Tuesday, 31 January 2017
सबैभन्दा पहिला गणेश भगवानकाे पुजा किन गरिन्छ ? यस्तो छ कारण
जस्तै
डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ |
डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ |
दार्चुलामा लटिनाथ /लट्बाव (गणेश ) भनिन्छ |
गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।
गणेशको रूपले के बुझाउछ ?
(भगवान श्री गणेश)
भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। यहाँ भगवान श्री गणेशको रूपले के भन्दै छ ? भन्ने बारेमा टिप्पनी गरिदै छ।
शिर
भगवान श्री गणेशको शिर हात्तीको छ।हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ। यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडी शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफु भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।
कान
भगवान श्री गणेशका कानहरू ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
नाक
भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “यो मानिसले त नाक कटायो”। मान्छेले कुनै पनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नु पर्ने हुन्छ। यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने छन्। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको नामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
पेट
भगवान श्री गणेशको पेट ठूलो छ। मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिश पनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ। यि सबै कुराहरूलाई पचाउनु पर्ने हुन्छ। राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नु पर्छ र न राम्रा कुराहरूलाई पचाउनु पर्ने हुन्छ। पचाउनको लागि ठूलो पेट बनाउनु पर्ने हुन्छ।यदि कसैले केही भन्यो भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ।यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
हातहरू
भगवान श्री गणेशका चार वटा हातहरू छन्।ति हातहरूमा क्रमशःबन्चरो, लड्डु, बर मुद्रा र फूल रहेका छन्। जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन्। मान्छेले कुनै पनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ।
वाहन
भगवान श्री गणेशको बाहन मुसो हो। मुसो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ। भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफु भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।
भगवान श्री गणेशको जन्म
(भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिव जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।
तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।”
यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।
गणेश शब्दसँग सम्बन्धित बिषयहरू
गणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्:
गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ।
गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ।
गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ।
श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ। बिभिन्न अनलाइनहरूकाे सहयाेगमा
भारतको विरोध गरेर राष्ट्रवादी नबन्न एमालेलाई भारतीय नेताको चेतावनी
नयाँदिल्लीमा रहेका नेपाली विकासविद् एवम् युवा प्रवर्द्धक दीपेन्द्र कँडेलसँगको संक्षिप्त कुराकानीमा नेता जोलीले भारतले नेपाललाई कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गर्दै नेपालका विपक्षी दलले भारतको विरोध गरेर आफ्नो पार्टी बढी राष्ट्रवादी छ भनेर देखाउने र भ्रम छर्ने गरेको आरोप लगाए ।
‘मधेशी मोर्चाले उठान् गरेका मुद्दालाई भारतसँग जोडेर नेपालका कुनै पार्टीले हिँड्नु भनेको त्यो नेपाली जनतालाई आफ्नो पार्टी बढि राष्ट्रवादी छ भनेर देखाउने र भ्रम छर्नु बाहेक अरु केही होइन्,’ उनले भने- ‘मधेसवादी दलसँग हाम्रो कुनै सम्बन्ध छैन् ।’
मधेशी मोर्चालाई भारतको प्रत्यक्ष सहयोग छ भन्ने कुरा वाइयात हो भन्दै नेता जोलीले भने- ‘यो गलत र वाईयात कुरा हो, यो कसैले आफू राम्रो छु भनेर देखाउन लगाएको आरोप मात्रै हो, मधेशी जनता नेपालकै जनता हुन् नि, तिनीहरुको समस्याको समाधान कसरी गर्ने वा नगर्ने भन्ने कुरा नेपालकै नेताहरुको हातमा छ्, यसमा हामीले भन्नु केही पनि छैन् ।’
‘नेपालका नेताहरु नै हामीलाई अभिभावक मान्छन्, त हामी के गरौं ?’
नेता जोलीले नेपालका शीर्ष नेताहरुले नै भारत भ्रमणमा आउँदा नेपालको आन्तरिक समस्याहरु सुनाउने र समाधानको लागि अनुरोध गर्ने गरेको उल्लेख गर्दै भने, ‘नेपालका नेताहरु नै यहाँ आएर समस्याको बारेमा हामीसँग भन्नुहुन्छ, उहाँहरु हामीहरुलाई नै अभिभावक मान्नुहुन्छ, जुन कुरा कुटनीतिक परिपाटी भन्दा पनि बाहिरको कुरा हो, नेपाली नेताहरुको यस्तो खाले बानी व्यवहारले कहिलेकाहीँ भारतकोपनि नेपालको राजनीतिमा केही स्वार्थ छ कि जस्तो झल्किन्छ, तर यो नेपालका नेताहरुको गल्ती हो ।’
पूर्वराजासँग वार्ता र सहमति गर
११ जनवरी (पुस २७) अलग–अलग समूहहरू एकत्रित भए, राजधानीको रामशाहपथस्थित पृथ्वी नारायण शाहको सालिकमा । राष्ट्र निर्माताप्रति श्रद्धाञ्जलि अर्पण गरेपछि उनीहरूले पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकीकरण दिवसका रुपमा मनाउन र उक्त दिन सार्वजनिक छुट्टी घोषणा गर्न सरकारसँग माग राखे ।
त्यसको ठीक एकदिन पूर्वराजा ज्ञानेन्द्र शाहले एउटा नेपाली नागरिक र पृथ्वीनारायण शाहको वंशजको हैसियतमा सार्वजनिक अपील जारी गरी संकटमा रहेको राष्ट्रिय अस्तित्व बचाउन सबैसंग आग्रह गरेका थिए । अनि एक कदम अगाडि बढेर उनले भने, ‘दश वर्षअघि राजदरबार छोडे पनि मैले मुलुक र जनताप्रतिको आफ्नो दायित्वबाट एकक्षण पनि टाढा भएको अनुभूति गरिनँ ।’
के ज्ञानेन्द्र शाहले १० वर्षअघि प्रतिकूल आन्तरिक र बाह्य परिस्थितिका कारण त्यागेको राजगद्दीमा दावी पेस गरेकै हुन् त ? पृथ्वी जयन्तको एक दिनपछि ‘नयाँ नेपाल’ नाराका सुत्रधार गणतान्त्रिक नेपालका नाममा हतियार उठाएका पुष्पकमल दाहालले सार्वजनिक छुट्टीको सूची समीक्षा गर्न समिति गठन गर्ने घोषणा गरे, प्रधानमन्त्रीका हैसियतमा । पूर्व राजाको प्रतिशोध, निषेध र घृणाको राजनीति त्याग्न गरेको आग्रहको एकसाता नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो छोरीको बिहेमा आमन्त्रण गरिन्, पूर्वराजालाई । उनी शीतलनिवास गए, निम्तो मान्न । त्यो निम्ता मान्न ज्ञानेन्द्र जाँदा उनी वास्तवमा आकर्षणको केन्द्र नै बने । केही नेता उच्च पदस्थले पूर्वराजाबाट टाढै बसे पनि धेरैले सुरक्षा आदेश अवज्ञा गर्दै मोबाइलबाट उनको तस्बिर लिए ।
लेखक : युवराज घिमिरे
सेनापति राजेन्द्र क्षेत्रीले आफ्ना पूर्व परमाधिपतिलाई सलाम चढाए । प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री विमलेन्द्र निधिले पूर्व राजालाई दरबार हत्याकाण्ड छानविन ब्युँताउने धम्की दिइरहेका बेला यो निम्तोमा राजनीतिक पक्ष छैन भन्न सकिन्न । पूर्वराजाका पछिल्ला सन्देश र त्यसमा अन्तरनिहीत राष्ट्रियताका मर्म र यसले उत्पन्न गरेको प्रतिक्रियाबारे राजनीतिक दलहरू अनविज्ञ छैनन् । खासगरी उनीहरूले गुमाएको विश्वसनियताका सन्दर्भमा ।
राष्ट्रपति भण्डारीले निम्तो पाएकोमा पनि निकै सकारात्मक प्रतिक्रियाहरू देखा परे, सामाजिक सञ्जालमा । एमालेका अध्यक्ष केपी ओलीको सुझा र सहमतिबिना निम्तो पठाइएको होला भन्ने अड्कलबाजी छ, सबैतिर । आखिर एमाले राष्ट्रियताको टोपी लगाउने अभ्यासमा छ नै । संविधान संशोधन विधेयकमार्फत सत्ताको नेतृतव गर्ने माओवादी विखण्डनकारी एजेन्डामा लागेको आरोप पनि छ, उसको ।
एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको हालैको बेइजिङ यात्राका क्रममा चिनियाँहरूले जातीयता, धर्म निरपेक्षताको पर्याय बनेको र धर्म परिवर्तनका लागि पैसाको खोलो बगाएर युरोपेली संघ र अमेरिकाले चीनलाई घेर्ने योजना बनाएकाले यो कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएका थिए । चीन वर्तमान सत्ता गठबन्धन र नेपालका राजनीतिक दलसंग सशंकित रहेको प्रमाण हो, त्यो ।
चीन नेपालमा उठेका राष्ट्रियताका एजेन्डासंग प्रसन्न छ । यद्यपि, भारतीय संस्थापन त्यसलाई भारतको विरोधका रुपमा हेर्ने गर्छ । नेपालमा संविधान लागू हुन नसक्नुको मुख्य कारण हो, परिवर्तन पक्षीय शक्तिहरूले राजालगायत परम्परावादी तथा पुरना शक्तिहरूलाई सम्पूर्ण प्रक्रियाबाट बाहिरै राख्नु । पृथ्वीनारायण शाहप्रतिका अपमान र यी शक्तिहरूको बहिस्कार अहिले संविधान र परिवर्तन पक्षीय शक्तिका लागि घाँडो बनेको छ । मुलुकमा राष्ट्रिय स्थायित्व कायम गर्ने हो भने पृथ्वीनारायण शाहलाई राष्ट्रिय हिरो पुनः घोषित गरी राष्ट्रपति भण्डारीले देखाएको सुझाबुझ अनुरुप अब राजनीतिक शक्तिहरूले पूर्वराजासंग वार्ता र सहमति खोज्नु बुद्धिमानी हुनेछ । (अनुवाद : २०७ जनवरी २३ को इण्डियन एक्सप्रेसबाट अनुवादित)
आर्थिक अभावले ४ वर्षे मृर्गौला पीडित बालकको उपचारमा समस्या
उदयपुर, १८ माघ / मिर्गौला र टिबी रोगीबाट पीडित उदयपुरको त्रियुगा नगरपालिका–३ बुद्ध चौकका ४ वर्षिय बालक किसन विकको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ । बुवाको टिबी लागेर निधन भएको र घरको आर्थिक स्थिति कमजोर भएको हुँदा किसनको उपचारमा समस्या आएको हो ।
आर्थिक अवस्था दयनीय भएकी लिलाले मृगौला रोगी छोरा बचाई दिन सदरमुकाम गाईघाटमा रहेका सरकारी तथा गैर सरकारी निकायको ढोकामा पुगेर गुहार मागि रहेकी छिन् । ‘ज्याला मजदुर गरेर जिविकोपार्जन गर्दै आएकी उनको काँधमा छोरालाई उपचार गर्नु पर्ने थपिएको छ ।
’ जिल्ला बाल हेल्प लाईनको कार्यालयमा निवेदन दिँदै आँखाभरी आँशु झार्दै भनिन्, ‘दैव पनि म माथि मात्र खनियो, गएको वर्ष श्रीमान बित्नु भयो, अहिले छोरालाई मृगौला रोग लाग्यो, उपचार गर्ने पैसा छैन, सहयोग पाईन्छ भनेर निवेदन दिएकी हुँ ।’ गत भदौ महिनामा छोराको आँखा र खुट्टा सुनिन गयो’ त्यसपछि जिल्ला अस्पताल गाईघाटमा उपचारका लागि लगे त्यहाँ चिकित्सकले मुटु रोग हुन सक्ने भन्दै बाहिर लैजानु भनेपछि सहिद गंगाला ह्रय केन्द्र बाँसबारी काठमाण्डौ लगे त्यहाँ पुगेपछि चिकित्सक मनिस श्रेष्ठले मृटुको समस्या नभएको भनि क्रान्ति बाल हस्पिटल महाराजगञ्ज रेफर गरेको बताईन ।
‘गंगालाल हृदयरोग केन्द्रमा मुटुमा समस्या नभएको बताएपछि उनलाई उपचारको लागि क्रान्ति बाल अस्पताल लैजानु भनेर सल्लाह दिइएको थियो’, लिलाले भने– ‘तर आर्थिक अभावले किसनलाई क्रान्ति बाल अस्पतालमा चेक जाँच गराउनुको सट्टा घर फर्काएर ल्याएको थिए । काठमाण्डौबाट फर्काएर ल्याएपछि किसनकोे पेट चिलाउने गरेको र एलर्जीको औषधि खुवाएपछि झनै पेट डम्म भएर बढेर गएको किसनका आमा लिलाले बताईन् ।
सेक्सलाई लिएर चिन्तित हुनुहुन्छ, यी ४ कुरा जान्नुस्
सेक्सको बारेमा असहज हुँदा अनि तनाव लिदाँ सेक्सको समयमा दुखाइको कारण बन्न सक्छ। एक नयाँ खोज अनुसार हरेक दश महिलामध्ये एकले सेक्सको क्रममा दुखाई अनुभव गर्छन्।
रोयल कलेज अफ अब्सटेट्रीशियस र गाइनोकोलोजिस्टसकी एडी मोरिस भन्छिन्, ‘यो तपाईको जीवनमा महत्वपूर्ण सुधार गर्ने समय हो।’
उनले बीबीसीलाई बताइन, ‘यो चिन्ता र डर बढाउने कारण समेत बन्न सक्छ।’
१६-२४ वर्षका युवती जो पहिलो पटक सेक्स अनुभव गर्न जाँदै छन् उनीहरुलाई उनी सल्लाह दिन्छिन्।
कुरा गर्नु
यदि दुवै पार्टनरलाई सेक्सलाई लिएर अलग-अगल आशा छ भने सेक्स पीडादायक हुन सक्छ। दुवैको मनपर्ने र मनपर्ने कुरा फरक फरक हुन सक्छन्।
एडी मोरिस भन्छिन्, सेक्स पार्टनरसंग भावानात्मक रुपमा सम्बन्ध महत्वपूर्ण मानिन्छ। जसले आफ्नो सहजता र असहजता सजिलै कुरा गर्न सकिन्छ।
‘खुलापन, सेक्सको बारेमा बातचित, पुरा समय लिएर समिपमा रही रोमाञ्चक अनुभव गर्नु सेक्सको लागि सहयोगी सिद्ध हुन्छ।’
निरोधको चर्चा
यौन संक्रामण वा गर्भवती हुने चिन्ताले पहिलो पटकको सेक्सलाई लिएर चिन्ता हुनु स्वभाविक हो। अब केवल महिला मात्र यो कुरालाई लिएर चिन्तित हुँदैनन्।
एडी भन्छिन्, आफ्नो सेक्स पार्टनरसंग यो बारेमा पनि खुलेर कुरा गर्नु आवश्यक छ।
‘जुन गर्भनिरोधक तपाइ दुवैले प्रयोग गर्ने गइरहनुभएको छ त्यसलाई लिएर आश्वस्त हुनुस् । सकेसम्म कन्डम प्रयोग गर्नुस्।’
चिन्ताबाट बच्नु
‘यदि पीडादायक सेक्स केवल एक वा दुई पटक हुन्छ भने चिन्ताको कुनै कुरा छैन, खासगरी अनुभव सुध्रदै छ भने।’
मेडिकल सल्लाह
‘यदि सेक्सको क्रममा पिडा रहिरह्यो भने डाक्टरको सल्लाह महत्वपूर्ण हुन्छ
कथा : रोमान्स
कल्पना खरेल
म पनि तिमीलाई घन्टौँदेखि रेस्टुरेन्टमा पर्खिरहेको छु । केही समयदेखि निक्कै पट्यार मानेर कसैको प्रतिक्षामा देखिने बुढाले आफ्नै अगाडि फोनमा कुरा गरिरहेकी तरुनीलाई पहिलाइहाल्यो । मख्ख मुद्रामा बुढाले ठिटीलाई सङ्केत गरेर बोलायो र आफ्नै छेउमै बसाल्यो । लाग्छ त्यो बुढो र तरुनीको पहिलो देखा भेट । दुवै एकै टेबुलको सेरोफेरोमा नजिक हुन्छन् । बुढो र तरुनीको गफ चल्छ । सीमा तिमीलाई फेसबुकमा म्यासेज गरेको थिएँ नि पाँच बजे रेस्टुरेन्टमा भेट्ने भनेर । किन ढिला गरेकी ? हो र ? मैले पछिल्लो म्यासेज ख्यालै गरिनँ । म त तिमीलाई पर्खिंदा पर्खिंदा हैरान भए । यतिकैमा मेनु लिएर वेइटर आयो ।
वेइटरले मेनु दुवैको समक्ष राख्यो । तरुनी मेनु पल्टाउन लागिन् । केटीले वाइन र चिकेन रोस्टको अर्डर गरिन् । बुढाले हुस्कीको अर्डर गरे केही क्षणमा अडर अनुसारको खाने, पेय पदार्थ टेबुलमा आयो । केटीले सभ्य शैलीमा वेइटरलाई थाङ्क्स टक्राइन् । वेइटरले वेलकम फर्कायो । बुढोले पेय पदार्थ सिसाको गिलासमा खनायो । दुवैले चियर्स गरेर अल्कुहलको चुस्की लिन लागे । रिमझिम साँझ मग्न थियो । साँझको शीतल वातावरणले स्पर्स गरिरहेको महसुस हुन्थ्यो । सफा सुन्दर रेस्टुरेन्टमा मन्द डिम लाइटको प्रकाश छरिएको थियो । रेस्टुरेन्ट राजधानी सहरको कोलाजदेखि केही बाहिर थियो ।
रेस्टुरेन्टबाट डाडाकाडा पाखापखेरा हरियाली देखिन्थ्यो । त्यस प्रकृति सुन्दरताको बीच सजिएका रेस्टुरेन्टले आनन्दको अनुभूति दिलाइरहेको थियो । सहरको भिडभाड र तनाबबाट आनन्द रिल्याक्स गर्न आउनेको सङ्ख्या प्रशस्तै देखिन्थ्यो । यता उताको सबै टेबुलमा कपल अर्थात् जोडी मात्र देखिन्थे । सबैजना आआफ्नै सुरमा खानपिन र मिठासपूर्ण गफमा व्यस्त थिए । रेस्टुरेन्ट नै प्रेममय महसुस हुन्थ्यो । फेरि त्यो नमिल्दो जोडीतिर मेरो नजर पुग्यो । बुढो तरुनीसँगै हुस्कीको चुस्कीमा मस्त थियो । बुढो प्रशस्तै पैसावाला । बुढामा पैसा फ्याँको, तमासा देखो भन्ने सिद्धान्त लागु थियो । बुढाको अर्डर अनुसारको सर्बिसमा वेइटर पनि व्यस्त थिए ।
घरपरिवार श्रीमती छोरा, छोरी, नाति, नातिनी सम्पूर्ण बिर्सिएर बुढो तरुनीको यौवनसँग लिप्तिँदै थियो । बुढोलाई पैसा खर्चेर तरुनीको यौनसँगको मोह थियो । सुन्दरी तरुनीलाई पनि बुढाको पैसासँगको मोह थियो । त्यहाँ दुबैको उद्देश्य केवल पाउनु थियो । जतिजति नसामा झुम्दै थिए । उतिउति बुढो तरुनीको यौवनमा लालायित थियो । बुढो तरुनीको मासुम चेहेरामा घोरिएर मस्किरहेको थियो । अरुको नजर छेकेर बुढोको हात तरुनीकै संवेदनशील अङ्गतिर केन्द्रित थियो । दुनियाँ नै पाए जस्तो बुढो तरुनीमै हराइरहेको थियो ।
हाउभाउ देख्दा लाग्छ बुढालाई फेरि बीस वर्षको जवानी आए जस्तो थियो । खानपिन रोमान्स हुँदै थियो । बुढालाई पिसाबले चाप्यो । बाथरुमको खोजीमा बुढाको नजर यताउता चहार्न लाग्यो । बुढाले सोध्यो वेइटरसँग बाबु बाथरुम कहाँ छ ? वेइटरले उतातिर जानु बाजे भन्यो । बुढाले आफ्नो कालो ब्याग युवतीकै छेउमा राख्यो । बुढो रेस्टुरेन्टको दक्षिण तिरबाट बाथरुममा गयो । त्यही मौका छोपी परम्परा आफ्नु संस्कृति र नैतिकता बिर्सिएर आधुनिकता र फेसनको दौडान दौडिरहेकी सुन्दरी बुढालाई कुम्लाएर टाप कसी ।
बुढो बाथरुमबाट आयो । टेबुलमा आउँदा त, न तरुनी, न त ब्यागमा राखेको पैसा । बुढो हिस्स पर्यो । पुर्पुरामा हात राख्यो । आफैँलाई धिक्कार्यो । बुढासँग रेस्टुरेन्टमा खाएको पिएको तिर्ने पैसा पनि रहेन । बुढालाई तरुनीले नङ्ग्याई । रेस्टुरेन्ट काउन्टरमा गएर बुढाले बिलौना गर्यो । आधुनिकता र कलियुगले मानिसहरुलाई पैसा र यौनको भोकमा भौँतारिदिएको छ । साहुले बुढाको हातमा लगाएको घडी फुकाएर आफ्नु लिनुपर्ने रकम असुल गर्यो ।
मलाई बलात्कार गर
यौवनका प्यासीहरु हो
नरभक्षीको रुप लिएर आऊ
र मलाई बलात्कार गर
खोल मेरो टिसर्ट खोल
ब्राको हुक निकाल
र गाढ मेरा स्तनहरुमा
आफ्ना तिखा दारा
मेरो जामा खोल
र
पूरा गर आफ्नो कामवासना
नराख केही बाँकी नराख
टोक्न
चिर्थोर्न
चुम्न
एक एक अङ्गहरु टोक
एक एक अङ्गहरु चिथोर
एक एक अङ्गहरु चुम
म सहनेछु
दुखाइका हर प्रहारहरु
शान्त भएपछि
काम ज्वाला
निचोर मेरो घाँटी निचोर
र फ्याँकिदेऊ झाडीमा
तर
याद राख
मेरो बलात्कारसँगै
मेरो हत्यासँगै
अन्त्य हुनुपर्नेछ
यो बलात्कारको सिलसिला
यो हत्याको श्रृङ्खला
मन्जुर छ भने सर्त
आओ
यौनका भोका ब्वाँसाहरु हो
मलाई बलात्कार गर
म आफू बलात्कृत भएर
म आफू मरेर
बचाउन चाहन्छु
मेरा दिदिबहिनीहरु
मेरा भाउजुबुहारीहरु
मेरा भतिजीहरु
अशुभ घटना हुनु अघि देखिने यी ८ लक्षण के के हुन्? जानी राख्नुहोस्
ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ । अफ्ठेरो भनिएको शनि ग्रहको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ । शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ ।
थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः
१- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।
२- शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ ।
३- जूते-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो ।
४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् ।
५- यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ ।
६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस् ।
७- यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ ।
८- साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो ।
बिहे गर्नुभन्दा सिंगल रहनुमा तपाईको भलाई, यस्तो छ कारण
उक्त अध्ययनका अनुसार बैवाहिक जीवनको आनन्द हनिमुनसम्म मात्र सीमित रहन्छ । भर्खरै बैवाहिक जीवनमा बाँधिएका जोडीले पहिलेको तुलनामा अधिक खुसी लिनेदिेने कसम खाएका हुन्छन् तर एकअर्का प्रति स्मार्ट हुने कुरा आउँछ । त्यसबखत खुसी अथवा दुखीको उच्चस्तरमा पुग्छन्, जहाँ उनीहरु बिहे भन्दा अगाडी नै पुगिसकेका हुन्थे ।
अर्को तर्फ बिहे गरेका मानिसहरुको तुलनामा बिहे नगरेका मानिसहरुको साथीहरु बढी हुने गर्र्छन् । सामजिक सम्बन्धमा उनीहरु राम्रोसँग जोडिएका हुन्छन् । त्यसका साथै परिवार, मित्र, सहकर्मीलाई आवश्यकता परेको खण्डमा खर्च गर्न आनाकानी गर्दैनन् । हालसम्म यो धारणा छ कि बिहे नगरेका मानिसहरु स्वार्थी र जिम्मेवारी लिन डराउँछन् । शोधबाट पत्ता लाग्यो कि बिहे नगरेका मानिसहरु समाजमा सार्थक योगदान दिन्छन् र यी मानिसहरु यस्तो गतिविधिमा व्यस्त हुन्छन्, जसबाट धेरै मानिसहरुले फाइदा लिन सकुन् ।
बिहे नभएका मानिसहरुको बारेमा अर्को एउटा सत्य मानिसहरुकोबिच फैलिएको छ कि उनीहरु सकेसम्म अरुसँग सम्बन्ध गाँस्न प्रयासरत हुन्छन् । खासमा यो कुरा सिंगल महिला अर्थात् केटीका लागि पर्याय बन्न पुगेको छ । सायद तपाई विश्वास गर्नुहुन्न होला तर यथार्थमा धेरैको संख्यामा यस्ता मानिसहरु छन् जो आफ्नो इच्छामा एक्लै छन् । यस्तो मानिसहरुको संख्या बढ्दै छ ।
बिहे गर्ने निर्णय आफैसँग हुनु जरुरी छ, न कि यस विचार माथि एक्लै रहनु भन्दा बिहे गर्नु राम्रो । अब त यस कुरामा विज्ञानले पनि मानिसकेको छ तर आम मानिसको सोच बद्लिएला त ? साझा पोस्टको सहयोगमा
के तपाइलाई थाहा छ नङमा देखिएको ‘अर्ध चन्द्राकार’को अर्थ ?
यदि हामी आफ्नै शारीरिक अंगका बारेमा ध्यान दियौँ भने, कहिले त आफै अचम्ममा पर्छौ । जस्तै हाम्रो छालामा हुने छिद्र, हातमा बनेको बांगो–टिंगो रेखा, जसले अंगलाई पूर्णता दिएको हुन्छ । प्रत्येक व्यक्तिको नङ फरक–फरक हुन्छ । हात वा खुट्टा दुवै नङको आकार फरक हुन्छ, त्यस्तै एउटा चीज सबैमा हुन्छ, त्यो हो नङमा बनेको अर्ध चन्द्राकार ।
के तपाईले कहिल्यै नङमा बनेको सेतो अर्ध–चन्द्राकारको महत्वको बारेमा सोच्नुभएको छ ? यस आकारलाई अंग्रेजीमा ‘हाफ मुन’ भनिन्छ । खासमा यो अर्ध–चन्द्रकार निशान सेतो नहुने भन्ने गरिएको छ । यो नङले गर्दा सेता रंगको देखिएको हो । यस निशान नङको मुनितिर हुन्छ, तर यो ढाकिएकाले नङको कारण सेतो देखिने हुन्छ ।
नङको मुनि यो निशान सबैमा हुन्छ, तर, यस्तो निशान सबैमा देखिन्छ भन्ने चाहीँ हुँदैन । कहिले काही एकदम फिक्का देखिन्छ । यदि गल्तिले नङको यस भागमा चोट लागेमा पुरै नङको बलिदान दिनपर्ने हुन्छ र फेरि पलाउने संभावना रहँदैन । यस बाहेक नङमा देखिने ‘अर्ध–चन्द्राकार’ निशानको अर्को रोचक प्रसंग छ ।
यदि तपाईको बुढी औँलामा यो निशान देखियो भने अन्यमा कम देखिन्छ । त्यस्तै, यदि कुनै हातका औलाहरुमा पुरा निशान देखिएमा त्यो व्यक्ति स्वस्थ्य रहेको बुझिन्छ । तर, यदि कम देखिएमा त्यो व्यक्ति रोगी रहेको बुझिन्छ । यस्ता व्यक्ति शारीरिक रुपले कमजोर हुने र उसको पाचन शक्ति पनि कमजोर हुन्छ ।
यो निशान जति धेरै सेतो, चम्किलो देखिन्छ उति नै व्यक्ति पनि शारीरिक एवं मानसिक रुपले तन्दुरुस्त मानिन्छ । तर, हल्का मात्रै सेतो देखिएमा वा पहेलो देखिएमा व्यक्ति भित्र विषाक्त पदार्थ बढेको संकेत गर्छ ।
स्वस्थानी व्रतकथा, भाग – १९ (७ वर्षे गोमाको ७० वर्षका शिव शर्मासँग विवाह)
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! भिक्षुकको श्राप पाई अति मलीन मुख लगाएर गोमा खिन्न भई बसिरहेकी थिई । उता गङ्गास्नान, हरिहरको पूजा र सुवर्ण, अन्न, वस्त्रादि दान गर्न गएका मातापिता आई पुगेर रोइरहेकी छोरीलाई देखी ‘तँलाई के भयो ? किन रोएर बसिरहेकी ?’ भनी बाबामहतारीले सोधनी गर्दा गोमा भन्छिन् — ‘हे बाबाआमा ! तपाईहरू गङ्गास्नान गर्न गएका बेला म पूजाका निम्ति अक्षता केलाइरहेकी थिएँ, त्यसबेला एक भिक्षुक आई बलेंसीबाट अलख जगाए । तब मैले ‘अक्षता केलाउँदैछु, एक छिन पर्खनुहोस्’ भनी अक्षता केलाई सकेपछि भिक्षा लिई सिकुवामा आई ‘हे भिक्षुक ! भिक्षा लिनुहोस्’ भनें । ती भिक्षुकले मलाई ‘यति बेलासम्म पर्खाएर भिक्षा दिन आईस् ? म त्यो भिक्षा लिन्न, दिने भए तेरा बाबाले पूजा गर्ने तैंले केलाएका अक्षता भिक्षामा दे’ भने । मैले पनि ‘लिने भए, यही भिक्षा लेऊ, अक्षता त दिने होइन’ भन्दा ती भिक्षुकले रिसाएर भने — ‘हे पापिनी ! तैंले अहङ्कार गरी मलाई भिक्षा दिईनस्, तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासित तेरो बिहे होस्, तेरा बाबामहतारीले कष्टसाथ गणेशको सेवाबाट पाएको सारा सम्पत्ति नष्ट होस्, तँलाई नाना थरीका दुःख आई लागून्, अनि तेरा बाबाआमासित चाँडै तेरो वियोग होस्’ भनी यति चार थोक श्राप दिई जान्छु भनी डमरु बजाई अलप भए । यति भनेर गोमा बलिन्द्र आँसुका धारा बगाउँदै डाँको छोडी रुन लागिन् ।
हट एण्ड सेक्सी मोडल भनेर चिनिन चाहन्छु – मोडल सुस्मिता गुरुङ (फाेटाे फिचर सहित)
शरिरमा मौरी राखेर प्रदर्शन
लक्ष्मीप्रसाद सापकोटा÷रासस÷पर्वत
खाली पेट मै चिया पिउनुहुन्छ , यस्ता छन् यसका असर
असरहरु
१. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठूलो असर भनेकाे एसीडिटि हो । खालि पेटमा तातो चियाको सेवनले पेटमा एसिडिटी पैदा गर्छ र पाचक रसहरुलाई प्रभावित पार्ने गर्दछ ।
२.चिया यदी धेरै उमालिएको छ भने यसले त स्वास्थको लागि अझै धेरै नोक्सान हुन्छ । धेरै उमाल्दा क्याफिनको मात्रा धेरै हुने् हुनाले पेटमा यसले असर गर्ने गर्दछ ।
३. खाली पेट चिया पिउनाले तपाईको भोक प्रभावित हुन्छ वा भोक लाग्न नै बन्द हुन्छ । यस्तो भएमा तपाई जरुरी पोषणबाट बञ्चित हुनु हुनेछ ।
४. पेट वा श्वासनली पोल्ने, वान्ता हुने या जिउ चिलाउने समस्याको एक मुल कारण पनि खाली पेट चिया पिउनु नै हो । यी समस्याहरुबाट बच्नको लागि चिया पिउनुभन्दा पहिले केही खान जरुरी हुन्छ ।
५. पाचन प्रणाली कमजोर हुनुको एक सबैभन्दा ठूलो कारण हो खालि पेटमा तातो चिया पिउनु । खासमा यो एक दुई पटक होइन कि सधैं बिहान बिहान खालि पेटमा चिया पिउनाले हुन्छ ।
शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन? यस्तो छ कथाप्रसङ्ग -
विभिन्न हिन्दु धर्मग्रन्थका अनुसार त पार्वतीलाई शिवजीकी पत्नी भनिएकै छ। तापनि फरक फरक कथाका कारण कतिपयले गङ्गादेवी पनि शिवजीकै पत्नी हुनकी भन्ने गरेको सुनिन्छ। गङ्गा र शिवका बारेमा हिन्दु पुराण तथा ग्रन्थहरूमा केहि कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। वास्तवमा गङ्गादेवीको जन्म ब्रह्माको कमण्डलुबाट भएको विश्वास गरिन्छ।
स्कन्दपुराणका अनुसार, शिव भगवानले ‘हिमावन’की दुवै पुत्री- उमा (पार्वती) र गङ्गालाई आफ्नी पत्नी बनाएका थिए। त्यसैले नै गणेशलाई ‘गङ्गेय’ भनेर पनि चिनिन्छ।
त्यसैगरी ब्रह्मवैवर्तपुराणका अनुसार, भगवान विष्णुका तीनवटा पत्नी थिए भन्ने उल्लेख गरिएको छ- लक्ष्मी, गङ्गा र सरस्वती। तीनवटै पत्नीहरूले विष्णुलाई बराबर माया गर्थे र उनको माया पाउने इच्छा गर्थे। जसको कारण उनीहरूमा मनमुटाव उत्पन्न हुन पुग्यो। आफ्ना पत्नीहरूबीच झगडा नहोस् अनि विष्णुले आफ्नो अर्को दुईवटा रूप प्रकट गराए – ब्रह्मा अनि शिव। लक्ष्मीलाई आफुसँगै राखी, गङ्गालाई शिवसँग अनि सरस्वतीलाई ब्रह्मासँग पठाइदिए।
नेपाल हेडलाइनबाट
मल्लिकादेखि सन्नी लियोनसम्मः बलिउडमा आउनुपूर्व विवाह गर्ने १० नायिका -
समय बदलिसकेको छ । कुनै बेला महिलाहरुको राम्रो परिवारमा विवाह गरेर खुसीसँग घरगृहस्थी सम्हाल्ने सपना हुन्थ्यो भने आजकालका महिलाहरु भने आफ्नो करियरमा सजग हुन थालेका छन् । भविष्य सुनिश्चित हुने भएपछि मात्र विवाह र बच्चाको सोच बनाउँछन् । तर यसको ठिक विपरित बलिउडमा यस्ता नायिका छन् जसले आफ्नो करियर स्थापित हुनुभन्दा पहिले नै विवाह गरेका थिए ।
१. मल्लिका शेरावतः
पूर्व पतीको नामः करण सिंह गिल
विवाह भएको वर्षः सन् २०००
बलिउड फिल्मः जिना सिर्फ मेरे लिए, सन् २००२
मल्लिका सधैं आफूलाई अविवाहित बताउने गर्छिन् तर मिडियामा आएको रिपोर्टका अनुसार उनको विवाह सन् २००० मा पाइलट करण सिंह गिलसँग भएको थियो । यो विवाह करिब एक वर्षसम्म चल्यो । त्यसपछि उनी मुम्बई आइन् र फिल्मी क्षेत्रमा कदम बढाइन् ।
सन्नी लियोनः
श्रीमानका् नामः ड्यानियल बिबर
विवाह भएको वर्षः सन् २०११
बलिउड फिल्मः जिस्म टु (सन् २०१२)
पोर्न स्टारबाट नायिका बनेकी सन्नी लियोन सन् २०११ मा ‘बिग बस’ मा इन्ट्री भएकी थिइन् । त्यसै वर्ष उनी विवाह बन्धनमा बाँधिइन् । उनको पहिलो बलिउड फिल्म सन् २०१२ मा रिलिज भयो ।
अदिती राव हैदरी
पूर्व श्रीमान्ः सत्यदीप मिश्रा
कहिले भयो विवाहः सन् २००५
बलिउड डेब्यूः दिल्ली ६ (सन् २००८)
२१ वर्षको उमेरमा अदितिले सत्यदीसँग विवाह गरेकी थिइन् । उनीहरुको चाँडै नै सम्बन्धविच्छेद भयो ।
माही गिलः
बलिउड डेब्यूः खोया खोया चान्द (सन् २००७)
बलिउडमा कदम राख्नुपूर्व माहीले प्रेम विवाह गरिसकेकी थिइन् । उनको श्रीमान् बारे धेरै जानकारी छैन । उनीहरुको विवाह चन्दिगढमा भएको थियो तर केही समयपछि उनीहरु दुबैले अलग बाटो रोजे । त्यसपछि माहीले मुम्बईमा आएर बलिउडमा प्रवेश गरिन् ।
विद्या मालवडे
पूर्व श्रीमान्ः अरबिन्द सिंह बग्गा
कहिले भयो विवाहः सन् १९९७
बलिउड फिल्मः इन्तेहा (सन् २००३)
सन् १९९७ मा विद्याले पाइलट अरविन्द सिंह बग्गासँग विवाह गरिन् । प्लेन क्र्याशका कारण सन् २००० मा उनको श्रीमानको निधन भयो । विद्याले दोस्रो विवाह संजय डायमसँग सन् २००९ मा गरेकी थिइन् ।
चित्रांगदा सिंह
पूर्व श्रीमान्ः ज्योति रंधावा
कहिले भयो विवाहः सन् २००१
बलिउड फिल्मः हजारौं ख्वाहिशें एसी (सन् २००३)
चित्रांगदाले गोल्फर श्रीमान् ज्योति रंधावासँग सन् २०१४ मा सम्बन्धविच्छेद गरिन् । उनका एक छोरा छन् ।
डिंपल कपाडिया
श्रीमानको नामः राजेश खन्ना
कहिले भयो विवाहः सन् १९७३ मार्च
बलिउड फिल्मः बबी (सेप्टेम्बर सन् १९७३)
विवाहको ६ महिना पछि डिंपलको डेब्यू फिल्म ‘बबी’ रिलिज भएको थियो ।
राखी गुल्जार
पहिलो श्रीमान्ः अजय विश्वास
बलिउड फिल्मः जीवन मृत्यु (सन् १९७०)
निकै कम उमेरमा राखीको बंगाली फिल्म निर्देशक अजर विश्वाससँग भएको थियो । यो सम्बन्ध चाँडै नै टुट्यो । उनको दोस्रो विवाह चर्चित लेखक गुलजारसँग भयो । दुबैको छोरीको नाम मेघना गुलजार हो ।
मौसमी च्याटर्जी
श्रीमानको नामः जयन्त मुखर्जी
बलिउड फिल्मः अनुराग (सन् १९७२)
बलिउडमा आउनुभन्दा पहिले नै मौसमीको विवाह भइसकेको थियो । उनले चर्चित गायक हेमन्त कुमारका छोरा जयन्त मुखर्जीसँग विवाह गरेकी थिइन् ।
जेबा बख्तियार
पहिलो श्रीमान्ः जावेद जाफरी
बलिउड फिल्मः हिना (सन् १९९१)
पाकिस्तानी नायिका जेबाले चारवटा विवाह गरिन् । जावेद जाफरीसँग उनको सम्बन्ध एक वर्ष मात्र टिक्यो । त्यसपछि उनले सलमान वालिनीसँग विवाह गरिन् । वालिनीसँगको सम्बन्धले पनि धेरै रंग ल्याउन सकेन । त्यसपछि उनले अदनान शामीसँग विवाह गरिन् तर ४ वर्षमा उनीहरुको पनि सम्बन्धविच्छेद भयो । अहिले उनका श्रीमान् सोहेल खान लेघारी हुन् ।
सुचित्रा सेन
श्रीमान्ः दिबानाथ सेन
कहिले भयो विवाहः सन् १९४७
बलिउड फिल्मः देवदास (सन् १९५५)
विवाहको केही वर्षपछि सुचित्राले बंगाली फिल्ममा काम गरिन् । उनको डेब्यू फिल्म सन् १९५५ मा आएको थियो ।
नायिका लिम्बुलाई मोडलिङमा भ्याई नभ्याई
बेलायतलाई कर्मथलो बनाउदै आएकी नायिका रोमियन आगामी साता एक नेपाली चलचित्रमा अनुबन्ध भएका कारण नेपाल आउँदै छन् । माघ १७ गते सोमबार वेलायतको विभिन्न स्थानमा जिन्दगीको प्राप्ति तिमि…….बोलको म्युजिक भिडियो छायाँकन गरियो ।
हिमाल सागरको स्वर रहेको उक्त गीतका संगीतकार अर्जुन पोख्रेल हुन भने म्युजिक भिडियोका निर्देशन राजदिप राईले गरेका हुन् । भिडियोमा नायिका लिम्बुका साथमा मोडल दिपक मगर पनि देखिने छन् ।
बेलायतमा हुने अधिकाँश साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो खरो उपस्थिति जनाउदै आईरहेकी नायिका लिम्बु पहिले देखि नै आफ्नो भाषा एवं संस्कृती झल्कने भिडियोहरुमा काम गर्दै आईरहेकी छन् ।
उनले दुई वटा म्युजिक भिडियो निर्माण गरिसकेकी छन् जुन म्युजिक भिडियो १४ फेबुअरी भ्यालेन्ट टाइमका दिन उपहार स्वरुप सार्वजनिक गरिने बताईएको छ ।
वीरगञ्ज किन पुगे प्रधानसेनापति क्षत्री ?
काठमाडौं, १८ माघ । मध्य पृतना हेडक्वार्टर तथा त्यस अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणमा जानु भएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार पर्सा जिल्लाको बिरगञ्जस्थित बरख गण तथा रामेछाप जिल्लास्थित नन्दाबक्स गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।
निरीक्षण कै क्रममा उहाँले बरख गण तथा नन्दाबक्स गणका सकलदर्जालाई सम्बोधन समेत गर्नुभएको थियो ।
निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पूर्व युवराज्ञी हिमानीले छोरी पूर्णिकालाई दिलाइन नागरिकता
काठमाडौं, १७ माघ । पूर्व युवराज्ञी हिमानी शाहले आफ्नी जेठी छोरी पूर्णिका शाहलाई नागरिकता दिलाइ दिएकी छिन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार छोरी पूर्णिकालाई लिएर आफै पुगेकी हिमानीले १६ वर्ष पुगेकी छोरीलाई नागरिकता दिलाइ दिएकी हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हिमानीले छोरीको नागरिकताका लागि सामान्य नागरिकले सरह निवेदन दिएकी थिइन् ।
नेपालीको कानून व्यवस्थाअनुसार १६ वर्ष पुग्ने नागरिकले चाहेमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउँछ ।
उद्धार बेवास्ता’ले पर्यटकको मृत्यु
काठमाडौं – सगरमाथा आधारशिविर जाने क्रममा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनीयाँ पर्यटक ५१ बर्षीय जाइन वेनको उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाई गरेका कारण मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
सगरमाथा आधारशिविर पदयात्रा मार्गमा पर्ने ५,७०० मिटर उचाइको गोरक्षेप क्षेत्रमा लेक लागेर बिरामी परेपछि नेपाली सहयोगी प्रताप तामाङले मगाएको हेलिकोप्टर पुग्न ढिला भएकाले उनको मृत्यु भएको खुलेको छ ।
शनिबार दिउँसो एक बजे इजी हेली सर्भिसनामक संस्थालाई वेनको उद्धारको लागि हेलिकोप्टर पठाइदिन लुक्लाका थुक्तेन शेर्पा मार्फत अनुरोध गरेपनि कम्पनीले साढे तीन घण्टा ढिलो गरी काठमाडौंबाट हेलिकोप्टर पठाएको थियो ।
शनिबार ४ ३० बजे मात्र काठमाडौंकाट हेलिकोप्टर सगरमाथा आधारशिविरतर्फ गएको तामाङले बताए । तत्काल पठाइदिन भने पनि हेलिकोप्टर व्यस्त भएको भन्दै कम्पनीले ढिलाइ गरेको जानकारी उनले दिए । हेली एभरेस्टसँग मात्र कारोबार गर्ने भएका कारण उद्धार कम्पनीले अन्य हेलिकोप्टर नपठाएको स्रोतले उल्लेख गरेको छ ।
साढे चार बजेमात्र काठमाडौंबाट उडेको हेलिकोप्टर समय अभावका कारण गोरक्षेपसम्म जान नसक्दा लुक्लामै बास बसेको थियो । भोलिपल्ट बिहान लुक्लाबाट उक्त हेलिकोप्टर गोरक्षेपतर्फ गएको हेली एभरेस्टका पाइलट निश्चल केसीले बताए । उद्धारमा प्रयोग भएको हेली एभरेस्टका पाइलट केसीले अन्नपूर्णसँग भने, ‘मलाई चार बजे खबर आयो । म उद्धारमा गएँ तर समय अभावले गोरक्षेप पुग्न नसकी लुक्ला बसेर बिहानै उद्धार गरेको थिएँ ।’
उद्धारपछि लुक्ला ल्याएर उपचारका लागि पासाङ ल्हामु अस्पतालमा भर्ना गरे पनि आइतबार बिहान ७ः३० बजे ती पर्यटकको मृत्यु भएको जानकारी लुक्ला प्रहरीले दिएको छ । आधारशिविरतर्फ हिँडेका चार चिनियाँ टोलीका तीनजना सकुशल फर्केका छन् ।
आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ १९ गते बुधबार,तदानुसार इश्वी सन् २०१७ फेब्रुबरी १ तारिख – वसन्तपञ्चमी, वसन्तश्रबण, श्रीपञ्चमी, सरस्वती पूजा, रतिकामपूजा, हलोसारोगर्ने -
आज श्री शाके १९३८. बि. स. २०७३ साल माघ १९ गते बुधबार इश्वी सन २०१७ फेब्रुबरी १ तारीख, वसन्तपञ्चमी, वसन्तश्रबण, श्रीपञ्चमी, सरस्वती पूजा, रतिकामपूजा, हलोसारोगर्ने, माघ शुक्ल पक्ष पञ्चमी तिथी २६:०९ बजे सम्म चन्द्रमा मिन राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकमबाट
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्ने सम्भाबना रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला
।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । समय मध्यम रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । चिसो सम्बन्धी समस्या सताउला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा सुधार आउनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । समय मध्यम रहला
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोरञ्जन तथा भोगबिलासको क्षेत्रमा मन जानेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द, स
बिद्या प्राप्तिको समय रहेको छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । कार्य क्षेत्रमा साधारण अप्जस सहनु पर्ला । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।
मिन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समय राम्रो रहेको छ । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।
कलेजो सुन्निने समस्याको समाधान यसरी घरमै बसी बसी गर्नुहोस् (उपचार विधिसहित) -
उपचार विधि विधि
एउटा सानो गिलासमा गाजरको रस र पालकको रस झण्डै एक चियाको घुट्कोजति मिलाएर त्यसमा एकदम कम नुन र मरिच मिसाएर पिउनुहोस् । यस्तो जुसलाई बिहान र बेलुका हप्तामा तीन दिन, दिनमा दुईपटक सेवन गर्नुपर्छ । यसैगरी हप्तामा बाँकी चार दिन गाजर र काँक्रोको रस मिलाएर पिउनुहोस् । यसलाई पनि दिनमा दुईपटक सूर्यास्तभन्दा अगाडि नै पिउनुहोस् । यसले कलेजो सुन्निने लगायतका समस्याबाट सजिलै मुक्ति मिल्दछ ।
चीनलाई टक्कर दिन नेपालमा यिनलाई पठाउँदैछ भारतले ?
काठमाडौं, १८ माघ । एक महिना अघि मात्रै चीनले नेपालका लागि चिनियाँ राजदूतमा महिला पठायो । दक्षिण एसियाबारे जानकार ५१ वर्षीय वरिष्ठ कुटनीतिज्ञ यो होङ चीनबाट नेपालका लागि पहिलो महिला राजदूत बनिन् ।
चीनले महिला राजदूत पठाउनुको कारणमध्ये एउटा थियो अमेरिका । दक्षिण एसियामा नेपालबाटै प्रभाव राख्ने अमेरिकाले नेपालका लागि महिला राजदूत अनाइना बी टेप्लिजलाई पठायो । अमेरिकाबाट महिला राजदूत नेपालमा आएपछि चीनले पनि ‘सन्तुलन’ मिलाउन महिला राजदूत पठाएको जानकारहरु बताउँछन् ।
अब कुरा गरौं भारतको । चीन र अमेरिकापछि सम्भवतः भारतले पनि महिला राजदूत नेपाल पठाउन लागेको छ । भारतले महिला राजदूत पठाउने कारण भनेको चीनलाई ‘सन्तुलन’मा ल्याउन हो भन्छन् परराष्ट्रविद्हरु । ‘उसै त भारत पछिल्लो समय नेपालमा बढ्दो चिनियाँ प्रभावले चिन्तित छ’, एक कुटनीतिज्ञले भने- ‘चिनियाँ प्रभाव रोक्न र नेपालसँग सम्बन्ध सुधार्न भारतले राजदूतमा महिला रोज्नसक्छ ।’
अबको एक महिनापछि नेपालका लागि भारतीय राजदूत रञ्जीत रेको कार्यकाल सकिँदैछ । उनको ठाउँमा को आउने भन्ने चर्चा भइरहेका बेला महिला राजदूत पठाउने तयारी भारतबाट भएको बताइन्छ ।
उसो त राजदूतमा टीएस तिरूमूर्ति र पूर्वजनरल दलवीर सिंहको नाम चर्चामा छ । तर, भारतीय विदेश मन्त्रालयका अधिकारीहरु भने अब चीन र अमेरिकाले जस्तै भारतले पनि नेपालमा महिला राजदूतलाई पठाउने सम्भावना देख्छन् ।
नेपालको राजदूत बन्ने प्रबल सम्भावना बोकेकी कुटनीतिज्ञ हुन् प्रिति सिंह । सुत्रहरुका अनुसार डिप्लोम्याटिक करिअरका कारण उनले नेपालको जिम्मेवारी सम्हाल्ने सम्भावना बढी देखिन्छ ।
अंग्रेजीमा स्नातकोत्तर गरेकी प्रिति शरण हाल भारतीय विदेश मन्त्रालयमा इस्ट डेस्क हेर्ने सचिव हुन् । उनी भियतनामकी पूर्वराजदूत हुन् । वर्तमान राजदूत रञ्जीत रे पनि भियतनाममा पूर्वराजदूत थिए ।
प्रिति शरणको सिंगै परिवार कूटनीतिक क्षेत्रमा कार्यरत छ । उनका पति पंकज शरण हाल रुसका लागि भारतीय राजदूत छन् । उनीहरुका दुई छोरा छन् । प्रितिले सन् १९८२ देखि भारतको परराष्ट्र सेवामा काम गर्न थालेकी हुन् यसवीचमा उनले सन् २००५ देखि २००८ सम्म सार्क एवं नर्थ डेस्क हेरेको अनुभव छ र यही कारणले उनी नेपालको राजदूतमा छानिन सक्ने प्रवल सम्भावना रहेको स्रोत बताउँछ ।
भारतीय विदेश मन्त्रालयको करिअरमा राम्रो प्रभाव भएकाले प्रिति शरण पूर्वराजदूत जयन्तप्रसाद, श्याम शरण आदिको रोजाइमा परेको बताइन्छ । विदेश सचिव जयशंकरले पनि उनैलाई समर्थन गर्ने धेरैको अनुमान छ ।
आवश्यक परे मात्र निर्वाचनपछि संविधान संशोधन : नेता झलनाथ खनाल -
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सँग देश विकास गर्ने कुनै नयाँ भिजन नभएको बताउँदै उनले सरकारले खुट्टा कमाएकाले अझै पनि निर्वाचनको मिति घोषणा गर्न नसकेको बताए ।
“अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ”, उनले भने, “निर्वाचनपछि एमाले देशकै ठूलो पार्टी हुने र मुलुकलाई सफल तरिकाले हाक्नेछ ।”
सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे निर्वाचनको मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै निर्वाचन नहुँदा मुलुकमा बेथिती बढेको उनले उल्लेख गरे ।
अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उनले संविधान संशोधनको प्रस्ताव विदेशीको दबाबमा संसद्मा दर्ता भए पनि कुनैपनि हालतमा पास हुन नदिने विचार व्यक्त गरे ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गर्ने ८६ घरका १७५ जनाभन्दा बढीलाई उनले आफ्नो पार्टीमा स्वागत गरे ।
Zoom Np
दीपाश्रीलाई छक्का पञ्जाको उपहार, ४० लाखको कार
‘यो कार छक्का पञ्जाको टिमको उपहार हो ?’ भन्ने हाम्रो प्रश्नमा दीपाले भनिन्, ‘सबैले माया गरेर यो कार किनिदिनु भएको हो । मलाई यो रंगको कार फाप्छ भनेर नि भन्नु भएको छ ।’ दीपाले किनेको यो कारको मूल्य झण्डै ४० लाख पर्छ ।
मैलै गाडी र घर किन्छु भन्ने सोचेकै थिइन
दीपाले यो गाडीसम्म आइपुग्दा धेरै संघर्ष गरेकी छन् । दुई दशकभन्दा बढी कलाकारिता क्षेत्रमा बिताएपछि नै दीपाले यो ४० लाखको कार चढ्ने सौभाग्य पाएकी हुन् । ‘यो गाडीसम्म आइपुग्दा कति जोर जुत्ता फाटाउनु भयो दिदी ?’ भनेर हामीले सोध्दा उनले हाँस्दै भनिन्, ‘जुत्ता त कति फाट्यो कति । यो गाडीमा पनि अट्दैन ।
संघर्ष गरेपछि नै मीठो फल पाएको हो । संघर्ष नगरेर पाएको फल पनि मीठो हुँदैन फेरि । संघर्ष भएर पाएको कुराको कुनै पनि मुल्य हुँदैन । निकै अमूल्य हुन्छ ।’ दीपाले आफ्नै कमाईले मध्यबानेश्वरमा एउटा घर पनि किनिसकेकी छन् ।
Ujyaalo Online
घुस लिंदालिंदै यातायात व्यवस्था कार्यालयका कर्मचारी पक्राउ -
माघ १८ ।
यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल भूपेन्द्र कटुवाललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
कार्यालयसँगैको एक होटलबाट सेवाग्राहीबाट ४० हजार नगद घूस लिँदालिँदै मंगलबार बिहान अख्तियारको टोलीले कटुवाललाई रंगेहात पक्रेको हो ।
चार जनाको लाइसेन्स बनाइदिने भन्दै रकम लिन उक्त होटलमा बोलाएको घूस दिनेले बताएका छन् ।
घूस दिन राजिभएर उनीहरुले अख्तियारलाई सम्पर्क कार्यालय इटहरीमा खबर गरेपछि पक्रन अख्तियारले टोली खटाएको सिम्पर्क कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
Image Khabar
बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्दै विभाग
यी हुन् नेपालका उत्कृष्ट १० होटल
साइटका अनुसार यसपटक काठमाडौंको द्वारिकाज होटल पहिलो नम्बरमा परेको छ। त्यस्तै काठमाडौंकै होटल टिबेट इन्टरनेसनल दोस्रो, होटल साम्बला तेस्रो नम्बरमा परेका छन्। पोखरामा सञ्चालित अतिथि रिसोर्ट एन्ड स्पा चौथो र पोखरा ग्रान्ड पाँचौ नम्बरमा परेका छन्।
त्यस्तै काठमाडौंकै पार्क भिलेज रिसोर्ट छैठौं र हायात रिजेन्सी सातौं नम्बरमा परेका छन्। नगरकोटको क्लब हिमालयन रिसोर्ट आठ नम्बरमा परेको छ। काठमाडौंकै होटल शंकर नवौं र सोल्टी क्राउन प्लाजा दसौं नम्बरमा परेका छन्। पोहोर पोखरा र काठमाडौं बाहेक चितवनका होटल समेत उत्कृष्ट १० को सूचीमा परेका थिए। यसपटक चितवनका कुनै पनि होटल उत्कृष्ट १० भित्र परेका छैनन्।
उत्कृष्ट १० भित्र परेको पोखराको अतिथि रिसोर्ट एन्ड स्पाका म्यानेजर किरण तुलाधर टि्रप एडभाइजरको यो सूचीले होटलको व्यापार बढाउन समेत सघाउने बताउँछन्। ‘टि्रप एडभाइजरको यो सूचीलाई विदेशी पर्यटकले निकै नै विश्वास गर्छन्। यही सूचीको आधारमा विदेशीले होटलमा अनलाइन बुकिङ गर्छन्,’ उनले भने, ‘उत्कृष्ट १० भित्र पर्नु भनेको होटलको सेवा सुविधा उत्कृष्ट रहेको पुष्टि गर्छ।’
होटलको सेवा, सुविधा र पूर्वाधारको आधारमा यसलाई ‘रेटिङ’ गरिने भएकाले निकै विश्वसनीय रहने उनले बताए। ‘सेवा सुविधा उपयुक्त नभए टि्रप एडभाइजरको सूचीमा पर्न सकिन्न। त्यही भएर हामीले बढी मेहनत गर्नुपर्छ। टि्रप एडभाइजरको उत्कृष्ट १० मा पर्नु, वर्षभरिको मेहनतको परिणाम हो,’ तुलाधरले भने, ‘त्यही भएर सेवा सुविधा चुस्त र दुरुस्त राख्नुपर्छ।’
भूकम्प र नाकाबन्दीपछि खस्किएको पर्यटन व्यवसायमा यस्तो सूचीभित्र पर्ने कुनै पनि होटलको व्यापार बढाउन सघाउने उनले बताए। ‘यही सूची हेरेर अधिक विदेशी पाहुनाले अनलाइन बुकिङ गर्छन्,’ उनले भने। ५० कोठा रहेको अतिथि विगत पाँच वर्षदेखि चलिरहेको छ।
उत्कृष्ट १० भित्र परेको अर्काे पोखरा ग्रान्डका सिनियर सेल्स म्यानेजर कमल शेरचनले टि्रप एडभाइजरको यो सूचीले होटलको व्यापार प्रवर्द्धन हुने बताउँछन्। ‘होटलमा बसेका पाहुनाको कमेन्टमा यो सूची प्रकाशित हुन्छ। पाहुनाले कस्तो खालको कमेन्ट गर्छन्, त्यही आधारमा बर्सेनि उत्कृष्ट छानिने हो,’ उनले भने, ‘होटलको स्तर यही सूचीबाट थाहा हुन्छ। पाहुनाले जस्तोसुकै पनि कमेन्ट गर्न सक्छन्, त्यसैलाई आधारित मानिएको हुन्छ।’
उनका अनुसार होटलमा बसेका पाहुनाले टि्रप एडभाइजरको साइटमा सेवा र सुविधाका आधारमा सकारात्मक वा नकारात्मक कुुनै पनि खालको प्रतिक्रिया दिन सक्छन। ‘पाहुनाले नकारात्मक कमेन्ट गर्नासाथ नम्बर कटौती हुन्छ,’ उनले भने, ‘सबैको सकारात्मक प्रतिक्रिया पाएमा उत्कृष्ट हुन सकिन्छ।’ संख्यात्मक रुपमा केही पाहुनाको कमेन्टलाई आधार मानेर टि्रप एडभाइजरले उत्कृष्ट १० भित्रका होटल छान्ने गर्छ। पोखरा ग्रान्ड १ सय ४० कोठा क्षमताको पाँचतारे होटल हो।
यो सूचीमा पर्दा पोखरामा पनि उत्कृष्ट होटल रहेछन् भन्ने सकारात्मक सन्देश विश्वभरका पाहुनासमक्ष पुग्ने शेरचनले बताए। ‘त्यही भएर हामीलाई होटलका सेवा सुविधा चुस्त र दुरुस्त राख्न चुनौती हुन्छ। कतैबाट पनि नकारात्मक प्रतिक्रिया नआओस भन्ने चाहना हुन्छ,’ उनले भने, ‘त्यसका लागि निकै मेहनत गर्नुपर्छ।’
टि्रप एडभाइजरले उत्कृष्ट १० भित्र परेका होटललाई इमेलमार्फत सूचीमा परेको जानकारी समेत दिलाउँछ। साइटले केही दिनअघि मात्र यहाँका होटल उत्कृष्टमा पारेको जानकारी दिएको थियो। साइटले उत्कृष्टको सूची निकाल्दै होटलमा पाइने सेवा सुविधा र आतिथ्यता तथा पूर्वाधार र सरसफाइबारे जानकारी दिन्छ। अनलाइनमै होटलमा बसेका पाहुनाको प्रतिक्रिया उल्लेख गरिदिन्छ।
पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष सोमबहादुर थापाले विदेशी पर्यटकले टि्रप एडभाइजरलाई बढी विश्वास गर्ने भएकाले त्यसले होटलको व्यापारमा सघाउने बताउँछन्। टि्रप एडभाइजरको सूचीमा पर्दा पोखराका होटलले अन्तर्राष्ट्रियस्तरमा पहिचान कमाउने उनले बताए। ‘सूचीले पोखरामा होटलको गुणस्तर झल्काउँछ। समग्र पोखराका होटलले अन्तर्राष्ट्रियस्तरमा पहिचान कमाउँछन्,’ उनले भने, ‘नेपालका उत्कृष्ट होटलको पहिचान कमाउनु आफैमा पनि राम्रो हो।’
पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया पनि होटलको सेवा र सुविधाबारे पाहुनाको प्रतिक्रियामा आधारित हुने भएकाले टि्रप एडभाइजरको सूची बढी विश्वसनीय हुने बताउँछन्। ‘पाहुनाले पाएको सुविधाको आधारमा कमेन्ट गर्छन्। एउटै मान्छेले धेरैपटक कमेन्टसमेत गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले अरुभन्दा बढी विश्वसनीय छ।’ समूहमा भन्दा व्यक्तिगत रुपमा हिड्ने (एफआइटी) पाहुनाले यो सूचीलाई बढी विश्वास गर्ने उनले बताए। ‘यसले होटलको त व्यापार बढाउँछ। गन्तव्य प्रवर्द्धन गर्न पनि सघाउँछ,’ उनले भने, ‘उत्कृष्ट दुईवटा होटल रहेको ठाउँमा अरु होटल पनि उत्कृष्ट हुन सक्छन् भन्ने सन्देश फैलाउन सघाउँछ।’
उत्कृष्टको सूचीमा परेका होटल
१. द्वारिकाज होटल, काठमाडौं
२. होटल टिबेट इन्टरनेसनल, काठमाडौं
३. होटल साम्बला, काठमाडौं
४. अतिथि रिसोर्ट एन्ड स्पा, पोखरा
५. पोखरा ग्रान्ड, पोखरा
६. पार्क भिलेज होटल एन्ड रिसोर्ट, काठमाडौं
७. हायात रिजेन्सी, काठमाडौं
८. क्लब हिमालयन रिसोर्ट, नगरकोट
९. होटल शंकर, काठमाडौं
१०. सोल्टी क्राउन प्लाजा, काठमाडौं
Nagarik News
५४ वर्षदेखि भारतमै फसेका चीनियाँ सैनिकको फिल्मी कहानी जस्तो जीवनी -
मेरो नाम वांग छी हो, उमेर ७७ वर्ष । म चीनको शियानयांग शहरमा जन्मिएको थिएँ तर ५४ वर्षदेखि भारतमा नै छु, अब भन्नुहोस् म कहाँको हुँ ? म मर्नुभन्दा पहिले एक पटकका लागि मात्र भएपनि चीन जान चाहन्छु । चीन फर्कन मैले प्रधानमन्त्रीलाई चिठ्ठी लेखिनँ कि अड्डा अदालत धाइनँ, केही गरेपनि काम लागेन ।
मेरो कथा कुनै उपन्यास वा फिल्मभन्दा केही कम छैन । जतिजति मेरो उमेर बढिरहेको छ, त्यति मलाई चीनमा बितेको आफ्नो बालापन याद आइरहेको छ तर त्यो पनि निकै धमिलो ।
चीनमा बाल्यकाल, भारतमा जवानीः
म एक गरिब परिवारमा जन्मिएँ । मेरा बुवा किसान थिए । हाम्रो परिवार आजकालको चीनियाँ परिवारजस्तो सानो थिएनँ । हामी पाँच दाजुभाइ थियौं र हाम्रा दुई बहिनी थिएँ । म माहिलो छोरो थिएँ । अब त म चीनमा बिताएको दिन बिर्सन थालेको छु । यो बाइक चढेको तस्बिर सन् १९५९ को हो तब म शांसी प्रान्तीय सरकारको खेलकूद विभागमा काम गर्दथें । मसँगै एक स्थानीय कर्मचारीकी छोरी हुन् जसको नाम अब मलाई याद छैन । यति नै बेला मैले गाडी चलाउन पनि सिकें ।
मैले निकै मेहनतले प्राविधिक तालिम गरें र सन् १९६० मा चीनियाँ सेनामा भर्ती भएँ । सेनाको पोशाक लगाएर म निकै खुसी भएको थिएँ र यो तस्बिर जुन तपाईंले देखिरहनुभएको छ त्यो त्यतिबेला नै खिचिएको हो । जब म सेनामा भर्ना भएँ त्यतिबेला नै मेरो बुवाको मृत्यु भयो तर परिवारले यो कुरा मसँग लुकाए ता कि मलाई पीडा नहोस् । परिवारबाट टाढा बस्न मलाई निकै नराम्रो लाग्थ्यो तर मलाई के थाहा म सधैंको लागि परिवारबाट टाढा रहनेछु ।
यो कुरा सन् १९६३ को हो, मेरो भाग्य अचानक सधैंको लागि परिवर्तन भयो । मैले बाटो बिराएँ, पहाडको जंगलको बाटो हिँड्दै म भारतको तवांग इलाकामा पुगें जो अरुणाचल प्रदेशमा छ । त्यहाँ मैले भारतीय रेड क्रसको जीप भेटें जसले मलाई भारतीय सेनामा पुर्याइदिए । भारतीय अधिकारीहरुका अनुसार म गलत ढङ्गले भारतमा छिरेको हुँ ।
जेल र नयाँ जिन्दगीः
म सेनामा भर्ना भएको दुई वर्षभित्र अक्टोबर सन् १९६२ मा भारत र चीनबिच लडाईं सुरु भयो । म सीमामा तैनाथ थिएँ पक्राउ परेपछि मलाई युद्धबन्दी बनाइयो । पहिला दिसपुर आर्मी क्याम्प र पछि दिल्ली पठाइयो । म तीन वर्षसम्म मेरठ र अजमेरको जेलमा बस्दै सोचिरहे अब मेरो भविष्य के होला ? त्यसपछि मलाई पंजाबको नाभा जेलमा पठाइयो, त्यतिबेला मलाई थाहा थिएन कि अब यहि देशमा मेरो वर्तमान र भविष्य दुबै छ । जिन्दगीमा के गर्ने भनेर म सोच्ने गर्दथें । यता बस्दा कुटाकुट, त्यता जाँदा के हुन्छ थाहा तैन । यस्तो समस्या मैले कहिले सम्म सहूँ ?’
विदेशी जमिन, भिन्न भाषा र दुश्मनको देशको सैनिक भएका कारण जति समस्या हुनु थियो त्यो सबै मैले सहें । चन्दीगढ हाई कोर्टमा मेरो मुद्दा चल्यो र मलाई रिहा गरियो । सन् १९६९ मा मलाई छोडियो । मलाई चीन किन पठाइएन मैले त्यो कुरा बुझिनँ । मैले आफ्नो परिवारलाई याद नगरेको कुनै दिन छैन । अब मेरो घर यहि हो, मैले बिस्तारै थोरै हिन्दी पनि सिकें । यत्तिका वर्ष बित्यो तब चीन जानका लागि आवश्यक ‘एक्जिट भिसा’ को प्रतिक्षा रोकिएको छैन । मैले चपस्टिक किनेको छु । मलाई चीनियाँ खानको एकदम याद आउँछ तर यहाँ कसरी पाउने ? आजसम्म मैले हातले भात र दाल खान सकेको छैन ।
त्यतिबेला तिरोडीको कम्पनी रोडमा मारवाडी सेठ इन्दरचन्द जैनको गहुँ पिस्ने पसल थियो । पुलिसले मलाई त्यहाँ सुम्पिए । त्यहाँका सेठले नै मलाई राजबहादुर नाम दिए । मैले एक हप्तामा नै काम सिकें र त्यहाँको झुपडीमा बस्न थालें । म निकै मेहनत र इमान्दारीले काम गर्ने गर्दथें । ५० किलोमिटर साइकल चलाएर बालाघाटसम्म जान्थें । मैले गाई पनि पालें र दुध बेचेर आफ्नो गुजारा गरें । मेरो धेरै खर्च थिएनँ, पैसा बचाएर मैले आफ्नो पसल खोलें । थुप्रै पटक मेरो पुलिससँग झगडा पनि भयो । उनीहरुले मलाई निर्घात कुटे तर म घुस दिन तयार थिइनँ ।
परिवार यो पनि हो र परिवार त्यो पनि
म आमालाई लगातार चिठ्ठी लेख्थें तर त्यो फिर्ता आउँथ्यो, आमासम्म पुग्दैनथ्यो । मेरो यादमा आमा कति रुनुहुन्छ होला भन्ने म सोच्ने गर्दथें र म पनि रुन्थें । थुप्रै वर्षपछि एयरमेलबाट पठाइएको एउटा चिठ्ठी आमासम्म पुग्यो, त्यसको जवाफ पनि आयो । त्यसमा लेखिएको थियो, ‘म जिउँदो छु भन्ने खबर सुनेर आमाको आधा रोग निको भएको छ ।’ मेरो अनुरोधमा अर्को पटक आमाको तस्बिर पनि आयो । आमासँग सन् २००२ मा मोबाइलमा कुराकानी पनि भयो । मर्नुभन्दा पहिले एक पटक मलाई हेर्ने रहर छ भन्नुहुन्थ्यो तर मैले आमाको त्यो रहर पूरा गर्न सकिनँ । मेरो तस्बिर हेर्दा हेर्दै सन् २००६ मा आमाले सधैंको लागि आँखा चिम्लिनुभयो ।
म गाउँमा एक्लै बसिरहेको थिएँ त्यसकारण मलाई विवाहको लागि दबाब आउन थाल्यो । एक इसाइ महिला मलाई राम्री लाग्थ्यो तर धर्म बिचमा आयो । अन्त्यमा सन् १९७५ मा सुशीलासँग मेरो विवाह भयो । विवाह निकै जबरजस्ती गराइएको थियो । यो विवाह न मेरो लागि सजिलो थियो न निकै गरिब परिवारकी सुशिलाको लागि । मानिसहरुले उनलाई सम्झाए–बुझाए । हामी एक–अर्कासँग कुरा गर्न पाउँदैनथ्यौं । केही महिना हामीले कुनै प्रकारको सम्झौता गर्यौं र केही समयपछि हामीलाई एक–अर्काको बानी लाग्यो । म चीन जाने कुराले सुशिला निकै डराउँछिन् । यदि म गएँ भने म कहिल्यै फर्केर आउँदिन भन्ने उनी सोच्थिन् ।
आज म आफ्ना दुई छोरी, छोरा, बुहारी, नाती र नातीनीसँग यो ठूलो परिवारमा बसिरहेको छु । उनीहरु नै मेरो जीवनका सहारा हुन् । मेरा बच्चाहरुले मलाई निकै माया गर्छन् । दुबै बच्चाले मलाई सधैं घेर्ने गर्दछन् । तर यो बुढेसकालमा एउटा मात्र इच्छा छ – चीनमा आफ्नो परिवारलाई एक पटक भेटुँ । म यी बच्चालाई छोडेर कहाँ जाऔंला । मेरो परिवार यहिँ छ ।
म अब ७७ वर्षको भएँ र मेरो दाइ चिर्युआन ८२ वर्षका । बीबीसीको मद्दतले पहिलो पटक मैले मोबाइल फोनमा आफ्नो दाइसँग कुरा गरें । उनी मभन्दा तीन हजार किलोमिटर टाढा बसेको छु तर म उनलाई देख्न र सुन्न सकिरहेको थिएँ मात्र छुन सकिरहेको थिइनँ । ५४ वर्षपछि मैले आफ्नो दाइलाई देखें मैले उनलाई चिन्न पनि सकिनँ । यतिका वर्षपछि मैले मन्ड्यारिनमा कुरा गरें । म आफ्नो भाषामा कुरा गर्न यहाँ कोही पनि छैनन् । म पटक–पटक रोइरहेको थिएँ ।
दाइले पटक पटक सोधिरहेका थिए – कहिले आउँछौ ? तिमीलाई भेट्नका लागि मात्र जिउँदो छु भनिरहेका थिए । चीनले यति धेरै प्रगती गरिसकेको छ कि यो देखेर म दङ्ग पर्छु भनेर सुनाइरहेका थिए । अब हाम्रो घरमा गाडी छन् र ट्र्याक्टरले खेती हुन्छ । म अहिले नै उडेर जाउँजस्तो हुन्छ ।
सन् २००९ मा मेरो भतिजो भारत घुम्न आएका थिए जसको मद्दतले मैले चीनियाँ पासपोर्ट पाएँ । अब मसँग चीनियाँ पासपोर्ट छ तर अधिकारीका अनुसार मलाई भारत बाहिर जान एक्जिट भिसा चाहिन्छ किनभने म यहाँ आएको भिसा छैन ।
Rato Pati