शिशु जन्मेको केही समय पश्चात्त नजिकै रहेकी एक महिलालाई केही समयको लागि शिशु जिम्मा लगाई उनी सामान किन्न बाहिर गएकी थिइन् । तर, सामान किनेर फर्किदा शिशु र महिला दुवै गायब थिए ।
अस्पतालको बेडबाटै बच्चा चोरी भएसँगै अस्पतालका नर्स र डाक्टरहरुको मिलोमतोमै बच्चा चोरी भएको आरोप लगाउँदै अभिभावक र गाँउलेहरुले प्रदर्शन पनि गरेका छन् । तर यता अस्पताल प्रशासनले भने यसरी शिशु हराउनुमा अभिभावकको लापरबाही भएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आशादेवी आफ्नी सासुसहित विहान अस्पताल पुगेकी थिइन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरिले पनि यसरी शिशु हरानुमा परिवारकै लापरवाही भएको बताएका छन् । अस्पताल परिषरमा ७ वटा सिसी क्यामेरा जडान गरिएपनि सबै काम नलाग्ने भईसकेका छन् । ।
No comments:
Post a Comment