Thursday, 2 February 2017

स्वस्थ शरीर र चम्किलो अनुहारका लागि पेट स्वस्थ हुनु अनिवार्य


रमीता मास्के, डेन्टल सर्जन

राष्ट्रिय नमुना डेन्टल हस्पिटल प्रा.लि.

स्वस्थ शरीर र चम्किलो अनुहारका लागि पेट स्वस्थ हुनुपर्छ।
पेटको खराबीका कारण अनुहारमा डन्डिफोर, चायाँ, पोतो आउने, उमेर नपुगी चाउरिने तथा केशमा पनि समस्या आई केश झर्ने, टुक्रिने र चाँडै फुल्ने समस्या देखापर्छ।
पेट स्वस्थ राख्न चोकरयुक्त खाना, रेसादार फलफूल तथा सागसब्जी खानुपर्छ।
भोजन तथा खानासँगै पानी पिउनाले पाचनमा समस्या आउँछ, त्यसैले खाना खानु १ घन्टाअघि र खाना खाएको १ घन्टापछि पानी पिउनुपर्छ।
खाली पेटमा शुद्ध पानी, मध्यान्तरमा मोही र रातको खानापछि दूध पिउनाले पेट स्वस्थ रहन्छ।
बोक्रायुक्त तरकारीहरू, सागपात एवं पाकेको फर्सी र लौका उत्तम हुन्छ। फलफूलमा मेवा सबैभन्दा उत्तम मानिन्छ।
पेट स्वस्थ राख्न उमालेको मनतातो पानी पिउनुपर्छ।
पेटलाई स्वस्थ राख्न मण्डुक, पवनमुक्त, दुईचक्री, बक्रासन, अर्धमत्स्येन्द्र आदि आसन उपयुक्त हुन्छन्।
पेट स्वस्थ राख्न कपालभाती प्राणायाम कम्तीमा १५ मिनेट तथा अग्निसार क्रिया कम्तीमा ५ पटक दैनिक गर्नुपर्छ।
स्वस्थ व्यक्तिको पेट नरम हुनुपर्छ। यी व्यायाम, प्राणायाम एवं खाद्य वस्तुले पेटलाई स्वस्थ एवं नरम राख्न सहयोग गर्छन्।
रीता कार्की, योग शिक्षिका

पतञ्जलि योग समिति, नेपाल

शिशुको दाँत आउन थालेदेखि नै सफा गर्नुपर्छ। एक-दुईवटा दाँत पनि नरम कपडाले सफा गरिदिनुपर्छ।
 शिशुको दाँत साटिने त हो भनेर लापरबाही गर्नुहुँदैन। समय-समयमा परीक्षण गराइरहनुपर्छ।
 समयभन्दा पहिले शिशुको दाँत निकाल्नु हुँदैन। यसो गर्दा पछि बांगो दाँत आउन सक्छ।
बिहान-बेलुकीको खाना खाएपछि दाँत माझ्नुपर्छ।
खाना खाएपछि डेन्टल फ्लसले अड्किएको खानेकुरा निकाल्नुपर्छ। खाएपछि सधै कुल्ला गर्नुपर्छ।
सकभर दाँत निकाल्नु हुँदैन। दाँत निकालेको ठाउँमा खाली राख्नु हुँदैन। कृत्रिम दाँत भए पनि राख्नुपर्छ।
शरीरमा कुनै रोग लागेको छ भने त्यसले दाँतमा असर गर्ने भएकाले शरीर स्वस्थ राख्नुपर्छ।
ताजा, पोषिलो, रेसादार खानेकुरा खानुपर्छ। टाँसिने, गुलियो तथा अमिलो खानेकुरा धेरै खानुहुँदैन।
गर्भावस्थामा गिजाबाट रगत आउने तथा सुन्निने हुन सक्छ। यस्तो अवस्थामा दन्त चिकित्सकको परामर्श लिनुपर्छ।
प्रत्येक तीन महिनाको फरकमा ब्रस परिवर्तन गर्नुपर्छ।
सुत्केरी भएको अवस्थामा दाँत माझ्नुहुँदैन भन्ने आम धारणा रहिआएको छ तर त्यो सत्य होइन। यो अवस्थामा अझ बढी दाँत सफा राख्नुपर्छ किनभने यो अवस्थामा धेरै गुलियो-चिल्लो खानेकुरा खाइन्छ।
दाँत सफा गर्दा हल्लिन्छ र दाँत निकाल्दा आँखा कमजोर हुन्छ भन्ने धारणा गलत हो।
बुद्धि बंगारा झिक्दा बुद्धि नै जान्छ भन्ने गलत धारणा रहेको पाइन्छ। बुद्धि बंगाराले दुःख दियो भने निकाल्नुपर्छ। यसलाई निकालेपछि अर्को कृत्रिम दाँत राख्ने आवश्यकता पर्दैन। यसले खाना चबाउन पनि मद्दत गर्दैन। – नारीबाट

No comments:

Post a Comment