काठमाडौँ, १९ माघ । रूमीलाई थाहा छ, त्यो बिरामी केही बेरमै मर्दैछ। जसलाई श्रीमानले मट्टितेल खन्याएर जलाएको थियो। जसलाई भर्खरै रुमीले अस्पतालमा छटपटाइरहेको देखेकी थिइन्।
बिरामीको शरीर डढेर कालै भइसकेको थियो। ह्वास्स गन्ध आइरहेको थियो। रुमी स्नातकोत्तरको परीक्षा दिँदै थिइन्। वीर अस्पतालमै बिरामी कुर्दै उनी परीक्षाको तयारी गर्दै थिइन्।
भेट्न आउनेलाई बिरामीको घाउ देखाउँदैमा उनको दिन जान्थ्यो। जलेको घाउबाट पानी रसाइरहेको थियो।
No comments:
Post a Comment