Friday, 3 February 2017

यस्ता पति पत्नीको दुवै कान काटेर फरार....

अफगानिस्तानमा एक व्यक्ति आफ्नी श्रीमतीको दुवै कान काटेर फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।यस्ता पति पत्नीको दुवै कान काटेर फरार.....
अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा घर भएकी २३ वषिर्या पिडित महिलाको नाम जरीना हो । उनी अहिले अस्पतालमा भर्ना भएकी छिन् । जरीनाले बिबिसीसित भनिन्, ‘मैले कुनै पाप गरेकी थिइनँ । थाहा छैन किन उहाँले ममाथि यस्तो गर्नुभयो ।’
जरीनाका अनुसार उनका पतिले सुतिरहेको बेला उनीमाथि हमला गरेका थिए । १३ वर्षको उमेरमा जरीनाको बिहे भएको थियो र पतिसँग सुरुदेखि नै उनको राम्रो सम्वन्ध थिएन । श्रीमानले उनलाई आफ्नो श्रीमानसँग भेट गर्न नदिने प्रयास गर्थे । जरीना अब यो सम्वन्धलाई निरन्तरता दिन चाहन्नन् ।
‘मेरा पति अत्यन्त शंकालु छन् । जब म आफ्नो मातापितासँग भेट्न जान्थेँ, उनी ममाथि अपरिचित व्यक्तिसँग कुरा गरेको आरोप लगाउँथे,’ उनले सुनाइन् ।
आफ्ना श्रीमानलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाओस भन्ने उनी चाहन्छिन् ।एजेन्सी

No comments:

Post a Comment