एजेन्सी । माघ २२, छिमेकी मुलुक चीनले नेपालमा कब्जा जमाएर भारतमाथि आक्रमण गर्ने गोप्य योजना बनाइरहेको खुलाशा भएको छ । अमेरिकी गुप्तचर संस्था सिआइएले चीनको त्यो गोप्य योजना सार्वजनिक गरेको हो ।
चीनले नेपाली भूमि प्रयोग गर्दै भारतमाथि आक्रमण गर्नुका साथै नेपालमाथि नै कब्जा जमाउन सक्ने गोप्य रिपोर्ट सार्वजनिक भएको छ । सिआइको गोप्य दस्तावेजमा निकै संवेदनशील योजनाहरु खुलासा भइरहेका छन् ।
सिआइएले नेपाल बारे तयार पारेको रिपोर्टमा चिनियाँ सैनिकहरुले तिब्बत, म्यानमारसहित नेपाल र भुटानको भूमि प्रयोग गरेर भारतमाथि थप सैनिक कारवाही गर्ने चिन्ता व्यक्त गरिएको उल्लेख छ । सन् १९६२ मा भारत र चीनबीच भएको छोटो तर रक्तपातपूर्ण युद्धको केही महिनापछि देखिनै चीन भारतमाथि आक्रमण गर्ने योजना लागेको रिपोर्टमा भनिएको छ ।
सिआइएको वेवासाइटमा राखिएको डिक्लासिफाइड दस्तावेजमा उल्लेख भएअनुसार सन् १९६३ को जनवरीमा अमेरिकी गुप्तचर संस्थाले चीनले भारतमाथि अर्को आक्रमण गर्न सक्ने बारे अध्ययन रिपोर्ट बनाएको थियो ।
सिआइए, डिफेन्स इन्टिलिजेन्स एजेन्सी (डिआइए) र युनाइटेड स्टेट्स इन्टिलिजेन्स बोर्डले दुई देशबीचको युद्धबारे केही महिना लगाएर अध्ययन गरेका थिए । रिपोर्टमा चीनले १ लाख २० हजार बढी सैनिक प्रयोग गरेर पुनः आक्रमण गर्न सक्ने र हवाई हमला पनि गर्न सक्ने बताइएको छ ।
‘भारतमाथि चिनियाँ कम्युनिस्टको स्थलगत चुनौती’ नामक डिआइएको रिपोर्टमा लदाखमा नेपालको भूमि हुँदै र आसाममा भुटानका भूमि प्रयोग गर्दै आक्रमण गर्न सक्ने बताइएको छ ।
रिपोर्टमा चीनले भारतका केही शहरलाई नियन्त्रणमा लिने र भारतको हस्तक्षेप अन्त्य गर्न ‘अन्ततः नेपालमा कब्जा जमाउने’ उल्लेख छ । अरुणाञ्चल र असमको उत्तरी भागमा पनि कब्जा जमाउने उल्लेख छ । असममा कब्जा जमाउन चिनियाँहरुले गुवाहाटी क्षेत्रमा ठूलो संख्यामा सैनिक पठाउन सक्ने बताइएको छ । खुफिया रिपोर्ट अनुसार बर्माको कुनमिङ–दिब्रुगढ सडक र कुनमिङ–तेजपुर सडकलाई चीनले प्रयोग गर्न सक्ने सम्भावना छ ।
No comments:
Post a Comment