Thursday, 2 February 2017

देश टुक्राउछु भन्दै निस्केका बिखण्डनकारी सीके राउत पक्राउ -

जनकपुर, २० माघ । ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक सीके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ ।




सिराहा घर भई जनकपुरको पुरानो बसपार्क नजिकै डेरा गरी बस्दै आएका राउतलाई धनुषा प्रहरीले विहिबार दिउँसो पक्राउ गरेको हो ।केही दिनअघि प्रहरीलाई समेत झुक्याउँदै सिरहाको लहानमा आमसभा गरेका राउत धनुषामा बस्दै आएका थिए ।

राष्ट्र विखण्डन गर्ने उद्देश्यका साथ उनले खलुेयाम आमसभा गरेपछि गृहमन्त्री माथि नै प्रश्न उठेको थियो ।



धनुषा प्रहरी प्रमुख एसपी लालमणि आचार्यका अनुसार राउतलाई सिराहा प्रहरीको अनुरोधमा पक्राउ गरिएको र आजै सिराहा पठाइने छ ।
देश टुक्राउने गतिविधि गर्दै आएका राउत बेला बेला पक्राउ पर्दै आएका छन् ।

No comments:

Post a Comment