Sunday 5 February 2017

तुलसीसेवनका यस्ता छन अबिश्मणिय फाईदाहरु !

तुलसीसेवनका यस्ता छन अबिश्मणिय फाईदाहरु !
हाम्रै घरमा पाईने विभिन्न जडिबुटीहरुको उपयोगिता हामी मध्ये धेरैलाई थाहा नहुनसक्छ। यस मध्ये तुलसीको पनि धेरै फाईदाहरु छन्। हिन्दु धर्म अनुसार तुलसीको हामी पूजा गर्ने गर्छौँ। पौराणिक महत्वको साथै तुलसीको आयुर्वेद महत्व पनि उत्तिकै छ।


यस्ता छन् स्वास्थयका लागि तुलसीका फाईदाहरु

– दैनिक खाली पेटमा तुलसीको जुस पिउनाले स्मरण शक्ति बढ्छ।
– यसको जुस पिउनाले चर्को ज्वरोबाट पनि छुटकारा पाउन सकिन्छ।
– तुलसीले मलेरिया तथा डेंगूलाई नियन्त्रणमा राख्दछ।
– महिलाहरुको लागि महिनावारीमा अनियमितता छ भने तुलसीको वियाँ निकै फाईदाजनक हुन्छ।
यसको सेवनले महिनावारी गडबडी रोकिन्छ।
– तुलसीको वियाँ खानाले पुरुषहरुको यौन दुर्बलता तथा नपुंसकता हटेर जान्छ।
– तुलसीको पातलाई मिश्री, मरिचसँगै पानीमा पकाएर पीउनाले रुघा तथा ज्वरो निकको हुन्छ।
कतिपय अनुसन्धानले तुलसीको बियाँलाई क्यान्सरको औषधिको रुपमा पनि प्रयोग गर्न सकिने बताएका छन्।

No comments:

Post a Comment