Thursday, 2 February 2017

'९ महिनाभित्र तीन वटै निर्वाचन नभए राजनीतिक संकट’

काठमाडौं, २० माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अबको ९ महिनाभित्रै स्थानीय, प्रदेश र संसदको निर्वाचन नगरे मुलुकमा महासंकट आउने खतरा औंल्याएका छन् ।
बिहीबार काठमाडौंमा एमाले निकट किसान संगठन अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।newsabhiyan
अध्यक्ष ओलीले अबको ९ र १० महिनाभित्र स्थानीय, प्रदेश र संसदको निर्वाचन नगर्ने हो भने ठूलो राजनीतिक संकट आउने बताउँदै भने,‘हामीहरुरु छिटो संकटकाल टुंगियोस् भन्ने पक्षमा छौं।’
त्यस्तै उनले आफू प्रधानमन्त्री हुँदा एउटा देशको मुठ्ठीमा रहेको नेपाललाई अन्य छिमेकी देशसँग पनि सम्पर्क विस्तार गरेको दावी गरेका छन्।उनले भारततर्फ लक्षित गर्दै देश विशेषको मुठ्ठीमा रहेको नेपालको अन्य देशसँग पनि सम्बन्ध विस्तार गरेकाले सरकार छोड्नुपरेको बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘देश विशेषको मुठ्ठीबाट निकालेर अन्य देशसँग पनि सम्बन्ध बढाएँ। अहिले मुलुक ऐतिहासिक ठाउँमा प्रवेश गरेको छ, म त्यसै कारणले सरकारबाट पनि हट्नुपर्यो।’
किसान महासंघले गरेको खाद्य सम्प्रभुता र किसान अधिकारका लागि दक्षिण एसियाली किसान सम्मेलनको उद्घाटन गर्दै ओलीले उत्पादन र उत्पादकत्व बढाउन अहिले अत्यधिक विषादी र रासायनिक मल प्रयोग गर्नु पनि उचित नहुने बताए।

No comments:

Post a Comment