Saturday, 4 February 2017

राष्ट्रपति ट्रम्पलाई सात वर्षीया बालिकाको प्रश्न “तपाइँ २४ घण्टासम्म भोकै बस्नु भएको छ ?”


दमास्कस – सात वर्षीया बालिका बाना अलबेदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रश्न गर्दै भनेकी छन, ‘के तपाइँ २४ घण्टासम्म भोकै बस्नु भएको छ ?’ बानाले ट्विटरमा आफ्नो भिडियो पोष्ट गर्दै ट्रम्पलाई प्रश्न सोधेकी हुन्। बानाले भनिन्, ‘मिस्टर ट्रम्प के तपाइँ २४ घण्टासम्म खाना र पानी विना बस्नु भएको छ?, यदि बस्नु भएको छैन भने सिरियाली शरणार्थी बच्चाका विषयमा सोच्नुहोस्।’
ट्रम्पले सात मुस्लिम देशका नागरिकमाथि भिसा प्रतिवन्ध लगाएपछि जब ट्रम्पले ट्विट गर्दै खराब मानिसलाई अमेरिकमा प्रवेशमा रोक लगाएको बताएका थिए। सो विषयमा बानाले प्रश्न गरेकी छन्, ‘के म आतंकवादी हुँ।’ ट्रम्पले केही दिन अगाडि एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै इरान, इराक, सिरिया, यमन, सुडान, सोमलिया तथा लिवियाका नागरिकलाई अमेरिका प्रवेश गर्न रोक लगाएका थिए। सो विषयमा सात वर्षीया बालिका बानाले ट्विट गर्दै भनेकी छन्, ‘डियर मिस्टर ट्रम्प शरणार्थीमाथि प्रतिवन्ध लगाउनु उचित होइन।’
बानाको ट्विटरमा ३ लाख ६६ हजार फलोअर्स छन्।
बाना अलबेदले यसअघि पनि ट्रम्पलाई पत्र लेखेकी थिइन्। उनले पत्रमा सिरियाका बच्चा ट्रम्पको पनि बच्चा भएको बताएकी थिइन्। उनीहरुले शान्ति चाहेको पत्रमा उल्लेख थियो। बानाले सो पत्र ट्रम्पको शपथ ग्रहणको एक दिन पहिला लेखेकी थिइन्। बानाकी आमा फातिमाले शपथ ग्रहणभन्दा पहिला बानाले धेरै पटक ट्रम्पलाई टिभीमा देखेको बताइन्। त्यसपछि बानाले ट्रम्पलाई पत्र लेख्ने योजना बनाएकी थिइन्।
बाना आफ्नी आमाको सहयोगमा सामाजिक संजालमा सक्रिय रहन्छिन्। डिसेम्बरमा एलेप्पोमा बमबारी भएपछि बानाको परिवार सिसियाबाट टर्की भागेर आएका हुन्। १६ जनवरीमा बानाले एलेप्पोमा शान्तिको आवश्यकता रहेको भन्दै ट्विट गरेकी थिइन्। त्यसपछि उनी अहिले विश्वमा परिचित भएकी छन्।डीसीनेपालको सहयोगमा


No comments:

Post a Comment