Thursday, 2 February 2017

काम गर्न भारत भागेका आठ नेपाली बालकहरुको उद्धार

काम गर्न भनी भागेर भारत पुगेका पुनर्वासका आठ बालकलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले भारतको सम्पुर्णनगरबाट मंगलबार बिहान बालकको अभिभावक लगेर उद्धार गरेको छ । उद्धार गरिएका बालकहरुमा पुनपा दशरथबस्ती र मोतिबस्तीका सरस्वती उमाबी र सिद्धनाथ बोडिङ्ग स्कुलमा पढ्ने १३ बर्ष मुनीका बालकहरुलाई उद्दार गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी प्रमुख दलराम टमाटाले नागरिक आवाजलाई बताउनु भयो ।

उद्धार गरिएका बालकहरुमा कुबेर भुल, मिलन राज तामाङ्ग, बिनोद बोहोरा, भुवन बहादुर बोहोरा, विशाल सार्की, भुवन बहादुर मिजार, कमल मिजार, अनिल सार्की रहेका छन । बालकहरुलाई सोमबार बेलुका भारतको बसही बजार आसपास देखेपछि त्यहाँका स्थानीयले पत्रकार बासु घिमिरेलाई फोन गरेर जानकारी गराएका थिए ।

सो पछि उहाँले ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा जानकारी गराउनु भएको पत्रकार बासु घिमिरेले नागरिक आवाज संग बताउनु भयो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले अभिभावकहरु पत्ता लगाइ मंगलबार भारतबाट सकुशल उद्धार गरेको हो । बालकहरुलाई सकुशल नियन्त्रणमा राखिदिन आफूले त्यहाँ सम्पर्क गरेको बताउनु भयो ।


No comments:

Post a Comment