हरेक मानिसलाई प्रभाव पार्न सक्दैन । दाँतकै कारण कतिपय मानिसहरु आत्मविश्वास गुमाउँछन् खुलेर हाँस्न सक्दैनन् । तर सही ढंगले हेरचाह गर्न सकेमा दाँतलाई सजिलै सेतो र चम्किलो बनाउन सकिन्छ । हेरचाह नहुँदा दाँतमा प्लाक (Plaque) जम्छ र पहेंलो देखिन्छ । केही खाद्यपदार्थ लगातार खानाले, बढ्दो उमेर र अत्यधिक औषधी सेवनले पनि दाँतमा पहेंलोपन बढ्छ । यहाँ हामी दुई मिनेटमै दाँत चम्काउने घरेलु उपायबारे जानकारी दिनेछौं । तर यो उपचार विधि दैनिक गर्नु हुँदैन ।
सामग्री:-
१ चम्चा बेकिङ्ग सोडा
१ चम्चा कागतीको रस विधि/प्रयोग
– बेकिङ्ग सोडालाई एउटा कचौरामा राखेर यसमा कागतीको रस मिसाउनुहोस् । जब यो मिश्रण राम्रोसँग तयार हुन्छ यसलाई न्यापकिन पेपरको सहायताले आफ्नो दाँतमा लगाउनुहोस् । सबै दाँतमा यो मिश्रण लगाएको दुई मिनेटपछि दाँतलाई पानीले सफा गर्नुहोस् । यसपछि एेना अगाडि जानुहोस्, तपाईको पहेंलो दाँत सेतो भइसकेको पाउनुहुनेछ । अब निर्धक्कसँग मुस्कुराउनुहोस् । साभार : ओन्लिआयुर्वेद डट कमबाट
No comments:
Post a Comment