Monday 30 January 2017

ट्रम्पको बेलायत भ्रमण रोक्न लन्डनमा हजारौ सर्वसाधारण सडकमा निस्किए -

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको सम्भावित बेलायत भ्रमणमा प्रतिवन्ध लगाउने माग गर्दै बेलायतमा शुरु भएको हस्ताक्षर अभियानमा चौध लाख भन्दा बढीले हस्ताक्षर गरेका छन। बेलायतको कानुन अनुसार अब यो बिषयले बेलायती संसदमा छलफलको लागी प्रवेश पाउने भएको छ। यस संगै बेलायती सरकारले ट्रम्पको भ्रमणको औचित्य पुष्टी गर्दै यो आक्रोस युक्त जन सरोकार माथीको सम्बोधनका साथ संसद मार्फत जवाफ दिनु पर्ने छ। बेलायतको संसदमा मंगलवार नै यो बिषय माथी छलफल प्रारम्भ हुने कुरा बिबिसीले जनाएको छ। गत हप्ता बेलायती प्रधानमन्त्री टेरेसा मेले अमेरिकी राष्ट्रपती ट्रम्प संगको भेटमा उनलाई बेलायतको राजकीय भ्रमण गर्न निमन्त्रणा गरेकी थिईन। डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै सात वटा मुस्लिम देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाउने निर्णय गरे पछी संसार भरि यो निर्णयलाई अमानवीय र क्रुर भन्दै ब्यापक विरोध भई रहेको छ। यसैबीच आज लन्डनमा अमेरिकी राष्ट्रपतिको यो कदमको विरोध गर्दै हजारौंको संख्यामा प्रदर्शनकारी हरु सडकमा ओर्लिएका छन। बेलायतका अन्य शहर हरुमा पनि प्रदर्शन हरु जारी भईरहेका छन। ट्रम्प विरोधी प्रदर्शनमा हजारौंको संख्यामा बिद्यार्थी, महिला तथा सर्वसाधारण एबं चर्चित सेलेब्रेटी र राजनीतिज्ञ हरु समेत सहभागी भएका छन। विरोध कार्यक्रम लाई प्रदर्शनकारी हरुले बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिंग स्ट्रीट तथा पार्लियामेन्ट स्क्वायर वरिपरी केन्द्रित गरेका छन। बेलायती विदेश मन्त्री बोरिस जोन्सनले अमेरिकाले जारी गरेको यात्रा निषेध बाट बेलायती नागरिक हरु प्रभावित नहुने जानकारी बेलायती संसदलाई सोमबार नै दिईसकेका छन। तर बेलायती प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री मे ट्रंपको आसन्न भ्रमणमा प्रतिक्षारत रहेको बताएको थियो। यसअघी बेलायत सरकारको प्रमुख प्रतिपक्षी पार्टीका प्रमुख जेरेमी कोर्विनले वर्तमान परिप्रेक्षमा अमेरिकी राष्ट्रपतिको भ्रमण अगाडी बढन नसक्ने बताएका थिए। ट्रम्पको बेलायत भ्रमणको अन्तिम टुंगो लाग्न बाँकी रहे पनि यसै वर्षको पुर्वार्धमै उनको बेलायत भ्रमण हुने अपेक्षा गरिएको छ। हस्ताक्षर तथा विरोध अभियान लाई ट्रंप नितीका विरोध कर्ता हरुले सामाजिक संजाल मार्फत ब्यापक बनाउदै लागेका छन भने संचार माध्यम हरुमा पनि यो बिषयले प्रमुख स्थान ओगटेको छ। बेलायतमा कार्यरत उल्लेख्य नेपाली हरुले पनि ट्रम्पको भेदभाव पूर्ण नितीको विरोध गर्दै सामाजिक संजालमा ब्यापक आक्रोस व्यक्त गरेका छन। युरोपका बिभिन्न शहर हरुमा समेत ट्रम्प नितीको भ्रत्सना गर्दै विरोध प्रदर्शनहरु हुँदै आएका छन। राष्ट्रपति ट्रम्पले ईराक, सिरिया, ईरान, सुडान, लिबिया, सोमालिया र यमनका सबै नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी निर्देशन गत हप्ता मात्रै जारी गरेका थिए। फोटो : गेट्टी इमेज सेतोपाटी डटकम - Image result for trump protest in uk

No comments:

Post a Comment