Monday, 30 January 2017

मिस युनिभर्सको ताज मिस फ्रान्स आइरिस मिटिनाइरेलाई, यस्तो रह्यो फाइनल (फोटो र भिडियोसहित)

गत वर्षभन्दा विपरित यस वर्षको मिस युनिभर्सको ताज बिना कुनै रोकटोक मिस फ्रान्सलाई पहिराइएको छ । आइतबार राती आयोजना गरिएको एक कार्यक्रमबिच मिस फ्रान्स आइरिस मिटिनाइरेलाई मिस युनिभर्स चुनिएको हो ।

गत वर्ष कार्यक्रमकी प्रस्तोता स्टिभ हार्भेले फर्र्ट रनर अप मिस कोलम्बियालाई बिजेता घोषणा गरेकी थिइन् । जबकी वास्तविक मिस युनिभर्स मिस फिलिपिन्स पिया वुर्टज्ब्याक थिइन् । जसका कारण कार्यक्रममा निकै भ्रम पैदा भएको थियो । आइतबार बिजेताको नाम घोषणा हुने बित्तिकै पियाले आइरिसलाई ठूलो चस्मा हस्तान्तरण गरेकी थिइन् ।
२३ वर्षीया आइरिस डेन्टल सर्जरीकी छात्रा हुन् । उनी फ्रान्सको लिलमा बस्छिन् । फ्रान्सबाट ६४ वर्षपछि उनले मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । पछिल्लो पटक सन् १९५३ मा फ्रान्सेली नागरिकले उक्त उपाधि हाँसिल गरेकी थिइन् ।
पहिलो रनर अप मिस हाइटी राक्वेल पेलिसियर, २५, हुन् भने दोस्रो रनर अपमा मिस कोलम्बिया एन्ड्रिया तोभर, २३, परेकी छिन् ।

No comments:

Post a Comment