Saturday, 4 February 2017

प्रहरी हिरासतमा रहेका सीके राउतको ट्वीटर कसरी चल्यो ?

काठमाडौं, २२ माघ । राज्य विरुद्ध संगठित अपराध गरेको आरोपमा पक्राउ परेका सीके राउतको ट्वीटर अपडेट भइरहेको छ । हिरासतमा रहेका व्यक्तिलाई मोबाइल लगायत कुनैपनि सामग्री चलाउन नदिइने नियम भएको भएपनि उनको ट्वीटर हरेक घण्टामा अपडेट भइरहेको छ ।

तर प्रहरीले भने सीके राउतलाई अरु सरह नै हिरासतमा राखिएको र मोबाइल लगायत कुनैपनि विद्युतीय सामग्री चलाउन नदिएको दावी गरेको छ । उनलाई हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजकुमार केसीले उनको ट्वीटर अरु कसैले चलाइरहेको हुन सक्ने बताएको छ ।

राउतको संगठन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक कैलाश महतोले भने राउतको ट्वीटर चलाउनेलाई प्रहरीले कारवाही गर्नुपर्ने बताएका छन् ।

कतिपय अवस्थामा प्रहरीले मोबाइल राखेर उनीहरुलेनै अपडेट गरिदिने गरेको आरोप पनि उनले लगाएका छन् ।

विहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई राति नै सिराहा ल्याएर प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत सिराहाबाट १० दिनको म्याद पनि थपेको छ ।

No comments:

Post a Comment