काठमाडौं, २३ माघ –नेपाल टेलिकमले आइतवारदेखि रिचार्ज कार्डमा बोनस अफर ल्याएको छ । आफ्नो १३ औं वार्षिकोत्सव समारोहकाबीच शनिवार नै टेलिकमले विभिन्न दरका रिचार्ज कार्ड खरिदमा बोनस अफर सार्वजनिक गरेको हो ।
जसअनुसार अाज देखि तीन दिन एनटीसी मोबाइल रिचार्ज गर्दा ५०, १०० र २०० को रिचार्ज कार्ड खरिदमा १० प्रतिशतसम्म बोनस पाइनेछ । त्यस्तै, ५ सय र १ हजारको रिचार्ज कार्ड खरिदमा १५ प्रतिशतसम्म बोनस पाइनेछ ।
यो सुविधा मंगलवार (यही माघ २५ सम्म )लागू हुनेछ ।
यस्ता छन्, अन्य सुविधा
–इजि फोनबाट टेलिकमका पीएसटिएन, जिएसएम र सिडिएमए नम्बरमा समेत कल गर्न सक्ने व्यवस्था गरी आगामी फागुन १ गतेदेखि ३ महिनासम्मका सो कलमा हालको दर ६ रुपैयाँ प्रतिमिनेटमा ५० प्रतिशत छुट गरिएको छ ।
–आगामी फागुन १ गतेदेखि वैशाख ३१ गतेसम्म नयाँ एडिएसएल तथा एफटिटिएच ग्राहकलाई नि ःशूल्क सिप एकाउण्ट उपलब्ध गराइएको छ ।
–अनलिमिटेड एडिएसएल प्याकेज को साविक मासिक शूल्क दरमा ब्याण्डविथ मा स्तरोन्नती गरिएको छ । १९२ केबिपीएस को साविक मासिक मूल्य ९ सय रुपैयाँमा २५६ केविपीएस, ३८४ केबिपिएस को साविक मूल्य १५ सय रुपैयाँमा ५१२ केविपीएस र ५१२ केविपीएसको साविक मासिक मूल्य २ हजार ७ सय मा ७६८ केवीपिएस ब्याण्डविथ उपलब्ध गरिने टेलिकमले जनाएको छ । यो सुविधा फागुन १ गतेदेखि लागू हुनेछ ।
–इन्टरनेट, इन्ट्रानेट लिज सेवाको मासिक पोर्ट चार्ज ५ सय रुपैयाबाट नयाँ मासिक शूल्क एक सय, कपर लिज एक्सेस चार्ज ५ सय रुपैयाँबाट २ सय रुपैयाँ र अप्टिकल लिज एक्सेस चार्ज १ हजारबाट ३ सय कायम गरिएको छ । यो सुविधा पनि फागुन १ गतेदेखि सुरु हुनेछ ।
त्यस्तै टेलिकमले आधारभूत टेलिफोन सेवातर्फ ल्याण्डलाइन टेलिफोन सेवाका सेवाग्राहीलाई फागुन महिनाको मासिक रेण्टल चार्जमा थप २५ कल निः शूल्क प्रदान गरिने टेलिकमले जनाएको छ ।लोकान्तरबाट
Sunday 5 February 2017
आजदेखि मोबाइलमा रिचार्ज गर्दा १५० सम्म बोनस पाइने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment