Monday, 30 January 2017

बुझि साध्ये छैन जीवन

लन्डन ।

शैन्द्र थापा

जति बुझ्याे उति कठिन छ,
जीवन बुझिसाध्ये छैन !
कहाँ थिएँ ?कहाँ पुग्दैछु!
कथा धेरैका उस्तै छन ,
तर सबैका दुरुस्तै छैनन!
सबैका सपना छन्, तर
सपना पूरा गर्ने सामर्थ छैन!
सोध्न मन लाग्छ आफैलाई ,
घरीघरीआफैलाई सोध्छु ,
म जहिले पनि निरुत्तर हुन्छु !
जताततै नेपाली मनहरू भेट्छु
परदेशमा छु जस्तो लाग्दैन ,
तर पनि नेपाली मन पाउदिन !
आखिर म पनि त तेहि भित्र नै पर्छु !
मनलाई सम्झाउने प्रयत्न गर्छु ,
आखिर मन हो किन पो सझिन्छ र !
कोही नीरक्षर भएर पनि महान पाउछु,
त कोही सीक्षित भएर नी सकुंचित पाउछु ….

आफुले आफैलाई छलेर सधै बाच्नु कति ,

खुसी नभए पनि खुसी छु भनेर सधै ढाटनु कति ,

सपना पुरा भए पो देख्नु पुरानहुने सपना मनमा साच्नु कति,

दिन बिते महिना बिते ,बिते वर्ष कति हो कति,

आउलान की खुसीका पल भनि औला भाच्नु कति

No comments:

Post a Comment