Showing posts with label Music Videos. Show all posts
Showing posts with label Music Videos. Show all posts

Monday, 6 February 2017

'कृ'को लागि अनुबन्धित अदिती बुढाथोकी पञ्जाबी म्युजिक भिडियोमा


काठमाडौं : फिल्म 'कृ' मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्न लागेकी कलाकार अदिती बुढाथोकी एक पञ्जाबी गीतको भिडियोमा देखिएकी छिन्। गायक संदिप ब्रारको 'स्टेप कट' बोलको गीतमा उनको फिचरिङ रहेको हो।
उनी अभिनित पञ्जाबी गीतमा शब्द दिएका शिवजोत अदितीको अपोजिटमा देखिएका छन्। उनले सोनी म्युजिकले निर्माण गर्न लागेको तीन हिन्दी गीतको भिडियोको लागि पनि सम्झौता गरिसकेकी छिन्।
मोडलिङबाट कलाक्षेत्र प्रवेश गरेकी अदिती हाल मुम्बईमा बस्दै आएकी छिन्। त्यहाँको मेजोरा टेलरमा उनी आवद्द छिन्। तामिल फिल्मका लागि पनि अनुबन्धित बुढाथोकी कृ छायाँकनका लागि नेपाल आउने छिन्। यही माघबाट फिल्म सुटिङको लागि फ्लोरमा उत्रने भनिए पनि प्राविधिक समस्याका कारण छायांकन सुरु भएको छैन।
अडिसनमार्फत २९ प्रतिस्पर्धीलाई पछि पार्दै अदिती फिल्मकी नायिका चयन भएकी हुन्।पहिलोपोस्टको सहयोगमा

परिवारले नदिएपछि दयाहाङले भगाए केकीलाई ....(भिडियो)


समिक्षक, पत्रकार दिपेन्द्र लामाको डेब्यू निर्देशन रहेको फिल्म 'घामपानी' को पहिलो गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक लोक आधुनिक जनराको गीतले फिल्मको थिम बोल्छ ।
अन्तरजातिय प्रेमको कथा बोलेको फिल्मको गीतमा फरक फरक जातिय समुदायका दयाहाङ र केकीको प्रेम छताछुल्ल छ । जहाँ दयाहाङले केकीलाइ गाउँबाट भगाएर शहर हिँडेको देखाएको छ । 'पन्छी' बोलको उक्त गीतमा शब्द संगीत र स्वर कालिप्रसाद बाँस्कोटाको छ । कोरियोग्राफी केकीले नै गरेकी छिन् ।
यसैबीच फिल्म बैशाखको अन्तिम साता प्रदर्शनमा आउने चर्चाका बीच अब बैशाख १ मा नै प्रदर्शन हुने पक्का भएको छ । सार्वजनिक गीतमा निर्माण टिमले 'घामपानी' प्रदर्शन मिति नयाँ वर्ष २०७४ को पहिलो दिनलाइ नै जोडेको छ ।फिल्मीखबरबाट

Sunday, 5 February 2017

यो मेरा लागि सामान्य प्रस्तुती हो , मन लागे सबै खोल्छु -रिया श्रेष्ठ (भिडियोसहित)


काठमाडौं : मलेसियास्थित बाख्री वातु–८ मा सम्पन्न ‘युनिक साँस्कृतिक धमाका–४’ नाम दिइएको कार्यक्रममा नायिका तथा मोडल रिया श्रेष्ठले डान्स गर्दागर्दै खोलिएको वस्त्रबारे प्रतिक्रिया दिएकी छिन्। बस्त्रबारे सोध्दा यो मेरा लागि सामान्य प्रस्तुती रहेको बताएकी छिन्।
यस्तो डान्स पहिलै नै पनि गरिसकेकाले मेरो लागि ‘नर्मल’ रहेको बताएकी हुन् दिँदै जाँदा दर्शकको माया, साथ र हौसला पाएकोमा म हौसिए।उनले भनिन्, ‘दर्शकलाई झन आफैंतिर आकर्षित गर्न कपडा नै खुल्न पुगेछु। आफूले जानीजानी कपडा नखोलेको र आबेगमा आएर खोल्न पुगेछु।’

Saturday, 4 February 2017

Bibas Aryal's New Song 'Othlay Timi Naboleni' (Video)

Bibas Aryal's New Song 'Othlay Timi Naboleni' (Video)

 

‘त्यो जुन हेरेको सँगै मैले रात भूलेको छैन…’ (भिडियोसहित)


काठमाडौँ,
गजलकार सुशीलराज रेग्मीद्वारा रचित ‘त्यो जुन हेरेको सँगै मैले रात भूलेको छैन..’ बोलको गजल हालै सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलद्वारा स्वरबद्ध यो गजल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
गजलकार रेग्मीको ‘सृष्टि’ एल्बममा रहेको यो गीतको संगीत राजेन्द्र बजगाईले गरेका छन् भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । कथानक र निक्कै मार्मिक बनाइएको यो गीतको म्यूजिक भिडियोमा दिपक लम्साल, मेनुका गिरी, बल्लु (रोहित) र मान्यता थापाको अभिनय रहेको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा हाल दक्षिण कोरियामा रहेका गजलकार रेग्मीको यो गजल निक्कै सशक्त छ । उनी लामो समयदेखि गजल, कविता, कथा विधामा कलम चलाउँदै आएका छन् । पछिल्लो समय उपन्यास लेख्नमा व्यस्त रहेको उनी बताउँछन् । उनको एक उपन्यास कृति प्रकाशोन्मुख अवस्थामा छ ।

Saturday, 21 January 2017

Bhuleu Ki Bhuleki Chhainau - Suraj Shrestha | New Nepali Melodious Pop Song 2017

New Nepali Melodious Pop Song (Sentimental Song) "Bhuleu Ki Bhuleki Chhainau" by Suraj Shrestha

Vocal: Suraj Shrestha
Lyrics: Bikram Bibas
Music: Raju Singh
Arranger: Gopal Rasaily

Model: Purnima Dev and Jangbu
Camera: Shambhu Moktan and Gyanendra Sharma
Edit: Prabin Shrestha
Direction: Bicky Pulami

A Presentation of MAKAI HOUSE.