Saturday, 4 February 2017

जारी भयो विश्वको शक्तिशाली पासपोर्टको सूची, थाहापाउनुस् नेपालको स्थान...


काठमाडौं– ग्लोबल पासपोर्ट इन्डेक्सले यस बर्षको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको छ । इन्डेक्सले जारी गरिएको उक्त सूचीमामा जर्मनीको पासपोर्ट पहिलो स्थानमा छ भने अफगानिस्तानको पासपोर्ट अन्तिम स्थानमा रहेको छ ।
ओर्टन क्यापिटल पासपोर्ट इन्डेक्सले विश्वका १ सय ९९ राष्ट्रहरुका पासपोर्टको पावरका बारेमा जानकारी दिने गरिन्छ । यस इन्डेक्समा संयुक्त राष्ट्र संघका कूल १ सय ९३ सदस्य राष्ट्र र ६ क्षेत्र (ताइवान, मकाओ, होन्ग–कान्ग,कोसोवो,फिलिस्तानीर वैटिकन) राष्ट्रका पासपोर्टहरु सामेल गरिएका थिए ।
१५७ भिसा फ्रि स्कोरका साथमा जर्मनीको पासपोर्ट सूचीको शीर्ष स्थानमा रह्यो भने स्वीडेनको पासपोर्ट दोस्रो स्थानमा रह्यो । सिंगापुरले दक्षिण कोरियालाई पछाडी पार्दै एशियाली राष्ट्रहरुमा सबैभन्दा शक्तिशाली पासपोर्टको स्थान ओगट्न सफल रह्यो ।
सिंगापुरको पासपोर्टको फ्रि स्कोर १५६ छ भने अफगानिस्तानको पासपोर्टको फ्रि स्कोर २३ मात्रै छ ।
विश्वका शक्तिशाली पासपोर्टको लिस्टमा नेपालको भिसा फ्रि भिसा स्कोर ३७ र विश्वको ९० औं शक्तिशाली पासपोर्टको लिस्टमा सूचीकृत भएको छ ।
यस आधारमा तय हुने गर्छ पासपोर्टको सूची
१. पासपोर्टको प्रयोग गरी सहजरुपमा अर्को देशमा जान सक्ने आधार
२.कति राष्ट्रमा कुन देशको पासपोर्टबाट फ्रि भिसा आगमन गर्न सकिन्छ यसको आधारमा फ्रि भिसा स्कोर निर्धारण हुने गरिन्छ ।
यी हुन् विश्वकै टप शक्तिशाली पासपोर्टको सूची
१. जर्मनी- १५७
२. सिंगापुर, स्वीडन-१५६
३. फ्रांस, स्पेन, स्विट्जरलैंड, डेनमार्क, फिनलैंड, नॉर्वे, यूनाइटेड किंगडम, यूएसए- १५५
४. जापान, नीदरलैंड्स, बेल्जियम, इटली, ऑस्ट्रिया, लग्जमबर्ग, पुर्तगाल, - १५४
५. मलयेशिया, आयरलैंड, कनाडा, न्यू जीलैंड-१५३
६. ऑस्ट्रेलिया, ग्रीस, दक्षिण कोरिया - १५२
७. चेक गणराज्य, आइसलैंड- १५१
८. हंगरी- १५०
९. माल्टा, पोलैंड- १५०
१०. स्लोवानिया, स्लोवाकिया, लिथुआनिया, लाटविया- १४८
यी हुन् कमजोर पासपोर्ट भएका देशको सूची
१. अफगानिस्तान- २३
२. पाकिस्तान- २६
३. इराक- २८
४. सीरिया- २९
५. सोमालिया- ३०
६. दक्षिणी सूडान, इथियोपिया- ३४
७. श्री लंका, बांग्लादेश- ३५
८. ईरान, सूडान- ३६
९. फिलिस्तीन, नेपाल, लीबिया- ३७
१०. लेबनान- ३८
साभार लोकान्तर

No comments:

Post a Comment