Thursday, 2 February 2017

मिटर ब्याज काण्ड बाहिरिएसँगै रात परेपछि गृहमन्त्री निवासमा सुटुक्क छिरे डिआइजी नवराज सिलवाल -


काठमाडौं, २० माघ । नेपाल प्रहरीको महानिरिक्षक आइजीपी बन्ने दौडधूपमा डिआइजीहरु लागिरहेका छन् । यसै क्रममा सिआइबी प्रमुख तथा डिआइजी नवराज सिलवाल गृहमन्त्री विमलेन्द्र निधीलाई भेट्न सुटुक्क गृह मन्त्री  निधीको क्वाटरमा छिरेका छन् । विहीबार बेलुका करिब ८ बजे गृहमन्त्री निवास पुल्चोक मन्त्री क्वाटरमा छिरेका उनी र गृहमन्त्रीबीच एक घण्टा लामो वार्ता भएको छ । स्रोतका अनुसार डिआइजी सिलवालले गृहमन्त्रीसँग जसरी भएपनि प्रहरी संगठनको जिम्मेवारी दिन अनुनय गरेका थिए । आगामी मन्त्री परिषद बैठकले नेपाल प्रहरीको आइजीपीको विषयमा निर्णय गर्ने भएकाले सिलवालको दौडधुप बढेको छ । एक घण्टा छलफलका क्रममा प्रतिष्पर्धी डिआइजीहरुको समेत चर्चा भएको स्रोतको दाबी छ । निधी र सिलवालबीचको भेटघाटलाई गोप्य राखिएको छ । ‘म घरमा छु । भेटघाट भएको विषयमा हामीलाई केही थाहा छैन,’ गृहमन्त्रीका प्रेस सल्लाहाकार रामजी दाहालले दियोपोस्टसँग भने,‘यो विषयमा विमलेन्द्र दाइ र नवराजलाई मात्रै थाहा होला ।’ यता क्वाटरका एक कर्मचारीले भने सिलवालले एक घण्टा छलफल गरेर बाहिरिएको जानकारी दिए । डिआइजी सिलवाल र व्यावसायी गुनबहादुर थापा शम्भूको लेनदेन कारोबार बाहिरिएको थियो । जसमा उनले ५ सय २५ प्रतिशत ब्याज लगाएको तथ्य फेला परेको थियो ।

Diyo Postबाट


No comments:

Post a Comment