Tuesday, 7 February 2017

आकर्षक महिला भएको देशः जहाँ दुलही खोज्न संसारभरीका मानिस आउँछन्


हुन त रुसको पहिचान यहाँको थुप्रै इलाकामा रगत जमाइदिने चिसोको रुपमा हुन्छ । तर यसको अर्को पहिचान आकर्षक महिला पनि हुन् । तपाईंलाई अचम्म लाग्ला यसै कारण यहाँ संसारभरीबाट पुरुष दुलहीको खोजीमा पनि जान्छन् । विशेषगरी यहाँ चीनका धेरै युवा पुग्ने गर्दछन् ।
– चीनमा लामो समयदेखि सरकारले एक सन्तानको नीति ल्याएको छ ।
– जसका कारण यहाँ महिलाको संख्यामा निकै कमी आएको छ ।
– चीनियाँ पुरुषले विवाहको लागि यहाँ महिला नै पाउन छोडेको बताइएको छ । जसका कारण दुलहीको खोजीमा चीनियाँ युवक अर्को देश धाउन बाध्य छन् ।
– चीनियाँ पुरुषहरु यसका लागि साइबेरिया नै जान्छन् किनभने यहाँका महिलाहरु निकै आकर्षक हुन्छन् ।

– सुन्दा अचम्म लाग्छ तर वास्तविकता हो, रुसमा त यो अब व्यवसाय नै भएको छ । जसलाई ‘वाइफ टुरिजम’ भनिन्छ ।
– यसका साथै यसको अर्को कारण यो पनि हो कि रुसमा पुरुषको तुलनामा महिलाको संख्या अत्यधिक छ ।
दुलहीलाई मन पराउनु सजिलो छैनः
– यहाँ यस्ता थुप्रै कानूनी मान्यताप्राप्त ‘म्यारिज एजेन्सी’ छन् जो पुरुषले चाहेको महिलासँग भेटाउने काम गर्दछ ।

– रिपोर्टका अनुसार यहाँ ठूल्ठूला व्यापारी पनि राम्री दुलहीको खोजीमा पुग्ने गर्दछन् ।
– यसका लागि म्यारिज एजेन्सीलाई लाखौं रुपैयाँ भुक्तानी गर्नुपर्छ ।
– रसियाली महिला आफ्नै देशका पुरुषसँग विवाह गर्न चाहने भएकाले अन्य देशका पुरुषले यसको लागि धेरै मेहनत गर्नुपर्छ ।

– वास्तवमा रसिया निकै चिसो देश हो । रसियाको ठूलो प्रान्त साइबेरियाका महिलाहरु गर्मी ठाउँमा विवाह गरेर जान त्यति रुचाउँदैनन् ।
– हुन त रुसको केही म्यारिज एजेन्सीलाई मान्ने हो भने यहाँका सयौं महिला अहिलेसम्म बाहिरी पुरुषसँग विवाह गरेर आफ्नो घर बसाइसकेका छन् ।

– यतिमात्र होइन, म्यारिज एजेन्सीले महिलालाई प्रभावित गर्नका लागि टिप्स पनि दिन्छन् ।
– महिला र पुरुष यदि एक–अर्कालाई मन पराउँछन् भने विवाहका लागि सबैभन्दा पहिले रुसको कानून अनुसार विवाह गर्नुपर्छ ।रातोपाटीको सहयोगमा

जावलाखेलमा गाडेको पैसा भेटियो, टिप्नेको लर्को ...(फोटोफिचर)


काठमाडौं, माघ २५ – ललितपुरको जावलाखेलमा ‘गाडधन’ फेला परेको छ । ढल राख्नका लागि सडक खन्दा माटोमा भाँडामा राखिएका पुराना सिक्का लगायतका सामग्री फेला परेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरको ढोकैमा पुरातात्विक महत्वका सामग्री फेला परेको हो । ढल खन्दा भेटिएका सिक्का टिप्न बटुवाको भीड नै लागेको छ ।
तामाका सिक्का भेटिएको भए पनि ती सिक्कामा कुनै कुरा लेखिएको छैन । लामो समयसम्म माटोमा रहेका कारण सिक्कामा लेखिएको कुरा मेटिएको हुन सक्ने आशंका छ ।उज्यालो अनलाइनको सहयोगमा

Monday, 6 February 2017

युएईमा नर्सको कमाइ ५ लाख रुपैयाँसम्म



युएई – खाडीका विभिन्न देशहरुमध्ये नेपाली कामदारका लागि राम्रो मानिने युएईमा नेपाली नर्सले ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । विगत ६ वर्षदेखि युएईमा नर्सिङ पेशा अपनाइरहेकी काठमाडौंकी सुर्या लक्ष्मी मानन्धरले यहाँका सरकारी अस्पतालमा नर्सका लागि राम्रो अवसर रहेको बताइन् ।
उनका अनुसार यहाँका अस्पतालमा काम गर्नका लागि दुबई हेल्थ अथोरिटी वा अवुधावीमा भए त्यहाँको यस्तै संयन्त्रको लाइसेन्स लिनुपर्छ । जुन अनलाइन फर्म भरेर नेपालबाटै दिन मिल्ने उनले बताएकी छिन् ।
नर्सले रसिजष्ट्रेसनका लागि फर्म भने ब्याचुलर लेभलको नर्सिङ गरेर कम्तिमा एक वर्ष नेपालकै अस्पतालमा काम गरेको अनुभव हुनुपर्छ । युएईमा धेरै एजेन्सीले राम्रो अवसर भनेर होम नर्सिङमा पठाउने भएकाले सचेत रहन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘होम नर्सिङका लागि लाइसेन्स चाहिँदैन । तर, त्यहाँ त्यति राम्रो हुँदैन ।’
भर्खरै पनि केही एजेन्सीले दुबईका अस्पतालका लागि नर्स चाहिएको भनेर बिज्ञापन गरेको र आफूले बुझ्दा त्यस्तो नरहेको बताइन् । उनले भनिन्, ‘कति दिदिबहिनी नबुझेर आउने भएकाले दुःख पाएको कुरा बेला–बेला सुनिन्छ ।’
दुबईका अस्पतालमा काम गर्दा नर्सले १ लाख २० हजारदेखि ५ लाखसम्म पारिश्रमिक पाउने उनले जानकारी दिइन् ।स्वास्थ्य खबरपत्रिकाको सहयोगमा

हलिउड गायिका माइलीले गरिन् लक्ष्मी पूजाः हलुवा बनाइन्, फलफूल चढाइन्...

हलिउड गायिका माइली साइरसले आफ्नो घरमा माता लक्ष्मीको पूजा गरेकी छिन् । पूजाका लागि उनले हलुवा बनाएर फलफूल चढाएको उनले पोष्ट गरेको तस्बिरमा देख्न सकिन्छ । साथै, उनले धुपबी पनि बालेकी छिन् । पूजाको फोटो उनले सोमबार आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । फोटोमा माइलीका गुरु पनि देखिएका छन् । फोटोमा माइलीले ड्रइङ हललाई कुसन र फूलले सजाइन् र पूरा विधि विधानले पूजा गरिको देखिन्छ ।
माइलीले हिन्दु धर्म अपनाएको खबर सबैभन्दा पहिले सन् २०१२ मा सार्वजनिक भएको थियो । माइलीले आफ्नो बायाँ काँधमा ‘ॐ’ को ट्याटु बनाएकी थिइन् ।

को हुन् माइली साइरस ?
पप गायिका र लेखिका माइली साइरसको जन्म सन् १९९२ को २३ नोभेम्बरमा अमेरिकाको फ्रेंकलिनमा भयो ।
– २५ वर्षीया माइलीले डिज्नी च्यानल सिरिज हेना मोन्टानामा मुख्य भूमिकाका कारण विशेष चिनिन्छ ।
– ९ वर्षको उमेरमा नै अभिनयमा रुची उनले देखाउन थालेकी थिइन् । उनले स्न २००३ मा टिम बर्टनको ‘बिग फिश’ मा यंग रुथीको भूमिका निभाइन् । डेस्टिनी सायरसको नामले उनी चर्चित भइन् ।

– माइलीलाई सन् २०१५ मा पेटाले ‘सेक्सिएस्ट भेजिटेरियन सेलिब्रिटी’ को उपाधि दिएको थियो । साइरसले यो सूचीमा अन्य सय सेलिब्रिटीलाई उछिनेर उपाधि आफ्नो नाममा हात पारेकी थिइन् ।
– सन् २००८ मा २५ मिलियन डलरको सम्पत्तिसहित माइली फोर्ब्स म्यागजिनको शीर्ष १०० को सेलिब्रिटी सूचीमा ३५ औं नम्बरमा थिइन् ।

यी फिल्ममा गरिन् कामः
बिग फिश, बोल्ट, हन्ना मोन्टाना, द लास्ट सङ्ग, सो अन्डरकभर, अ भेरी मेरी क्रिसमस, क्राइसिस इन सिक्स सिन्स ।एजेन्सी / रातोपाटी

कसलाई भने सलमानले 'फेरी अंकल भने झापड हान्छु' (भिडियो)

मुम्बई, माघ २५ -अभिनेता वरूण धवनले सलमान खानले दोहोरो भूमिकामा अभिनय गरेको सुपरहिट फिल्म 'जुडुवा'को रिमेकमा अभिनय गर्दैछन्। सलमानको भूमिकालाई आफ्नै अन्दाजमा पेस गर्न गइरहेका वरूणले यसैबिच सलमानसँगको पहिलो भेटको सम्झना गरेका छन्।

सो भेटलाई 'स्टुडेन्ट अफ द इयर'बाट बलिउडमा डेब्यू गरेका वरूणले यसरी सम्झिए, 'जब मैले सलमानलाई पहिले पटक देखे मैले उनलाई सलमान अंकल भनेको थिएँ। जवाफमा उनले मलाई अब आइन्दा अंकल भने झापड हान्छु भन्नुभयो। मलाई 'भाइ' भनेर बोलाउनु भन्नुभएको थियो।'
सलमान भन्दा उमेरले २२ वर्ष कान्छा वरूणले सलमानलाई अंकल भनेर बोलाउनुको कारण सलमान उनका पिता डेभिड धवनका साथी भएकाले हो। 'जुडुवा' फिल्मलाई डेभिडले नै निर्देशन गरेका थिए।

'जुडुवा'को रिमेकमा सलमानले पनि अतिथि भूमिकामा अभिनय गर्दैछन्। यस रिमेकलाई पनि डेभिडले नै निर्देशन गर्देछन्। फिल्ममा ज्याकलिन फर्नानडिज तथा तप्सी पन्नु हिरोइनका रूपमा रहनेछन्।एजेन्सी / सेतोपाटी

नेपाली तथा भारतीय गिरोह चलाउँदै आएका ‘आइएसआइ’का एजेन्ट पक्राउ

    ☌

हत्या एवं आतंकवादी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेको छ । नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।बारा कलैया ८ का होदाले साउदी अरेबियाको दुबाईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए । होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप छ । दुबाई प्रहीको सहयोगमा मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष टोलीले होदालाई दुबाईबाट झिकाई काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ। बारा कलैया नगरपालिका-८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको आरोप लागेको थियो। दीपकराम र अरुणरामको शव गत पुष १३ गते बाराको हरैया जंगलमा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। पाकिस्तानको जासुसी संस्था आईएसआईको निर्देशनमा भएको हत्यामा होदाको संलग्नता रहेको खुलासा भएको थियो। दुबईमा बसेर आईएसआईका लागि काम गरेको आरोप लागेका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरि कलैयामा सोमबार ल्याएको हो।प्रहरीले ती दुई भारतीयको हत्यामा संलग्न गरेको आरोपमा बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियका गिरी बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका-१० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भनिने लड्डुलाई यसअघि नै पक्राउ गरिसकेको छ।
होदालगायत उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।दुबईबाट पक्राउ गरि ल्याइएका होदासहित चारै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले भने, ‘घटना र पक्राउ आरोपितबारे मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराउनेछौं। आजको नागरिकमा खबर छ। अहिले पक्राउ परेका चार जनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा ती दुई भारतीयको हत्या गर्दाको भिडियो रेकर्डिङसमेत फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका कलैयाका होदाकै निर्देशनमा दिपक र अरुणको हत्या गरिएको तथ्य खुलेको थियो। होदाले दुबइमा बसेर नेपालमा आइएसआइको एजेन्टको रुपमा काम गर्दै आएका थिए।
गत अक्टुबर १ तारिखका दिन बाराको सीमासंग जोडिएको भारतको घोडासहन स्थित रेल्वे ट्रयाकमा बम राख्नका लागि होदाले बाराको महागढीमाइ नगरपालिकाको सिमरा तेगछीयका गिरी बाबा भन्ने बृज किशोर गिरी मार्फत रक्सौल गम्हरीका उमाशंकर पटेललाइ ६ लाख भारु पेश्कीका रुपमा दिएका थिए। उमाशंकरले रेल्वे ट्रयाकमा बम राख्नका लागि अह्राएर आदापुरका दिपक र अरुण रामलाइ जनही तीन तीन लाख भारु दिएका थिए। बम विस्फोटको योजना सफल भएपछि दिपक र अरुणलाइ कुल ३० लाख रुपैया भारु भुक्तानी गर्ने सम्झौता उनिहरु बिच भएको थियो।
तर दिपक र अरुणले अक्टोबर १ तारिखका दिन रेल्वे ट्रयाकमा राखेको प्रेसर कुकर बममा प्राविधीक त्रुटी भएका कारण बम विस्फोट नभएपछि उनिहरुको योजना असफल भएको थियो।काम नभएपछि दिपक र अरुणलाइ पुष १३ गते बाराको जंगलमा बोलाएर बृज किशोर गिरीले कलैयाका मोजाहिदिन अन्सारी र शम्भु भन्ने लड्डुको सहयोगमा घाटी रेटेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी श्रोतले जनाएको छ।कर्णाली न्यूज।।

एउटै जिल्लाबाट तीन महिनामा एक सय ८६ भारतीयलाई नागरिकता


बाँके : जिल्ला प्रशासन कार्यालय, बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ।
नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए।
उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन्। जिल्ला प्रशासन, बाँकेले अघिल्लो आवमा एक वर्षको अवधिमा नेपाली नागरिकसँग विवाह गर्ने तीन सय ८४ भारतीय चेलीलाई नेपाली नागरिकता प्रदान गरेको थियो।
यो जिल्ला प्रशासनबाट हरेक शुक्रबार वैवाहिक अङ्गीकृतको नागरिकता वितरण हुने गरेको छ।
नेपाली नागरिकसँग विवाह गर्ने भारतीय चेलीले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता र विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ।
हुलाकमा रजिस्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपिलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ। नेपाली नागरिकता प्राप्त गर्नेलाई कर्मचारीले शपथ ग्रहण गराउने गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए।
यहाँ अङ्गीकृत नागरिकताका लागि सातामा पाँचदेखि २५ जनासम्मको आवेदन आउने गरेको छ। रासस