको आर्थिक समृद्धिको लागि तुलनात्मक रुपमा सहयोग वृद्धि गरेको छ ।

नेपाललाई दिने सहयोग अनुदान रकममा  भारत सरकार प्रमुख प्रधानमन्त्री नरेन्द्र मोदीले रकम वृद्धि गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

भारतीय अर्थमन्त्री अरुण जेट्लीले संसद्मा बुधबार प्रस्तुत गरेको बजेटमा नेपाललाई दिने अनुदान बढाउने प्रस्ताव गरिएको छ। यस पटक भारतले नेपाललाई झण्डै एक अर्ब रुपैयाँ सहयोग वृद्धि गरेको छ।

गत वर्ष भारतले नेपाललाई ३ अर्ब २० करोड भारु अनुदान दिएकोमा यस वर्ष ३ अर्ब ७५ करोड पु¥याउने प्रस्ताव छ ।

भारतले दक्षिण एशियामा सबैभन्दा धेरै सहयोग भुटानलाई दिएको छ। भुटानलार्इ मात्रै ३७ अर्ब १४ करोड अनुदान घोषणा गरेको छ। भुटानपछि भने नेपाललाई उसले अनुदान बढि दिएको हो।

भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठानलाई छुट्टै अनुदान सहयोगको घोषणा गरेको छ । उसले गृह मन्त्रालयमार्फत प्रतिष्ठानलाई ११ करोड ३३ लाख भारु अनुदान सहयोग गर्ने युनियन बजेटमा उल्लेख छ ।
त्यस्तै भारतले नेपालस्थित् भारतीय दुतावासमार्फत स्वास्थ्य, शिक्षा, खानेपानी, सडक सञ्जाल निर्माण, हाईड्रोपावर, सामाजिक संघसंस्थालाई समेत ठूलो सहयोग पुर्याउँदै आएको छ। भारतको गणतन्त्र दिवस, स्वतन्त्रता दिवसको अवसर पारेर भारतले नेपाललाई सहयोग गरिरहेको छ।

नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आएपछि भारतले झनै सहयोगमा वृद्धि गरेको विश्लेषकहरुले जनाएका छन्।

पछिल्लो पटक लगाएको नाकाबन्दि पछि मोदि सरकार पहिलो पटक सकारात्मक देखिएको हो


No comments:

Post a Comment