
तलबले बाँचेको सिपाही हु, पेशा प्रतिको इमानदारीता र बफादारिता निभाउन कुनै कसर बाँकि राख्ने छैन, कसैले पैसा खायो भनेर भन्ने हिम्मत गरोस, काधको फुलि निकालेर काठमाडौं फर्किन्छु ” दोश्रो संविधान सभाको चुनाव हुनुभन्दा दुई हप्ता अगाडि पुर्व क्षेत्रको कमान्ड सम्हाल्दै गर्दा डिआइजी नवराज सिलवालले पहिलो पत्रकार सम्मेलनमा बोलेको शब्द हो यो ।
सादा जिवनशैली, नरम बोली, स्पष्ट बक्ता, साहित्यकार एवम् एक सफल प्रहरी अधिकृतको रुपमा चिनिएका सिलवालले उक्त समयमा पुर्व क्षेत्रका प्रहरी युनिटहरुको निरीक्षणको क्रममा मातहतका प्रहरी कर्मचारीहरु लाई निर्देशन दिदै भनेका थिए “प्रहरी सेवामा काम गर्ने हो भने जनताको पक्षमा बिना लोभ काम गर्नु होस, राशन तलबमा बाँच्न सिक्नुहोस । राशन तलबमा बाँच्न नसक्ने हो भने जागीर छाडेर ब्यापार गर्दा हुन्छ, बाटो खुल्ला छ । गलत मानिसको सम्पर्क र गलत स्थानमा उपस्थिति देखाउने कुनै प्रहरीले छुट पाउने छैन। आफ्नो जिम्मेवारी निर्धक्क भएर निभाउनुहोस । कुनै समस्या आइपरे त्यसको समाधान म खोज्छु। समस्याको समाधान हामी भित्रै बाट खोज्ने प्रयास गर्नुहोस् । कोहि कसैको राय सिफारिस भित्र तपाईंले एक्सनको सम्भावना खोज्नुहुन्छ भने त्यो दुर्भाग्य हुनेछ । जनताले तिरेको राजश्वले बर्दी प्राप्त गरेका छौ भन्ने कुरा नबिर्सनुहोस ” ।
हो, उनै सिलवालले केहीदिन भित्रै नेपाल प्रहरीको कमान्ड सम्हाल्दै छन। नेपाल प्रहरीले शासक आइजीपी होइन एक असल अभिभावक पाउदै छ
No comments:
Post a Comment