Saturday, 4 February 2017

सुत्दा घुर्नु हुन्छ भने सावधान हुनुहोस्

यदी तपाईलाई सुत्दाखेरि घुर्ने बानी छ भने सावधान हुनुहोस् । सुत्दाखेरि घुर्ने बानीका कारण सास लिनमा आउन सक्ने समस्याका कारण ज्यान जाने खतरा पनि उत्तिकै रहेको हुन्छ । डाक्टरका अनुसरा स्लिप एप्रिया एक खाले समस्या हो ।
यसका कारण भविष्यमा हृदयघात र गर्दनको धमनी मोटो हुने कारण पनि बन्न सक्छन् । सुत्दा स्लिप एप्रियाका कारण सास रोकिनेगर्छ र निकै थोरै सास हामी लिने गर्छौ ।
घुर्ने समस्यालाई लिएर गरिएको एक अध्ययनले स्लिप एप्रियासँग सम्बन्धित घुर्ने समस्यका कारण मृत्यु हुने सम्भावना बढेर जान्छ । रिसर्चका अनुसरा अब्स्ट्रिक्टिब स्लिप एप्रियाद्वारा पिडित सबैमा यस्तो खतरा रहेको हुन्छ ।
सिड्नीको बुलकक इस्टिटुट अफ मेडिकल रिसर्चका अनुसार घुर्ने व्यक्तिको मृत्यु आश्चर्य जनक रुपमा बढिरहेको छ । यस अध्ययनका अनुसार मृत्यु हुने सम्भावना ६ गुणा बढी रहेको हुन्छ । यसको मतलब ४० वर्षमा जति स्लिप एप्रियाका कारण मृत्यु हुने खतरा रहेको हुन्छ त्यति नै खतरा ५७ सालको व्यक्तिमा पनि बिना रोग उत्तिकै रहने गर्छ ।

No comments:

Post a Comment