Monday 30 January 2017

लघु कथा: पछुतो !

चिया पसलबाट कमाएको पैसाले बोर्डिङको ” फी ” तिर्न धौधौ परे पनि छोरालाइ डाक्टर बनाउने प्रतिज्ञा लिए कृष्णभक्तले । ” दैबले त आट म पुर्याउछु भन्छन रे ” हुन पनि त्यस्तै भयो । गौरभले छात्रवृत्तिमा डाक्टरी पास गर्यो । कृष्णभक्त दम्पतिको खुसिको सिमा रहेन ।

गौरभले स्वेतासङग प्रेम बिवाह गर्यो । स्वेताको सुन्दरतामा अन्धो भएर सहि गलत छुट्याउन नसक्ने भयो उ । स्वेता अबेर सम्म घर आउदिनथी , घरमै तासको खाल जमाउथि , छोटाछोटा कपडा लगाएर हिड्थि । कृष्णभक्तले केही नभने पनि उनकी श्रीमतीलाइ बुहारीको चर्तीकला पचेन । एकदिन छोरालाइ बोलाएर भनिन ” हैन ए बाबू , बुहारीलाइ एसो सम्झान । रातबिरात केटासङग घर आउदा छिमेकीले कुरा काट्न थालिसके सम्झा बुहारीलाई । ” आजकाल एस्तो सामान्य हो क्या आमा । “तपाइको जमाना छैन अब । अरुले जे भनुन । सबैको मुख थुन्न काहा सकिन्छ र ?” गौरभले ठाडै भन्यो । स्वेताको आगमन पछि कृष्णभक्तको शान्त परिवार बिथोलियो । बाउको सम्पतिको रवाफ लगाउदै स्वेताले घर छोडेर हिडि । “बुहारीलाई फुट्या आखाले देख्न सकिनौ घर छोडेर हिडिन मेरि स्वेता । अब बस्नु बुढाबुढी मात्रै ! ” बृद्दावस्थामा पुगेका बाबुआमालाइ एक्लै छोडेर गौरभ पनि स्वेतासङगै घरज्वाइ हुन गयो । आज अचानक कृष्णभक्त बेहोस भएर लडे पछि छिमेकिले उनलाइ अस्पताल सम्म लगि दिए । ” हेल्लो ! गौरभजी हुनुहुन्छ होला ? म रीता बि.पि अस्पतालबाट । तपाइको बुवा अस्पतालमा भर्ना हुनु भएको छ । तुरुन्त आउनु होला ।”

नभन्दै गौरभ तुरुन्तै अस्पताल पुग्यो । डाक्टरसाब, के भएको रहेछ ?” वाहाको शरिरमा एउटै मात्र मृगौला रहेछ त्यो पनि फेल भएको छ । मृगौला प्रत्यारोपण गर्नु पर्छ । “

“एउटा मात्रै ?अनि अर्को मृगौला खोइ त ? छेउमै सुक्क.. सुक्क.. रुदै गरेकी आमालाइ देखेर सोध्यो ” आमा कुरा के हो ? ” आमाले रुदै भनिन ” तलाइ डाक्टर बनाउने हाम्रो ठूलो धोको थियो । हाम्रो उपचार हाम्रै छोराले गर्छ भन्थे तेरा बा । तलाइ डाक्टर पढाउन पुग्ने पैसाको जोहो गर्न तेरा बाउले मृगौला बेचेछन । मलाइ पनि त घरज्वाइ हुन गए पछि मात्र थाहा भयो !”

No comments:

Post a Comment