Saturday, 4 February 2017

दुई महिनापछि नेपालमा भूकम्पको धक्का


दुई महिना लामो अन्तरालपछि नेपालमा शनिवार भूकम्पको धक्का महसुस भएको छ ।

शनिवार साँझ ५ बजेर ५८ मिनेटमा दोलखलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यद्यपि यो धक्कालाई मापन केन्द्रले २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ ।

यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ म्याग्निच्यूडको परकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पयता ४ म्याग्निच्यूड माथिका ४७५ वटा परकम्प गइसकेका छन् ।


No comments:

Post a Comment