Sunday 5 February 2017
बाहिरियो तुलसी घिमिरेले बाल्यकालमा गरेका बदमासी (भिडियो सहित) -
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएका निर्देशक तथा कलाकार तुलसी घिमिरेको नयाँ फिल्म दपर्णछाँया २ प्रर्दशनको तयारीमा छ ।
नेपालीको मन मुटुमा बस्न सफल फिल्म दर्पणछाँयाको नामबाटै निर्माण गरिएको फिल्मलाई उनी सिक्वेल भन्न रुचाउँदैनन् । कथावस्तु नै फरक रहेपनि सोहि नाम राख्न धेरै सुझाव आएको उनी बताउछन् ।
फिल्मको कुनै साँगीतिक नाम राख्ने तयारी रहेपनि दर्पणछाँया २ नै उपयुक्त हुने युनिटको ठम्याइ रहेपछि त्यहि नै फाइनल गरियो, उनले बताए । त्यस अघि फिल्मको नाम धुन राख्ने कुरा भएको थियो ।
त्यो नाममा पहिले नै फिल्म बनीसकेकाले पनि फिल्मको नाम दर्पणछाँया २ राखिएको उनको भनाई छ । यो फिल्मबाट आफुले निकै आशा राखेको पनि उनले बताएका छन् । नयाँ फिल्म लिएर दर्शकमाझ आउन लागेका उनले आफ्नो बाल्यकालका बारेमा केहि कुरा बताएका छन् ।
कालिपोङमा जन्मिएका तुलसी घिमिरे सानोमा साह्रै बदमास थिए । साथीभाईसँ मिलेर खुबै बदमासी गरिन्थ्यो । उनी सुनाउँछन्, ‘देउसी खेल्न गइन्थ्यो, जसले दैलो खोल्दैन उसलाई मुखमा आएजति गाली गरेर भागिन्थ्यो ।’ चोरी गर्नमा पनि तुलसी घिमिरेको ग्रुप खप्पीस थियो ।
अरुको बारीको अम्बा चोर्ने बानी परेका उनीहरुले एक दिन प्रिन्सिपलकै घरको खजुर चोर्ने आँट कसे । खजुर चोरेर भागेका उनीहरुलाई भोलीपल्ट प्रिन्सिपलले बोलाए । खजुर किन चोरेको भन्ने प्रश्न तेर्स्याए ।
उनीहरुले आफ्नो बदमासी लुकाउन खोजे । तर, प्रिन्सिपलले त्यो समयको महंगो रिल खर्चेर हामीले खजुर चोर्दै गरेको फोटो खिचेका रहेछन् । जब फोटो देखे सबैजना काक्राक कुक्रुक परे ।
सानोमा यस्तो बदमास गरेका उनको किरोवस्था भने खासै रोमान्टिक भएन । उनी भन्छन्, ‘घर छिट्टै जानुपथ्र्यो । त्यसैले रोमान्स नै गरिएन ।’ सबैले भन्थे माया प्रिति फुर्सद भएकाले गर्ने हो, काम नलाग्नेले गर्ने हो उनलाई पनि त्यहि सहि हो जस्तो लाग्थ्यो । कलेज पुगेपछि उनलाई पनि जोडी बाँध्नु पर्छ जस्तो लाग्यो ।
आँखा घुमाए, तर उनलाई छान्नै गाह्रो भयो, जो देख्यो त्यहि राम्रो लाग्यो । दोधारमा परेका उनले त्यो समयमा कसैसँग पनि जोडी बाँध्न सकेनन् । -हरिजंग थापा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment