Sunday 5 February 2017
गैरकानुनी तवरले अकुत सम्पती जोड्ने दिपक मल्होत्रालाई कहिलेसम्म छुट ? -
काठमाडौं, २३ माघ । दिपक मल्होत्रा एक चर्चित नाम हो । चलनचल्तिदेखि भनिने गरिएको छ, नाम कमाउन कित राम्रो काम गर्नुपर्छ, कित नराम्रो । मल्होत्रा गैरकानुनी काम गर्ने माहिर व्यक्ति हुन ।
३६ वर्षअघि न्यूरोडमा सानो पसलबाट यात्रा सुरु गरेका मल्होत्रा, राज्यको उच्च तह सम्म सेटिङ् मिलाई तस्करी मार्फत अहिले करोडपती बनेका छन् । मल्होत्रा पछिल्लो समय आइएमएस कम्पनीकोे कार्यकारी अध्यक्ष पनि छन् ।
सामसुङ मोबाईल हाल नेपाली बजारमा मोबाईल कम्पनीमध्ये सरकारलाई सबैभन्दा बढी कर बुझाउने कम्पनीकोरुपमा सुपरिचित भएतापनी उनले नेपाल भित्राउने अधिकांश समान गैरकानुनी तवरले भित्रिने गरेको समाचार न्यूज अभियानले प्रमाणसहित लेख्दै आएको छ ।
आइएमएस (इन्टिग्रेटेड मोबिलिटी सोलुसन प्रालि) का कार्यकारी अध्यक्षले २००१ देखि दक्षिण कोरियाबाट उत्पादित सामसुङ मोबाईल फोन नेपालमा भित्राइरहेका छन् ।
अख्तियारका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई प्रयोग गरेर आफ्नो तस्करीलाई बडवा दिदैं आएका मल्होत्रा, पछिल्लो समय लोकमानतन्त्रको अवसानसँगै छट्पटिमा परेका थिए ।
आज भन्दा दुईदशक अघि खाली खुट्टा राजधानीमा भैतारिदैं गरेका मल्होत्रा शक्तिकेन्द्रलाई हातमा लिदैं गैरकानुनी कामबाट अहिले एकाएक करोडपती बनेतापनि उनको सम्पत्तीमाथी नत् अख्तियार बोलेको छ,नत् सम्पत्ति शुद्धिकरण विभाग ।
उनको सम्पत्ति छानविनका बारेमा अधिकारीहरु चुप रहनुलाई कतिपयले मल्होत्राको शक्तिकेन्द्र सम्मको प्रभाव रहेको बताउँछन् । सेयर बजार, हउर्जिङ, जग्गा पलटिङमा समेत अकुत लगानी बढाएको समाचार स्रोत बताउछ । मल्होत्राको सम्पती छानविनको विषयमा काम कहाँ पुग्यो भनि सोध्दाँ सम्पति शुद्धिकरण विभागका एक अधिकारीले भने,‘भित्रभित्रै भैइरहेको छ, छानविनलाई प्रभाव पार्ने गरी मल्होत्राले काम गरीरहेका छन्, हामी निडर भएर लागेका छौं ।’
शद्धिकरण विभागका उच्च अधिकारीका अनुसार अनुसन्धान रोक्न मल्होत्राले बार्गिनिङ गरिरहेको बताइएको छ । बार्गिनिङबाट शुद्धिकरण विभागका अधिकारीहरु प्रलोभनमा फसलान कि नफसलान हेर्न भने बाकीं छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment