Wednesday, 1 February 2017
‘एघार बजे राती मलाई मार्ने प्रयास गर्यो तर म भाग्न सफल भएँ’
कठमाडौं :- काठमाडौं इचंगु एकधारामा बस्दै आएकी आङ डोमा शेर्पामाथि पौने एघार बजे राती आक्रमण भएको छ । घरमा कोही नभएको मौका छोपेर अन्दाजी ३८ बर्षीय दावा साङवो शेर्पाले उनीमाथि आक्रमण गरेका हुन । दुवै जना एउटै घरमा बस्दै आएका थिए । माघ १४ गतेको रात थियो कोठामा उनी एक्लै थिइन । आङ डोमाका अनुसार सोही घरमा बस्ने दावा साङबो शेर्पा उनको कोठामा गएर उनको घाँटीमा थिचे, मुखमा थुके अनि पेन्चीसले टाउकोमा हिर्काए ।
उनले भनिन ‘त्यसपछि म कसो कसो पुत्कन सफल भए । फुत्किएपछि म बाहिर निस्किए, उ पनि मलाई लखेटदै आयो । तीन राउण्ड घर लगाएपछि सबैले थाहा पाए, नगरापालिकाको प्रेसिडेन्ड प्रहरलिे पनि थाहा पाए, घरबेटी अल्लोघर पल्लोघरका सबैले थाहा पाएर म बच्न सफल भए’
उनको टाउकोमा चोट लागेको छ । हाल उपचार गरेर आराम गरिरहेकी छन । उनलाई आक्रमण गर्ने दावा साङबो लामालाई महानगरीय प्रहरी बृत्त स्वयम्भुमा राखिएको छ । साङवोलाई सार्वजनिक केस चलाइएको जनाएको छ । यस विषयमा विभिन्न संघसंस्थाले विज्ञप्ती समेत जारी गरेर दोषिलाई कारबाहीको माग गरेका छन् ।
Labels:
Desh
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment