Wednesday, 1 February 2017

मोरङको बुधनगरमा भारतले थाल्यो आइसीपी निर्माण ! हेर्नुहोस् यस्तो छ -

काठमाडौँ, १९ माघ । मोरङको बुधनगरमा भारतले एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको प्रक्रिया शुरु गरेको छ । आइसीपी निर्माण गर्ने दुई
देशीय सहमति भएको १२ वर्षपछि भारतले नेपालमा आइसीपी निर्माणको काम अघि बढाएको हो । भारतको जोगवनी नाकामा भने यसअघि नै आइसीपी निर्माण सम्पन्न भई सञ्चालनमा छ ।
नेपालका तर्फबाट आइसीपी निर्माणका लागि बुधनगरको १६९ विघा जमीन भारतीय पक्षलाई हस्तान्तरण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बिराटनगरका प्रमुख श्यामसुन्दर सिंहले आइसीपी निर्माणका लागि आवश्यक जग्गा भारतलाई हस्तान्तरण गरेका छन् ।

.

No comments:

Post a Comment