Wednesday, 1 February 2017

भारतको एक तेल मिलमा नौ जनाको मृत्यु


नयाँदिल्ली, १९ माघ । पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तीमा नौ जना कामदारको मृत्युभएको छ ।

महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नौ जना कामदारको तेलमिलभित्रै मृत्यु भएको सो स्रोतले जनाइएको छ ।

राति घटनाभएपछि ट्याङ्कीबाट सात जनाको शव र मङ्गबार विहानै थप दुई जनाको शव निकालिएको लातुर औद्यौगिक क्षेत्रका एक प्रहरी अधिकृतले मङ्गलबार जानकारी दिएका छन् ।

अर्का एक जनालाई भने जीवितै उद्धार गरिएको र नजिकैको स्वास्थ्य संस्थामा उपचार गराइएको उहाँले जानकारी दिनुभयो । उनको विवेकानन्द अस्पतालमा उपचार भईरहेको छ,” ती प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरीले घटनाका दोषी पत्ता लगाई कारबाही गर्न मुद्दा दर्ता गरेको छ । मिलका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । – सिन्ह्वा

No comments:

Post a Comment