Saturday, 4 February 2017

बार्सिलोनाले जित्यो, १०० गोल गर्ने पहिलो टिम


माघ २३ – स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा छोट्याएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई ३–० ले हराएर दोस्रो स्थानको बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी कम गरेको हो ।
बार्सिलोनाको जितमा पाको अलकासेर, लियोनल मेस्सी र एलेक्स विडालले गोल गरे । १८ औं मिनेटमा अलकासेरले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता लियो । ६७ औं मिनेटमा विडालले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । बार्सिलोनाले यो सिजनमा सबै प्रतियोगितामा गरेर एक सय गोल गरेको छ । बार्सिलोना सबै प्रतियोगितामा गरेर यो सिजन एक सय गोल गर्ने पहिलो टिम बनेको छ । जितपछि बार्सिलोनाको २१ खेलबाट ४५ अंक भएको छ । दुई खेल कम खेलेको रियल मड्रिडको ४६ अंक छ । राति भएका अरु खेलमा एथ्लेटिको मड्रिडले लेगानेसलाई २–०, एइबरले भ्यालेन्सियालाई ४–० तथा स्पानियोलले मालागालाई १–० ले हरायो ।

No comments:

Post a Comment